Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

राजनीतिक रुपमा कुरा नउठेसम्म हिन्दु धर्मकाे रक्षा हुँदैन् : नायक उप्रेती

spot_img
spot_img

वीरगंज । नेपाली चलचित्रका नायक निलिख उप्रेतीले राजनीतिक रुपमा कुरा नउठेसम्म अब हिन्दु धर्मकाे रक्षा हुन नसक्ने वताएका छन् । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले शनिबार वीरगंजमा आयाेजना गरेकाे ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रमलाई सम्बाेधन गर्दै समहुदी फाउन्डेशनका संस्थापक समेत रहेका नायक उप्रेतीले यस्ताे वताएका हुन् ।

वीरगंजस्थित जैन धर्मशालामा आयोजित कार्यक्रमलाई प्रमुख अतिथीकाे रुपमा सम्बोधन गर्दै उनले एउटा धार्मिक व्यक्तिले अर्काे अधार्मिक व्यक्तिलाई भाेट दिन सक्छ ? प्रश्न गर्दै उनले धार्मिक व्यक्तिले अर्धामिक व्यक्तिलाई नेता मान्न नसक्ने वताए । 

उनले हिन्दु धर्म संस्कृति बैज्ञानिक संम्वत् छ, विज्ञानले पनि हिन्दु धर्म संस्कृति अनुसार नै चल्दै आएको छ यसलाई जर्गेना गर्न सकिएन भने, आउँने दिनमा नेपालबाट पनि विस्तारै लोप हुने उनले चिन्ता व्यक्त गरे । नायक उप्रेतीले कार्यक्रमका सहभागिहरुलाई धर्म ग्रन्थहरु पढन समेत आग्रह गरे । हिन्दु धर्म विज्ञानमा अधारित भएकाे उनकाे भनाई थियाे । 

नेपालमा हिन्दु धर्म गौण हुँदै गईरहेको छ र बनावटी सिकिमको धर्मले छ्यापछ्याप्पै भईरहेको छ, उनले भने, ‘यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ ।’ अहिले पनि भिष्णु र राक्षसकाे बिचकाे द्ववन्ध चलिरहेकाे वताउँदै आफु कुन पक्षमा लाग्ने त्याे साेच्नु पर्ने उप्रेतीले वताए ।

प्रायोजित एजेण्डा अनुसार देशमा हिन्दु धर्मको सूत्रलाई समाप्त पर्ने युवापिडीलाई प्रयोग गर्ने काम भईरहेकोले समयमै आफनो धर्म संस्कृतिको जर्गेनामा ध्यान पु¥याउँन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा राजनितिक विश्लेषक डा. देवेश झाले धर्मनिरपेक्षताको नाममा समाजमा हिन्दु धर्म विरुद्ध भ्रम छर्ने काम भईरहेकोले यसलाई आफनो मूल चिन्नै पर्ने बताए । उनले भने, हामीले आफूलाई चिनेका छौनौ, न आफनो बारेमा बुझेका छौ, नत आफनो गौरव गर्नलायक चिजहरु चिनेका छौनौ । हाम्रो राष्ट्रको हजारौं बर्ष पुरानो विशिष्ट पहिचान हिन्दुत्व नै रहेकोले यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए ।

हिन्दुत्व अर्थात हिन्दू हुनुको भाव, यसलाई हिन्दुत्व रुपी पहिचानलाई राष्ट्रबाट त्यागिदिने हो भने देश केवल एउटा भूखण्ड मात्र रहने छ त्यसैले हिन्दुत्व हाम्रो राष्ट्रको र यहाँको समाजहरुको तथा हजारौं बर्षदेखि चलिआएको हाम्रो महान् परम्पराको प्रतीक रुप भएकोले यसको समक्षण गर्न घर घरमा पुगेर हिन्दुलाई लगाउँन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा वीरगंज उद्याेग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दु राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेका कारण विश्वकै एक मात्र पहिचान हिन्दु राष्ट्र गुमिएको छ । उनले भने, ‘विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेको आरोप लगाए ।’

सविधान निर्माणको क्रममा समेत नेपाली जनताले नेपाललाई पुन हिन्दु राष्ट्र घोषणा गर्नेपर्ने आवाज उठेपनि यी नेताहरुले विदेशी दलालको प्रभावमा परेको जनताको मतलाई कदर गरेन । समय आईसकेको छ, हामीले घर घरमा हिन्दु धर्मप्रति जागरुक बनाएर देशलाई पुन हिन्दु राष्ट्र कायम गराउँनु पर्न उनले भने ।

वीरगंज उद्याेग वाणिज्य संघका उपाध्यक्ष एवम्  हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान कार्यक्रममा नायक निखिल उप्रेती, राजनितिक विश्लेषक देवेश झा, बरिष्ठ समाजसेवी अशोक बैद्य, कार्यक्रम संयोजक माधव राजपाल, बाबा बजरंगी दास र अभियानका जिल्ला संयोजक सत्रुधन गिरीले ‘हिन्दुराष्ट्र नेपाल’ नामक तयार पारिएको पुस्तकको संयुक्त रुपमा विमोचन समेत गरेका थिए ।

हिन्दु स्वयम् सेवक संघका जिल्ला संघचालक ललन द्धिवेदी, संघका विभाग सेवा प्रमुख रामेश्वर गुप्ता,  एन प्याप्सन पर्साका अध्यक्ष राम श्रेष्ठ, प्याप्सन नगर अध्यक्ष आलोक चौरसिया, काँग्रेसका युवा नेता राकेश यादव लगायतले कार्यक्रमका अतिथिहरुलाई मायाको चिन्हो तथा गम्छा ओढाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले तयार पारेको ‘हिन्दुराष्ट्र नेपाल’ नामक पुस्तक, जनचेतना मुलक फोल्डर र घर-घर हामी जाऔं आफनो धर्म आफै बचाऔं, धर्म निरपेक्षतालाई डाँडो कटाऔं हिन्दु राष्ट्र पुनः लेखाऔं नारा अंकित स्टीकर समेत वितरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...