Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 699

भारततर्फ लैजाँदै गरेको दुई हात्ती प्रहरी नियन्त्रणमा

0

वीरगंज । बिक्री वितरणको लागि  नेपालबाट भारत तर्फ लैजाँदै गरेको दुई वटा हात्ती प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्राप्त सुचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले पकहा मैनपुर गाउँपालिकाकाे वडा नं.५ पोखरिया टोलबाट शनिबार दिउसाे १२ बजे हातीहरु नियन्त्रणमा लिएकाे हाे ।

हातीकाे साथै माउते चितवनकाे भरतपुर नगरपालिका वडा नं. १८ जितपुरका ६० बर्षिय बुदिराम महताे, साेही ठाउँ निवासी ४० बर्षिय राजु कुमाल र हाती बिक्री गर्ने पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका ३५ बर्षिय सफराेज आलमलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

नियन्त्रणमा लिइएकाे हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

भाथाधाम धार्मिक पर्यटकीय क्षेत्र घोषणा

0

वीरगंज । मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई प्रदेश सरकारले शनिबार पर्यटकीय क्षेत्र घोषणा गरेकाे हो ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्ष भित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्सा राष्ट्रिय निकुञ्जसंग भाथाधामको पर्यटकीय बिकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार बिकासको जिम्मा प्रदेश सरकारको रहेको वताए ।

कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरे ।

अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, निलन्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा केन्द्रिय सदस्य मोहनलाल चौधरी, प्रदेश सदस्य गौरीशंकर साह, दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, युवा नेता शिव कुमार, रामदेनी यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस अघि शुक्रबार प्रदेश सरकारले पर्साकाे ठाेरीलाई पर्यटकिय क्षेत्र घाेषणा गरेकाे थियाे ।

परवानीपुर गाउँपालिकामा नेकपा एसकाे कमिटी गठन

0

वीरगंज । बाराको परवानीपुर गाउँपालिकामा शनिबार नेकपा (एकीकृत समाजवादी) काे गाउँ भेला सम्पन्न गरेको छ । भेलाले राम यादवकाे अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

नवगठित कमिटीकाे उपाध्यक्षमा सहमद अन्सारी, रामेश्वर पटेल, सचिवमा रिनकु मिश्रा, सह सचिवमा विजय पटेल, सदस्यहरुमा शुशिल ठाकुर, लालबहादुर पटेल, भगवान प्रसाद यादव, सोभा यादव, शिव दुलारी देवी, धर्मशीला देवी रौनियार, अनोज यादव, जितेन्द्र राम लगायतका रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादी पार्टीका पोलिट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्चार्ज दिनेश राईले निर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिदै उनले एकीकृत समाजवादी पार्टी जनताको सेवा गर्ने पार्टी भएकाे दाबी गरे । राईले केपी ओलीको प्रतिगमन कदमका कारण आफूहरु माधव नेपालको अध्यताक्षमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको बताए ।

निर्वाचित कमिटीले स्थानिय निकायको निर्वाचनको तयारीमा जुटन उनले निर्देशन समेत दिए ।  

कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य तथा बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माले निर्वाचित कमिटीलाई शुभकामना दिदै जनताकाे चाहना अनुसार काम गर्न आग्रह गरे । उनले आउदो स्थानिय निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी पहिलो पार्टीको रूपमा उदाउने र आम जन्ताको आधारभूत आवश्यकता गास, बास , कपास लगायतका जनमुखी कार्य गर्ने ठोकुवा गरे ।

कार्यक्रममा पार्टीका वरिष्ट नेता ओमप्रकाश पटेलले शुभकामना व्यक्त गर्दै आफू यो पार्टीमा कुनै पनि पदको लोभ नगरी आएको र पार्टीको निर्देशन अनुसार काम गर्ने बताए । उनले समाजवादी पार्टी एकमात्र राजनीतिक निकास दिने पार्टी भएकोले पार्टीमा लाग्न आम जनतालाई आग्रह गरे ।

उनले देशका ठूला पार्टीहरू जनतालाई ठग्ने काम मात्र गरेको हुनाले आफूहरु स्थानिय निर्वाचनमा जीत हासिल गरे अति, विपन्न नागरिकका लागि एक लाख सम्मको निःशुल्क सेवा सुविधा दिने घोषणा गरे । उनले खासगरी परवानीपुर गाउँपालिकामा जनता मुखी काम गर्ने जनप्रतिनिधि चुन्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा बारा सह इन्चार्ज श्री पासवान, पार्टीका नेता कृष्ण खनाल, कौशल किशोर सिंह, विक्रम ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

