Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

भाथाधाम धार्मिक पर्यटकीय क्षेत्र घोषणा

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश सरकारले भाथाधाम महादेव मन्दिरलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ मा पर्ने भाथाधाम दुधेश्वर मन्दिरलाई प्रदेश सरकारले शनिबार पर्यटकीय क्षेत्र घोषणा गरेकाे हो ।

पर्सा राष्ट्रिय निकुञ्ज भित्र पर्ने भाथाधाममा आयोजित घोषणा सभामा मुख्यमन्त्री लालबाबु राउतले भाथाधामलाई धार्मिक पर्यटकीय क्षेत्रको पुर्वाधार निर्माण कार्य यसै वर्ष भित्र शुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्सा राष्ट्रिय निकुञ्जसंग भाथाधामको पर्यटकीय बिकासको लागि आवश्यक सम्पूर्ण पुर्वाधार बिकासको जिम्मा प्रदेश सरकारको रहेको वताए ।

कार्यक्रममा उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले भाथाधाम पर्यटकीय क्षेत्र बिकासको लागि पहिलो चरणमा ५ करोडको प्याकेज दिने घोषणा गरे ।

अलखदेव महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा संञ्चार मन्त्री भरत साह, निलन्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद मन्जुर अन्सारी, करिमा बेगम, भिमा यादव, जसपा केन्द्रिय सदस्य मोहनलाल चौधरी, प्रदेश सदस्य गौरीशंकर साह, दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, युवा नेता शिव कुमार, रामदेनी यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस अघि शुक्रबार प्रदेश सरकारले पर्साकाे ठाेरीलाई पर्यटकिय क्षेत्र घाेषणा गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...