Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

spot_img
spot_img

मुम्बई । फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् ।

पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् । कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।

१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् ।
बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी ः द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् । दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।–एजेन्सी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...

सांसद पन्तको माग : कर्मचारीलाई जनताको म्यान्डेटअनुसार काम गर्न प्रशिक्षण दिइयोस्

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभूति दिलाउन सरकारअन्तर्गतका कर्मचारीलाई जिम्मेवार...