४ महिलासहित ५७ जनाद्वारा रक्तदान

0

वीरगंज । माई फिटनेस जिम क्लबकाे आयाेजनामा शनिबार वीरगंजमा आक्सिमक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेशनल मेडिकल कलेज नजिक रहेकाे क्लब परिसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ५७ जनाले रक्तदान गरेकाे एमएस धोनी फ्यान क्लबका विक्की सर्राफले जनाकारी दिए । 

कार्यक्रममा सिमरन पाण्डे,  सुस्मी थापा , नेहा साह, राजेश साह, करन पाण्डे, बुनिलाल चौरसिया, विक्की चौरसिया, प्रिन्स जयसवाल, पप्पु गुप्ता, राम विनय कुमार, सुरज चौरसिया, सौरभ चौरसिया, उदिप साह, अजय गुप्तालगायतले रक्तदान गरेकाे सर्राफले वताए ।

किङ्गस लाउन्स र एमएस धोनी फ्यान क्लब वीरगञ्जको सहयाेगमा भएकाे कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

राजनीतिक रुपमा कुरा नउठेसम्म हिन्दु धर्मकाे रक्षा हुँदैन् : नायक उप्रेती

0

वीरगंज । नेपाली चलचित्रका नायक निलिख उप्रेतीले राजनीतिक रुपमा कुरा नउठेसम्म अब हिन्दु धर्मकाे रक्षा हुन नसक्ने वताएका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले शनिबार वीरगंजमा आयाेजना गरेकाे ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रमलाई सम्बाेधन गर्दै समहुदी फाउन्डेशनका संस्थापक समेत रहेका नायक उप्रेतीले यस्ताे वताएका हुन् ।

वीरगंजस्थित जैन धर्मशालामा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बोधन गर्दै उनले एउटा धार्मिक व्यक्तिले अर्काे अधार्मिक व्यक्तिलाई भाेट दिन सक्छ ? प्रश्न गर्दै उनले धार्मिक व्यक्तिले अर्धामिक व्यक्तिलाई नेता मान्न नसक्ने वताए । 

उनले हिन्दु धर्म संस्कृति बैज्ञानिक संम्वत् छ, विज्ञानले पनि हिन्दु धर्म संस्कृति अनुसार नै चल्दै आएको छ यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि विस्तारै लोप हुने उनले चिन्ता व्यक्त गरे । नायक उप्रेतीले कार्यक्रमका सहभागिहरुलाई धर्म ग्रन्थहरु पढन समेत आग्रह गरे । हिन्दु धर्म विज्ञानमा अधारित भएकाे उनकाे भनाई थियाे । 

नेपालमा हिन्दु धर्म गौण हुँदै गईरहेको छ र बनावटी सिकिमको धर्मले छ्यापछ्याप्पै भईरहेको छ, उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ ।’ अहिले पनि भिष्णु र राक्षसकाे बिचकाे द्ववन्ध चलिरहेकाे वताउँदै आफु कुन पक्षमा लाग्ने त्याे साेच्नु पर्ने उप्रेतीले वताए ।

प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिडीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पु¥याउँन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा राजनितिक विश्लेषक डा. देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोले यसलाई आफनो मूल चिन्नै पर्ने बताए । उनले भने, हामीले आफूलाई चिनेका छौनौ, न आफनो बारेमा बुझेका छौ, नत आफनो गौरव गर्नलायक चिजहरु चिनेका छौनौ । हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए ।

हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहने छ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजहरुको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक रुप भएकोले यसको समक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमिएको छ । उनले भने, ‘विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाए ।’

सविधान निर्माणको क्रममा समेत नेपाली जनताले नेपाललाई पुन हिन्दु राष्ट्र घोषणा गर्नेपर्ने आवाज उठेपनि यी नेताहरुले विदेशी दलालको प्रभावमा परेको जनताको मतलाई कदर गरेन । समय आईसकेको छ, हामीले घर घरमा हिन्दु धर्मप्रति जागरुक बनाएर देशलाई पुन हिन्दु राष्ट्र कायम गराउँनु पर्न उनले भने ।

