Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

समुदायिक मेलमिलाप सम्बन्धि ३ दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकामा मेलमिलापकर्ता, महिला अधिकार मञ्चका सदस्यहरु तथा न्यायिक समितिका सदस्यहरुलाई प्रभावित मैत्री सुनुवाई पद्धति स्थापनाका लागि समुदायिक मेलमिलाप सम्बन्धि ३ दिने तालिम शुक्रबार सम्पन्न भएकाे छ ।

एक्सनएड नेपाल तथा दिब्य युवा क्लब पर्साको संयूक्त साझेदारीमा पटेर्वा सुगौली गाउँपालिकामा संचालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय फरहदवामा भएकाे तालिम सम्पन्न भएको हाे ।

तालिमबाट समुदायमा कुन किसिमको मुद्धाहरु मिलाउने र कुन किसिमको मुद्धाहरु कानूनी न्यायको लागि रिफर गर्ने विषयको बारेमा ज्ञान हासिल भएको तालिममा सहभागि मेलमिलापकर्ता तथा महिला अधिकार मञ्चका सदस्यहरु बताएका छन् ।

तालिममा अधिवाक्त हरेराम सर्राफले प्रशिक्षण दिएका थिए भने थप सहजीकरण दिब्य युवा क्लब पर्साकी कार्यक्रम संयोजक रिना चौधरी गरेकी थिइन । तालिमको समापन्न कार्यक्रम दिब्य युवा क्लब पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...