Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

वीरगंजका युवाहरुद्वारा संचालित हेल्प डेस्ककाे समापन, हेल्पलाईन संचालन

spot_img
spot_img

वीरगंज । विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला युवा वचन संस्थाले बिरगंज नगरवासीका सहयोगको लागि हेल्प डेस्कको स्थापना गरेको थियो तर हेल्प डेस्कले वीरगंज लगायत अन्य ठाउँका मानिसहरुलाई पनी सहयोग गरेको छ।

महामारीको बेला कोइ भोको पेट ना रहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन्न परिवारलाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगतको समस्यालाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोगको उदेश्यले हेल्प डेस्कको स्थापना गरिएको थियो ।

आइतबार हेल्प डेस्कले २३ औ दिनमा आएर आफ्नो हेल्प डेस्कलाई समापन गरि हेल्प लाईनको नामले संचालन गरेको छ । हेल्प डेस्कले २३ दिनमा वीरगंजमा मात्र नभएर अरु ठाउँ ठाउँमा पुगेर ६५० गरिब परिवारलाई राहत समेत बितरण गरेको थियाे ।

साथै २१ बिपन परिवारलाई निशुल्क औषधी र ४३ परिवारलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएकाे हेल्प डेस्कका ओउम् कुमार झाले वताए । हेल्प डेस्कले २३ दिनमा वीरगंज लगायत अन्य ठाउँहरुबाट नगद ३ लाख , ९०० किलो चामल, १५५ किलो दाल, २०० किलो आलु, ५ कार्टुन तेल, २ बोरा प्याज, १०० प्याकेट आटाको सहयोग प्राप्त गरेको थियाे ।

साथै जगदम्बा स्टीलका संचालक पवन गुप्ताले तिस हजारको औषधी हेल्प डेस्कलाई सहयोग गरेका थिए । हेल्पडेस्कलाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटरका अवधकिशोर चैरसियाले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्थाका केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्कका संयोजक किशन सर्राफको नेतृत्वमा संचालनमा आएकाे हेल्प डेस्कको समापन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।

समापन कार्यक्रममा मुकेश अग्रवाल, पवन गुप्ता, राज रुंगटा, परमानन्द कादमिया, दिपक टीब्रेवाल लगायतको उपस्तिथी रहेकाे थियो । हेल्प हेस्कले संचालनमा ल्याएकाे हेल्प लाईन नम्बर ९८५५०८८२७२, ९८०४२६४००१ रहेकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...