वीरगंज उद्याेग वाणिज्य संघका उपाध्यक्ष एवम्  हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान कार्यक्रममा नायक निखिल उप्रेती, राजनितिक विश्लेषक देवेश झा, बरिष्ठ समाजसेवी अशोक बैद्य, कार्यक्रम संयोजक माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।

हिन्दु स्वयम् सेवक संघका जिल्ला संघचालक ललन द्धिवेदी, संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता,  एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, काँग्रेसका युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो तथा गम्छा ओढाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले तयार पारेको ‘हिन्दुराष्ट्र नेपाल’ नामक पुस्तक, जनचेतना मुलक फोल्डर र घर-घर हामी जाऔं आफनो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं नारा अंकित स्टीकर समेत वितरण गरिएको थियो ।

कराते खेलाडीहरुलाई नेता अन्सारीद्वारा बिदाई

0

वीरगंज । भारतको कलकतामा आयोजना हुन लागेको सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन गइरहेका कराते खेलाडीहरुलाई शुक्रबार वीरगंजमा सम्मानसहित बिदाई गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १० कबड हल घडिअर्वामा आयोजित कार्यक्रममा वीरगंजबाट प्रतियोगितामा भाग लिन जान लागेका २० जना खेलाडिहरुलाई नेकपा (माओवादी केन्द्र ) वीरगंज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले खादा, अबरि टीका र माला लगाई बिदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता अन्सारीले वीरगंजका खेलाडिहरु प्रतियोगितामा विजयी हुने पुर्ण आशा र विश्वास लिदै वीरगंज तथा देशकै नाम चिनाउन सफल हुने बताएका थिए । कराते गुरु राजकुमारको नेतृत्वमा भारतको कलकतामा आयोजना हुन लागेको सो प्रतियोगिता भाग लिन खेलाडिहरु गएको अनेरास्ववियु क्रान्तिकारीका जुबैर आलमले बताए ।

१८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम भवनकाे शिलान्यास

0

वीरगंज । मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको शुक्रबार शिलान्यास गरिएको छ । १८ करोडको लागतमा बन्ने भवनकाे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए । ‘आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,’ उनले भने, ‘भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।’

वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने बताए ।

सांसद यादवले आगामी बजेटबाट मानव सेवा आश्रम भवनका लागि बजेट छुट्याउने बताए ।

मेयर सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरुको व्यवस्थापन तीनै तहको दायित्व भएको बताए । उनले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै दिइदिन मुख्यमन्त्रीसँग आग्रह गरे ।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपैयाँ पनि दिइएको थियो । भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने इन्जिनियरहरुले बताएका छन् ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् ।

०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पुनर्मिलन गराउँदै आएको मानव सेवा आश्रमका दिवेश मानवसेवाले वताए ।

शिलान्यास कार्यक्रममा जसपाका नेता राजेमान सिंह, उद्याेगपति अशाेक वैध, वीरगंज पव्लिक कलेजका निर्देशक डा. दिपक शाक्य लगायतकाे सहभागिता रहेकाे थियाे ।

समुदायिक मेलमिलाप सम्बन्धि ३ दिने तालिम सम्पन्न

0

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा मेलमिलापकर्ता, महिला अधिकार मञ्चका सदस्यहरु तथा न्यायिक समितिका सदस्यहरुलाई प्रभावित मैत्री सुनुवाई पद्धति स्थापनाका लागि समुदायिक मेलमिलाप सम्बन्धि ३ दिने तालिम शुक्रबार सम्पन्न भएकाे छ ।

एक्सनएड नेपाल तथा दिब्य युवा क्लब पर्साको संयूक्त साझेदारीमा पटेर्वा सुगौली गाउँपालिकामा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फरहदवामा भएकाे तालिम सम्पन्न भएको हाे ।

तालिमबाट समुदायमा कुन किसिमको मुद्धाहरु मिलाउने र कुन किसिमको मुद्धाहरु कानूनी न्यायको लागि रिफर गर्ने विषयको बारेमा ज्ञान हासिल भएको तालिममा सहभागि मेलमिलापकर्ता तथा महिला अधिकार मञ्चका सदस्यहरु बताएका छन् ।

