Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 659

बहुदरमाईबाट जलाउँदै गरेकाे किशाेरीकाे शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ

0

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७, छपकैयाबाट बुधबार राति प्रहरीले आधि जलेकाे अवस्थामा एक किशाेरीकाे शव नियन्त्रणमा लिएकाे छ । आफ्नै परिवारका सदस्यकाे कुटपिटबाट मृत्यु भएकाे किशाेरीकाे शव जलाइरहेकाे खबर प्रहरीलाई पुगेपछि शव जलाईरहेकाे स्थल मै पुगी प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

स्थानिय श्यामबहादुर साह कलवारकी १५ बर्षिय छाेरी महिमा कुमारीकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे समाचार प्राप्त भएकाे छ । स्थानियहरुका अनुसार शवलाई माेटरसाइकलमा राखि र दाउरा टेम्पाेमा राखेर जलाउन लगिएकाे थियाे । साे माेटरसाइकल र टेम्पाे पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

शंकास्पद एक किशाेरीकाे शव राति ११ बजेकाे करिबमा आधी जलेकाे अवस्थामा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले वताए । साे शव पाेस्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले जानकारी दिए ।

घटना बारे साेधपुछकाे लागि मृतका परिवारकाे ३ जनालाई नियन्त्रणमा पनि लिइएकाे प्रहरी नायब उपरिक्षक कार्कीले वताए । साेधपुछकाे लागि नियन्त्रणमा लिएका मध्ये दुई जना बालिका र एक जना महिला रहेकाेले हाल नाम खुलाउन नमिल्ने उनले वताए ।

प्रहरी नियन्त्रणमा रहेकाहरु मृत्युकाे कारण बारे फरक फरक कुराहरु वताइरहेकाले हाल कारण बारे केही भन्न नमिल्ने उनले वताए । मृतकका परिवारका अन्य सदस्यहरु फरार रहेका छन् ।    

वीरगंज बसपार्क क्षेत्रमा याैनधन्दा, १८ जना पक्राउ

0

वीरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा प्रहरीले वीरगंजकाे बसपार्क क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

कालिका टाईम्स दैनिकसहित विभिन्न संचारमाध्यममा बसपार्क क्षेत्रमा याैन व्यवसाय फस्टाएकाे भन्दै समाचार प्रकाशनमा आएपछि बुधबार वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको टाेलीले छापामारी गरी याैन व्यवसायमा सलंगन रहेका डेढ दर्जन महिला र पुरुषहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ ।

त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले जानकारी दिए ।

वीरगन्ज बसपार्कमा किशोरी उमेरदखि युवतीहरु र अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय हुँदै आएकाे स्थानियहरु वताएका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ ।

यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ । केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रोलिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् ।

बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका हुन्छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।

वीरगंजकाे बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् ।

बसपार्क प्रहरी चौकीका इन्चार्ज आदर्श खतिवडालाई यौन व्यवसाय गराउने होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको स्थानियहरुले वताएका छन । वीरगंजमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो हुने गरेकाे छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ ।

यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

यता प्रहरीले सेटिङ वाहेककाे हाेटलहरुमा मात्र छापामारी गरे स्थानियहरुकाे भनाई छ । प्रहरीकाे काम कारवाही बारे आलाेचना भएपछि मात्र देखाउटी रुपमा केहीलाई नियन्त्रणमा लिएकाे छाडेकाे स्थानियहरु वताउँछन ।

११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीले ४० घरधुरी उच्च जोखिममा

0
वीरगंज । वीरगंज महानगरपालिका भित्रको घनाबस्तीमा केहि बर्ष अगाडी विद्युत प्राधिकरणले जडान गरेको ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरु समस्या भोग्दै आएको बताएका छन् ।
 
वीरगंज महानगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ८ को ब्रहमस्थानदेखि पानीटंकी सम्मको ४० घरबस्तीका स्थानीयहरु प्रत्यक्ष रुपमा समस्या भोग्दै आएको बताएका हुन । वीरगंजमा बुधबार पिडितहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरुले भोग्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायसंग माग गरेका छन ।
 
विगत लामो समयदेखि यो समस्या स्थानीयहरुले भोग्दै आएको सम्बन्धित विद्युत प्राधिकरण कार्यालयसंग स्थानान्तरण गरीदिन माग गरेका हुन । केहि बर्ष अगाडी विद्युत प्राधिकरणले घनाबस्तीमा विजुली जडान गरेकाले समस्या भोग्दै आएको वीरगंज महानगरपालिका १२ मुर्ली बगैचाका स्थानीय रामहित यादवले बताए ।
 
