Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

कराते खेलाडीहरुलाई नेता अन्सारीद्वारा बिदाई

spot_img
spot_img

वीरगंज । भारतको कलकतामा आयोजना हुन लागेको सार्क राष्ट्र कराते प्रतियोगितामा भाग लिन गइरहेका कराते खेलाडीहरुलाई शुक्रबार वीरगंजमा सम्मानसहित बिदाई गरिएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १० कबड हल घडिअर्वामा आयोजित कार्यक्रममा वीरगंजबाट प्रतियोगितामा भाग लिन जान लागेका २० जना खेलाडिहरुलाई नेकपा (माओवादी केन्द्र ) वीरगंज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले खादा, अबरि टीका र माला लगाई बिदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता अन्सारीले वीरगंजका खेलाडिहरु प्रतियोगितामा विजयी हुने पुर्ण आशा र विश्वास लिदै वीरगंज तथा देशकै नाम चिनाउन सफल हुने बताएका थिए । कराते गुरु राजकुमारको नेतृत्वमा भारतको कलकतामा आयोजना हुन लागेको सो प्रतियोगिता भाग लिन खेलाडिहरु गएको अनेरास्ववियु क्रान्तिकारीका जुबैर आलमले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...