तालिममा अधिवाक्त हरेराम सर्राफले प्रशिक्षण दिएका थिए भने थप सहजीकरण दिब्य युवा क्लब पर्साकी कार्यक्रम संयोजक रिना चौधरी गरेकी थिइन । तालिमको समापन्न कार्यक्रम दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे थियाे । 

भिखमपुरमा काङ्ग्रेसकाे टोल समिति गठन

0

वीरगंज । पर्साकाे धोबिनी गाउँपालिका वडा न.२ भिखमपुरमा नेपाली काङ्ग्रेसकाे टोल समिति गठन भएकाे छ । भिखमपुरमा शुक्रबार भएकाे कांग्रेसकाे टाेल भेलाले बिन्देश्वरी प्रसाद कुर्मीको सभापतित्वमा ६१ सदस्यीय टोल कार्य समिति गठन गरेकाे हाे ।

नवगठित टाेल समितिकाे उप सभापतिमा नमाेदिन मियाँ, सचिवमा ठग पटेल, सह सचिवमा राजेश पटेल, काेषाध्यक्षमा सुनिल पटेल, सदस्यमा रामऔतार कुर्मी, गणेश कुर्मी, अनिल श्रीवास्तव, तेज नारायण साह, संजय पटेल, रामशिष साह, चनर राम, जवाहिर राम, पवन पटेल, आलम मियाँ धाेबी, महमद इब्राहिम अन्सारी, पुनदेव राउत कुर्मी, राजेश साह, महिन्द्र राउत कुर्मी, जितेन्द्र साह, भिम पटेल लगायतका रहेका छन् ।

महाधिवेशन प्रतिनिधि श्याम किशोर प्रसाद कुर्मी, हिरण प्रसाद कुर्मी, जिल्ला सदस्य रामबाबु प्रसाद कुर्मी, क्षेत्रीय सचीव बलिष्टर अहमद, वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मी, गाउँपालिका सभापति कमल ठाकुर लोहार, सचीव मनोज मिया, राजकिशोर प्रसाद पटेल, वडा सभापति बासुदेव तिवारी लगायतको बिशेष उपस्थितिमा टाेल समिति गठन भएको हाे । 

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अर्पण

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी समाजवादी प्रेस संगठन पर्साकी उपाध्यक्ष प्रकृति अधिकारीको ठूलो बुवाकाे निधन भएकाे छ । रेडियो वीरगंजमा कार्यरत संचारकर्मी अधिकारीकाे ५० बर्षिय ठूलाे बुवा कमलेश्वर अधिकारीको बिहिबार राती असमायिक निधन भएकाे समाजवादी प्रेस स‌गठन पर्साले शाेक वक्तव्य जारी गर्दै जानकारी गराएकाे हाे । 

संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित शाेक वक्तव्य मार्फत स्वर्गिय बुवाकाे निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ सानो नौतन निवासी हिमालयन टेलिभिनका पर्साका संवाददाता प्रणय साहको हजुरआमा ८० बर्षिय राधिका देवी कनुईनको चैत १० गते बिहिबार राती असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ गैरबजार हाल वीरगंज महानगरपालिका वडा नं. १ छपकैया निवासी नेपाल पत्रकार महासंघ पर्साका साधारण सदस्य एवं प्रतीक दैनिकमा कार्यरत पत्रकार नितेश कर्णको ४८ बर्षिय सुनिता देवी कर्णको चैत ९ गते बुधबार विहान निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी बाराको बरागढी गाउँपालिका वडा नं.१ पिपरा बसतपुर (पिपरा) निवासी नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव एवं ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साहका बुवा ५६ बर्षिय लक्ष्मण साह कानुको चैत २ गते असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १६ बाईपास गणेश टोल निवासी समाजवादी प्रेस संगठन नेपाल पर्साका सलाहकार संजय साहको मामतामयी आमा ८७ बर्षिय पार्वती देवीको फागुन ९ गते निधन भएको थियो ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मुणवा निवासी राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष एवम् समाजवादी प्रेस संगठन नेपाल पर्साका सदस्य श्याम पासवानको मामतामयी आमा ६५ बर्षिय लक्ष्मी देवीको फागुन २० गते निधन भएको थियो ।

स्वर्गिय पांचै जनाकाे निधन प्रति समाजवादी प्रेस संगठन नेपाल पर्सा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेकाे छ ।