उनले महानगर कै भित्रको घनाबस्तीमा जडान भएको ११ हजार भोल्टेज हाईटेन्सन बिजुलीका कारण मानविय क्षति जोखिमको त्रासमा बस्नुपरेकोे बताए । उनका अनुसार विद्युत प्राधिकरणले जडानको गरेको विजुलीले स्थानीयहरुको घरको ५ फिट मात्र माथी रहेकाले मानविय क्षतिको उच्च जोखिम रहेको छ ।
 
स्थानीयहरुको पहलमा वडा नम्बर १२ र वडा नम्बर ८ को कार्यालयले उचित स्थानमा ११ हजार केभी भोल्टेजको विजुली स्थानान्तरण गर्न अगाडी बढेको छ । विजुली जडान भएको घनाबस्तीको २५ मिटर पुर्वपट्टी ४० फिटको सडक भएकाले उक्त सडकको पोलमा बिजुली स्थानान्तरण गर्न उचित हुने अर्को स्थानीय पुनितलाल साहले बताए ।
स्थानीयबासीको समस्या समाधान गर्नका निम्ती दुबै वडा कार्यालयहरु संयुक्त लगानीमा ९ लाख ४१ हजार ८ सय ३० खर्च गर्न तयार समेत भएको वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले जानकारी दिए । लामो समयदेखि स्थानीयहरु भोग्दै आएको समस्या समाधानका निम्ती स्थानान्तरणमा हुने अनुमानित खर्च वडा कार्यालयले बेहोर्ने उनले बताए ।
 
नागरिक समाज पर्साका अध्यक्ष दिपक शाक्यको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष अध्यक्ष गुप्ता, वडा नम्बर १२ का वडा सदस्य दिपक डंगोल लगायतका स्थानीयहरु सहभागी थिए ।

किशोरी सशक्तीकरण परियाेजना उद्देश्य अनुसार अगाडी बढेकाे छ : अध्यक्ष यादव

0

वीरगंज । किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमकाे जिल्ला स्तरिय सिकाई आदान प्रदान कार्यशाला बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित हाेटल भिस्वामा भएकाे कार्यशालाकाे उद्घाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए ।

कार्यशालाकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकामा समेत संचालित परियाेजना उद्देश्य अनुसार अगाडी बढेकाे वताए । उनले परियाेजना शिक्षामुखि रहेकाे वताउँदै गाउँपालिकाबाट आवश्यक सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले स्थानिय, प्रदेश र संघ सरकारले गर्नु पर्ने काम परियाेजनाले गरेकाे वताउँदै निरन्तरता दिन आग्रह गरे । परियाेजना महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने धारणा राखे । शिक्षाको लगानीमा आउटपुट आउन लामो समय लाग्ने उनकाे भनाई थियाे ।

जिल्ला शिक्षा बिकास ईकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठले आफु मिलेर काम गर्न चाहेको वताए । उनले अन्य पालिकाहरुसंग सहकार्य गरेर यस्ता किसिमकाे परियाेजना संचालन गर्नु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले परियाेजनाले सराहनिय काम गरेकाे वताउँदै जिल्ला अन्य पालिकामा पनि संचालन गर्नु पर्ने वताए । उनले विद्यालय टाढा भएकाहरुलाई साईकल वितरण होईन, विद्यालय संचालनको गर्नु पर्ने वताए । 

समाजिक अभियान्ता प्रकाश थारुले परियाेजनामा बालविवाहको कुरा समेत समेटिए पनि अझै बालविवाहमा जोड दिनु पर्ने वताए ।

दिव्य युवा क्लबका अध्यक्ष उमेश चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आरबिन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले पनि आ आफ्ना धारणाहरु राखेका थिए भने कार्यक्रम संचालन बिक्रमा साहले गरेका थिए ।

कार्यक्रममा परियाेजना अन्तर्गत सम्पन्न भएका क्रियाकलापकाे प्रगती प्रतिवेदन दिव्य युवा क्लबका परियाेजना संयाेजक गणेश बहादुर ठकुरी र भिएसो नेपालका जिल्ला कार्यक्रम अधिकृत नितिन नरेन सिंहले प्रस्तुत गरेका थिए ।

भि. एस. ओ. नेपाल, ह्यण्डिक्याप ईन्टरनेशनल र दिब्य युवा क्लब, पर्साकाे संयुक्त साझेदारीमा पर्साकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकामा किशाेरी सशक्तीकरणकाे लागि शिक्षा कार्यक्रम संचालन हुँदै आएकाे छ ।

जिराभवानीको १० औं गाउँ सभा सम्पन्न, रु ३६ करोड ३९ लाख बराबरको बजेट प्रस्तुत

0

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाको १० औं गाउँ सभा बुधबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा अगामी आर्थिक बर्ष २०७९/०८० को रु ३६ करोड ३९ लाख २२ हजार बराबरको निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरीले व्यय तर्फः कुल विनियोजन मध्ये गाउँपालिकाकाे चालु खर्च रु. ८ करोड ७० लाख ८५ हजार, पूँजीगत खर्च ११ करोड ५७ लाख ३७ हजार, सशर्त तर्फको चालु खर्च रु. ११ करोड २९ लाख र शसर्त पुँजिगत तर्फ ४ करोड ८२ लाख विनियोजन गरिएकाे वताइन ।    

