Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

हर्षवर्धनले प्रेम खुलासा गरिदिएपछि रिसाइन् कट्रिना

spot_img
spot_img

नायिका कट्रिना कैफ नायक रणवीर कपुरसँगको प्रेम सम्बन्धमा ब्रेक लागेपछि केही समय तनावमा रहिन् । यसपछि, आफ्नो जीवनलाई नयाँ तरिकाले अगाडि बढाउँदै गरेकी कट्रिना पछिल्लो केही महिनादेखि भने नायक विक्की कौशलको प्रेममा छिन् । तर, कैफ आफ्नो प्रेमको खबरलाई छताछुल्ल पार्ने मुडमा भने छैनन् ।

यसैले, यसपटक प्रेमलाई गोप्य रुपमा नै अगाडि बढाउने सोच उनको छ । तर, केही दिन अगाडि नायक हर्षवर्धन कपुरले नायिका कैफ र नायक कौशल प्रेम सम्बन्धमा रहेको पुष्टी गरिदिएका थिए । प्रेम सम्बन्ध सार्वजनिक भएपछि कैफ नायक कपुरसँग रिसाएकी छिन् । हर्षवर्धन र कट्रिनाविच खासै नजिकको सम्बन्ध छैन ।

अर्कोतिर, कुनै व्यक्तिको व्यक्तिगत बिषयमा कुरा गर्नका लागि अनुमती लिनुपर्ने वुझाई कैफको छ । हर्षवर्धनलाई आफ्नो निजी बिषयमा बोल्ने अधिकार नभएको भन्दै कट्रिना उनीसँग रुष्ट बनेकी हुन् । केही सार्वजनिक कार्यक्रममा एकसाथ देखिएपछि कट्रिना र विक्कीको प्रेम चर्चा बलिउडमा सुरु भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...