Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारततर्फ लैजाँदै गरेको दुई हात्ती प्रहरी नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । बिक्री वितरणको लागि  नेपालबाट भारत तर्फ लैजाँदै गरेको दुई वटा हात्ती प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्राप्त सुचना अनुसार ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटी गएको टोलीले पकहा मैनपुर गाउँपालिकाकाे वडा नं.५ पोखरिया टोलबाट शनिबार दिउसाे १२ बजे हातीहरु नियन्त्रणमा लिएकाे हाे ।

हातीकाे साथै माउते चितवनकाे भरतपुर नगरपालिका वडा नं. १८ जितपुरका ६० बर्षिय बुदिराम महताे, साेही ठाउँ निवासी ४० बर्षिय राजु कुमाल र हाती बिक्री गर्ने पकहा मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाका ३५ बर्षिय सफराेज आलमलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

नियन्त्रणमा लिइएकाे हात्ती तथा मानिसलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...