उनले आय तर्फ अगामी आर्थिक बर्ष २०७९/०८० का लागि अनुमान गरिएको खर्च श्रोत व्यवस्थापन गर्न संघिय तथा प्रदेश सरकारको वितिय समानिकरण अनुदानबाट ११ करोड ३० लाख ३४ हजार, सशर्त तर्फ संघिय तथा प्रदेश अनुदान रु. १३ करोड ११ लाख, संघिय तथा प्रदेशको समपुरक तथा विशेष अनुदान रु.३ करोड, संघिय तथा प्रदेश सरकारको राजश्व बाँडफाँडवाट ८ करोड  ८५  हजार मात्र र नपुग हुने रकम रु. १ करोड आन्तरीक श्रोतबाट आय हुने अनुमान गरेको वताइन ।

गाउँपालिका अध्यक्ष अनुज चौधरीले नीति तथा कार्यक्रम जनमुखी बनाउने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको वताए ।

उनले १ वडा १ एम्बुलेन्स को ब्यवस्था गरीने तथा प्रत्येक वडामा बर्थीङ्ग सेन्टर स्थापना गर्ने र सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने वताए ।

प्रस्तुत बजेटमा गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्यको लागि रु.३ करोड, वडा स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु.२ करोड, गाउँपालिका स्तरीय योजना सञ्चालन तथा कार्यान्वयनका लागि रु.२ करोड २५ लाख, गाउँपालिकाका भरि रहेको विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, पुर्वाधार निर्माण, शैक्षिक समाग्री खरिद अनुदानको लागि रु १ करोड विनियोजन गरिएकाे छ ।

यसैगरी कृषि विकास कार्यक्रमको लागि रु. १ करोड, महिला, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, पिछडीएको क्षेत्र, दलित, माहादलित, मुस्लिम समुदाय लगायतको जिवनस्तर उकास्नको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्न रु. ८० लाख विनियोजन गरिएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले गाउँपालिकाले लिएको समृद्ध गाउँपालिकाको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधि बिचको समन्वय जरुरी रहेको बताए । 

उनले किसानहरुको लागि निशुल्क बिधुति मिटर जडान गरी बार्षिक १०० यूनिट बिधुत निशुल्क प्रदान गरिने र भाषा, धर्म सँस्कृती तथा थारु कला संरक्षण एवम् समर्धनका लागी पनि आवश्यक बजेट विनियोजन गरिएकाे वताए ।

गाउँ सभाको उद्घाटन प्रदेश सभा सदस्य शंकर चौधरीले गरेका थिए । प्रमुख अतिथी समेत रहेका प्रदेश सभा सदस्य चौधरीले चुनाव जितेपछी जनप्रतिनिधि सबै जनताको प्रतिनिधि भएकाे वताए । उनले गाउँपालिकाले लिएको लक्ष्य पूरा गर्न र बजेट फ्रिज हुन नदिने गरि काम गर्न पनि जनप्रतिनिधि र कर्मचारीहरुलाई आग्रह समेत गरे ।

वडा नं. ३ स्थित जितपुरमा रहेको बरात भवनमा भएको गाउँ सभामा वडाध्यक्षहरु रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरुज राय थारू, राजेश्वर महतो थारु, दारा सिंह, लेखा शखा प्रमुख मुकेश मिश्र, गाउँ सभा सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन कार्यपालिका सदस्य सरोज चाैरसियाले गरेका थिए ।

लागुऔषध तथा अपराध विरुद्ध सूचना डेस्क तथा सडक नाटक

0

वीरगंज । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियानकाे तेस्रो दिन मंगलबार सानाे पाइलाले सूचना सम्प्रेषण दिवसको रुपमा मनाएकाे छ । विपद्मा स्याहार भन्ने नाराका साथ सुरु भएको अभियानको लागुऔषध तथा अपराध विरुद्ध जनचेतना प्रवाह गर्न सूचना डेस्क स्थापना तथा सडक नाटक प्रदर्शन गरिएकाे सानाे पाइलाले जनाएकाे छ ।

मंगलबार बिहान वीरगञ्जस्थित घण्टाघर र बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट लागु औषध तथा अपराध विरुद्धका जनचेतनामूलक सामाग्रीहरु बाँडिएको सानाे पाइलाका विवेक कर्णले वताए ।

