Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

ठेकेदार र जनप्रतिनिधिका कारण पुल निर्माण नहुँदा सिंगो गाउँनै सास्ती खेप्दै

spot_img
spot_img

वीरगंज । बाराको करैयामाई गाउँपालिका वडा नं. ८ बेलाही र ईटहर गाउँ जोड्ने मुख्य सडक विचमा पर्ने तियर नदीमा पुल निर्माण नहुँदा स्थानिय बर्षौ देखि सास्ती खेप्दै आएका छन । खासगरी बर्षायाममा नदीमा बाढी आउँदा बेलाही गाउँका करिब ९ सय परिवार हप्तौसम्म गाउँ बाहिर निस्किन सक्दैनन् । वर्षायामभरि त्यहाँका बासिन्दाहरुलाई निकै सास्ती हुदै आएको छ ।

अहिले सम्म बेलाही गाउँसंग अन्य सडक संञ्जाल पनि जोडिएको छैनन् । एकमात्र सडक बेलाही र ईटहर हो । जनताको हारगुहार पछि पुल बनाउँन प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक बर्ष २०७६/०७७ मा करिब १० करोड रुपैया बजेट निकासा गरी सकेका छन ।

भौतिक पूर्वाधार कार्यालयले वीरगन्जले पुल निर्माणको लागि टेण्डर मार्फत कलैयाकै विनोद साह निर्माण कम्पनीलाई जिम्मा समेत दिएको छ । पुल निर्माणको लागि तामझामका साथ शिलान्यास गरिएपनि हालसम्म निर्माणको प्रकृया अगाडी बढाईएको छैन ।

स्थानिय अगुवा राजकिशोर चौधरीले पुलको शिलान्यास गर्न प्रदेशका मन्त्री देखि क्षेत्रका सांसद, गाउँपालिकाका मेयर लगायतका नेताहरु आएका थिए । शिलान्यास गरिएपनि हालसम्म पुल निर्माण कार्य अगाडी बढाईएको छैन । उनले भने, वीरगन्ज, कलैया जाने मुख्य सडक हो यो । पुल निर्माणको ठेक्का पाएको ठेकेदारले भ्रष्ट्रचार गर्न तियर नदीको पुल निर्माण नगरी सानो कलर्भटकाे पुल निर्माणमा लागेको उनको आरोप छ ।

अर्का स्थानिय राजकिशाेर चाैधरी भने “बेलाही टोलको नजिकै राम्रो सडक सुविधा रहेको छ तर सडकसम्म पुग्न खोला तर्नुपर्छ । जुन खोलामा हालसम्म पुल निर्माण भएको छैन । सरकार फेरिए, नेता फेरिए । सबैले पुल निर्माण गरिदिने वाचा गर्दै भोट पनि लिए तर अहिले पुल निर्माण हुन लाग्दा राजनितिक पूर्वाग्रही राखेर पुल निर्माण अलपत्रमा पारेको छ ।”

स्थानियले सुनिता पासवानले गाउँका कुनै महिलालाई सुत्केरी व्यथा शुरु हुँदा सबैभन्दा बढी उनै समस्यामा पर्ने गरेको दुखेसो सुनाईन । उनले भनिन “गाउँमा एम्बुलेन्स पुग्न सक्दैन । यहाँ प्राथमिक अस्पतालको पनि व्यवस्था छैन । वडा नं. ८ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र तथा बर्थिङ्ग सेन्टर नरही चौकमा छ । जहाँसम्म वर्षायाममा पुग्न कठिन छ । राति कसैलाई समस्या भइहाले बिहानसम्म कुर्नु पर्ने, घरमै बच्चा जन्माउनु पर्ने अथवा अकालमै ज्यान गुमाउनु पर्ने समस्या विगत लामो समयदेखि गाउँमा विद्यमान रहेको छ ।”

बेलाही गाउँमा रहेको तियर नदी निर्माणको लागि स्थानियले बर्षौदेखि माँग गर्दै आएका थिए । निर्वाचित जनप्रतिनिधिले दुईवटा नदीमा पुल निर्माणको लागि संघ र प्रदेश सरकार गुहार गरे । पुल निर्माणको लागि संघ र प्रदेश कार्यालयले बजेट समेत निकासा गरीसकेको छ ।

संघ र प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार विकास कार्यालय र योजना आयोगसँग विनोद साह निर्माण कम्पनीका संचालक शेषनाथ साहले दुईवटै पुल निर्माण गर्ने ठेक्का सकार गरी सम्झौता गरेको छ । तर सम्झौता भएको लामो समय भइसक्दा पनि तियर नदीको पुल निर्माण शुरु गर्न सकेको छैन ।

बेलाहीमै परसानवाको सानो कल्भर्टमा पुल निर्माण गर्न संघ र गाउँपालिकाले करिब ५ करोड ७५ लाख रुपैया बजेट निकासा गरीसकेको छ । त्यही बजेट कुम्लयाउँन ठेकेदार र गाउँपालिकाका प्रमुखले तियर नदीको पुल निर्माण नगरी सानो कल्र्भटमा पुल बनाउँने तयारी गरेपछि स्थानिय विरोधमा उत्रेका छन ।

कल्भर्टमा पुलको आवश्यकता छैन, न त कल्भर्टमा पानी नै आउँने गरेको छ । कल्भर्टको मुहान थुनिएको १० बर्षभन्दा बढी भईसकेको छ, स्थानिय कोसलेश चौधरीले भने, कम बजेटमा बढी फाईदा हुने भएकोले हतार हतार गरेर यो कल्भर्ट निर्माणका गाउँपालिका प्रमुख र ठेकेदार कम्पनी लागि परेको छन् ।

गाउँपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष सुरेन्द्र साहले जनताको प्राथमिकता अनुसार तियर नदीमा पुल निर्माण गर्नुपर्ने बताउँदै यसको लागि आवश्यक पहल गरीरहेको बताए । तियर नदी भन्दा पहिला टेन्डर परसानवा पुलको भएपनि निर्माण कम्पनी एउटै रहेको हुनाले पहिलो प्राथमिकता तियर नदीको पुललाई दिनुपर्ने बताए ।

बर्षाै पहिला तियर नदीमा सानो पुल रहेको थियो । बाढीले पुल बगाएपछि हालसम्म नदीमा पुल बन्न सकेको छैन । स्थानीयहरुका अनुसार खोलाले पुल बगाएको झण्डै ३० बर्ष भइसक्यो । तर अहिले सम्म पुल निर्माणको प्रकृया अगाडी बढेको छ ।

मुख्य बाटोको पुल निर्माण नगर्नु तथा बाटो नै नरहेको ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउनुलाई द्वन्द्व बढाउने खेल र भ्रष्टाचार गर्ने जालो बुनेको स्थानिय अगुवाहरुको भनाई छ । उनीहरुले यो कार्यको दोष स्थानिय जनप्रतिनिधिहरुलाई लगाउँदै आएका छन् । स्थानीयहरुले समस्या समाधानको लागि गाउँपालिकाको न्यायिक समितिका उजुरी समेत दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...