Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सामा केही परिमार्जन सहित असार ६ सम्म निषेधाज्ञा थपियाे

spot_img
spot_img

वीरगंज । पर्सामा जारी निषेधाज्ञा असार ६ गते सम्म थप गरिएकाे छ । दाेस्राे चरणकाे काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि बैशाख १६ गतेदेखी जिल्ला भरी जारी निषेधाज्ञा छेठाै पटक थप गरिएकाे हाे ।

विश्वब्यापी महामारीको रुप लिईरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधाज्ञा आदेशलाई केही परिमार्जन सहित निरन्तरता दिने भनी जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैशाख ३० गतेको निर्णय समेतका आधारमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको दफा, ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी पर्सा जिल्ला भरी बैशाख ६ गते राती १२:०० बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएकाे पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

थप गरिएकाे निषेधाज्ञा अवधिमा औषधी उपचार प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा जारी आदेशमा अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कने र हिँडडुल नगर्ने । घरबाट बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति-व्यक्तिका बीच कम्तीमा २ मिटरको दुरी कायम गर्नु पर्ने छ ।

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र ब्यवसाय बाहेक अन्य सबै पसल, ब्यवसाय हाललाई सञ्चालन नगर्ने तर दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध (बीउबीजन लगायतका) पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप, विहान १२:०० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाईने छ । तर सो समयको अतिरिक्त तरकारी, फलफूल, पानी, दुघ तथा दुधजन्य पदार्थ लगायतका खाद्यवस्तुको व्यापारसँग सम्बन्धित व्यवसायीले होम डेलिभरी गर्न कुनै बाधा पर्नेछैन ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्न पाईने छैन ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला ब्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, कृषि उपज, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको ब्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाईने छैन ।

मृत्यु संस्कार, बिवाह, ब्रतबन्ध/नामाकरण जस्ता सामाजिक कार्यमा बढीमा २ (दुई) वटा सम्म सवारी साधन सोही व्यहोराको ब्यानर प्रयोग गरी प्रयोग गर्न सकिने छ ।

बिकास निर्माणका कार्यहरु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्न/गराउन सकिने छ । आयोजना/कार्यालय प्रमुखको सिफारिसमा विकास निर्माण कार्यसँग सम्बन्धित कर्मचारी र जनशक्तिले प्रयोग गर्ने सवारी साधनको आवत जावतमा जिल्ला प्रहरी कार्यालयले सहजीकरण गर्ने । निर्माण सामाग्रीको ढुवानी बेलुका ८:०० बजे देखी विहान ८:०० बजेसम्म गर्न पाइने जारी निषेधाज्ञामा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...