Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

१८ करोडको लागतमा बन्ने मानव सेवा आश्रम भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । मानव सेवा आश्रम वीरगञ्ज शाखाको भवनको शुक्रबार शिलान्यास गरिएको छ । १८ करोडको लागतमा बन्ने भवनकाे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री गद्दीले जग्गा नहुँदा भवनका लागि रकम छुट्याए पनि खर्च गर्न नपाएको बताए । ‘आश्रमका लागि ३० लाख रुपैयाँ छुट्याएका थियौं, जमिन नभएकाले दिन सकेनौं,’ उनले भने, ‘भवन निर्माण गर्न, सञ्चालन गर्न कति खर्च लाग्छ, प्रदेश सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि तयार छौं ।’

वीरगञ्जको नारायणी अस्पताल, नारायणी रंगशाला जस्ता संरचना सामुदायिक सहयोगले बनेको बताउँदै उनले मानव सेवा आश्रमको भवन बनाउन रकमको अभाव नहुने बताए ।

सांसद यादवले आगामी बजेटबाट मानव सेवा आश्रम भवनका लागि बजेट छुट्याउने बताए ।

मेयर सरावगीले सडकमा अलपत्र बेसहारा मानवहरुको व्यवस्थापन तीनै तहको दायित्व भएको बताए । उनले प्रदेश सरकारले महानगरलाई दिने १० करोड आश्रमका लागि नै दिइदिन मुख्यमन्त्रीसँग आग्रह गरे ।

तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी भवन बनाउन लागिएको मानव सेवा आश्रमले जनाएको छ । रेम्ड अर्थ प्रविधिबाट भवन बनाउने तयारी गरिएको छ । गर्मी चिसो र जाडोमा न्यानो हुने भएकाले रेम्ड अर्थ प्रविधिबाट भवन बनाउन लागिएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

श्रृंखला खतिवडाले सञ्चालन गरेको गाथाले भवनको डिजाइन गरेको थियो । मानव सेवा आश्रम शाखाका लागि १८ कठ्ठा जमिन र २५ लाख रुपैयाँ पनि दिइएको थियो । भोजपुरी कला सँस्कृति झल्कने, वातावरण सुहाउँदो, भूकम्प प्रतिरोधी र वास्तु शास्त्र मिलाएर भवन बनाउने इन्जिनियरहरुले बताएका छन् ।

१४ कठ्ठा जमिनमा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठाहरु, हेरचाहमा खट्नेहरुका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृह समेत बनाउने उनीहरुले बताएका छन् ।

०७४ जेठ १५ गते स्थापना भएको मानव सेवा आश्रम वीरगञ्ज शाखामा ६ जना बालबालिका सहित ६२ जना आश्रित छन् । सडकमा अलपत्र परेका बेसाहारा सहयोगापेक्षी मानिसलाई आश्रमले गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्नुको साथै पारिवारिक पुनर्मिलन गराउँदै आएको मानव सेवा आश्रमका दिवेश मानवसेवाले वताए ।

शिलान्यास कार्यक्रममा जसपाका नेता राजेमान सिंह, उद्याेगपति अशाेक वैध, वीरगंज पव्लिक कलेजका निर्देशक डा. दिपक शाक्य लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...