Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अर्पण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी समाजवादी प्रेस संगठन पर्साकी उपाध्यक्ष प्रकृति अधिकारीको ठूलो बुवाकाे निधन भएकाे छ । रेडियो वीरगंजमा कार्यरत संचारकर्मी अधिकारीकाे ५० बर्षिय ठूलाे बुवा कमलेश्वर अधिकारीको बिहिबार राती असमायिक निधन भएकाे समाजवादी प्रेस स‌गठन पर्साले शाेक वक्तव्य जारी गर्दै जानकारी गराएकाे हाे । 

संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित शाेक वक्तव्य मार्फत स्वर्गिय बुवाकाे निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ सानो नौतन निवासी हिमालयन टेलिभिनका पर्साका संवाददाता प्रणय साहको हजुरआमा ८० बर्षिय राधिका देवी कनुईनको चैत १० गते बिहिबार राती असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ गैरबजार हाल वीरगंज महानगरपालिका वडा नं. १ छपकैया निवासी नेपाल पत्रकार महासंघ पर्साका साधारण सदस्य एवं प्रतीक दैनिकमा कार्यरत पत्रकार नितेश कर्णको ४८ बर्षिय सुनिता देवी कर्णको चैत ९ गते बुधबार विहान निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी बाराको बरागढी गाउँपालिका वडा नं.१ पिपरा बसतपुर (पिपरा) निवासी नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव एवं ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साहका बुवा ५६ बर्षिय लक्ष्मण साह कानुको चैत २ गते असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १६ बाईपास गणेश टोल निवासी समाजवादी प्रेस संगठन नेपाल पर्साका सलाहकार संजय साहको मामतामयी आमा ८७ बर्षिय पार्वती देवीको फागुन ९ गते निधन भएको थियो ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मुणवा निवासी राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष एवम् समाजवादी प्रेस संगठन नेपाल पर्साका सदस्य श्याम पासवानको मामतामयी आमा ६५ बर्षिय लक्ष्मी देवीको फागुन २० गते निधन भएको थियो ।

स्वर्गिय पांचै जनाकाे निधन प्रति समाजवादी प्रेस संगठन नेपाल पर्सा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...