वीरगंज । पर्साका ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा ९६ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमण देखिएका मध्ये पर्साका ९ जना, बाराका ३ जना, रौतहटका २ जना र सर्लाहीका एक जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायाण सिंहले बताए ।
संक्रमित हुनेमा ९ जना पुरुष र ७ जना महिला रहेका छन् । संक्रमितहरु ८ बर्षदेखी ६५ वर्ष उमेर समूहको रहेका छन् । उनीहरुको सिटी भ्यालु १२ देखी ३५ सम्म रहेको डा. सिंहले जानकारी दिए ।


