Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

‘साइन्टिस्ट’ बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर

spot_img
spot_img

मुम्बई । फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् ।

पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् । कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।

१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् ।
बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी ः द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् । दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।–एजेन्सी

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...