उनका अनुसार डेस्कबाट बाँडिएको सामाग्रीहरुमा लागु औषध सेवन गरिरहेका व्यक्तिहरुमा आउने परिवर्तनहरुका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनहरुलाई पहिचान गर्दै समयमै परामर्शका लागि पहल गरिए, लागु औषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको थियाे ।

त्यसैगरि मंगलबार साँझ सडक नाटक पनि प्रदर्शन गरिएको उनले जानकारी गराए । लागुऔषध पुनर्स्थापनाको १५ वर्षे हाम्रो अनुभवले लागुऔषधको कुलतमा फस्नेहरु अधिकांश किशोर उमेरमै संगतका कारण फस्ने गरेको देखाएको हुँदा त्यही विषयवस्तुलाई नाटक मार्फत चित्रण गरिएकाे सानाे पाइलाले जनाएकाे छ ।

लागु औषधको कुलतमा अनाहकै फस्नेहरुलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक पर्ने विधीहरु पनि समावेश नाटक प्रस्तुत गरिएकाे थियाे । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधी र बालगृहका बालबालिकाहरुले संयुक्त रुपमा नाटक तयार गरि प्रदर्शन गरेका थिए ।

लागुऔषध तथा अपराध विरुद्धको ७ दिने अभियान सामुदायिक–प्रहरी साझेदारी अन्तर्गत सञ्चालित छ । अभियान अन्तर्गतको चौथो दिन भोलि, बुधबार हामी हाल कुलतमा फसेका व्यक्तिहरुको परिवारका सदस्यसँग अन्तरक्रिया गरिने आयाेजकले जनाएकाे छ ।

पर्सा : खेतमा काेदालाे चलाइरहेका कृषककाे चट्यांग लागेर मृत्यु

0

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहामा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ ।

स्थानिय ३२ बर्षिय हरिन्द्र दास थारुकाे चट्याङ लागेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय एकटाङ्गाका बरिष्ट प्रहरी नायब नरिक्षक कुल बहादुर कुंवरले जानकारी दिए । मंगलबार दिउसाे ३ बजे खेतमा कुदालाे चलाई रहेकाे अवस्थामा चट्याङ लागेर दासकाे मृत्यु भएकाे कुंवरले वताए ।

पानीसंगै आएकाे चट्यांगले उनकाे टाउकाेमा लागेर घटना स्थल मै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतक दासकाे शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । 

जनप्रतिनिधिहरु बिच भागबन्डा नमिल्दा कालिकामाईकाे गाउँ सभा अन्याेल

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे जनप्रतिधिनिहरु बिच भागबाँडा नमिल्दा असार १० गते भित्र हुनु पर्ने गाउँ सभा अन्याेल भएकाे छ ।  गाउँ सभा अन्याेल हुँदा अगामी आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट आउनमा ढिलाई हुने भएकाे छ ।

देश कै कान्छाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती देवी बरैनी र वडाध्यक्षहरु बिच बजेट बन्डामा कुरा नमिल्दा गाउँ सभा अन्याेल भएकाे गाउँपालिका स्राेतले जनाएकाे छ । गाउँपालिका अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडाध्यक्षहरुलाई ३०/३० लाख बराबरकाे याेजना पेश गर्न वताइरहेका कारण उनीहरु मानेका छैनन् ।

गाउँपालिका अध्यक्ष गुप्ताले बजेट भागबन्डा आधारमा हाेईन आवश्यकताकाे आधारमा काम हुनु पर्ने वताई रहेका कारण कुरा मिलन्न नसकेकाे बुझिइएकाे छ ।

वडाध्यक्षहरुकाे यस अघि आफुहरुले चलाउँदै आएका अनुसार याेजना चलाउन पाउनु पर्ने माग रहेकाे छ । वडा नं. २ भेडिहारीका वडाध्यक्ष साेनालाल चाैरसियाले जनसंख्याकाे आधारमा बजेट भागबन्डा हुनु पर्ने वताए । नत्र यस अघि आफुहरुले चलाउँदै आएकाे अनुसार पाउनु पर्ने उनले वताए । उनका अनुसार यस अघि एक वडाध्यक्षहरुले एक कराेडदेखि एक कराेड ३० लाख सम्म बजेट चलाउँदै आएका थिए ।

गाउँ सभा समय मै नहुँदा गाउँपालिकाकाे विकास निर्माणकाे काम प्रभावित हुने देखिएकाे छ । यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष गुप्तासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । 

यसपालि कालिकामाईमा जनता समाजवादी पार्टी (जसपा) काे गाउँपालिका अध्यक्ष, ३ वडाध्यक्षसहित १४ जना गाउँ सभा सदस्य छन् । कांग्रेसकाे उपाध्यक्ष, एक वडाध्यक्षसहित १३ जना गाउँ सभा सदस्य छन् । तर त्यस मध्ये एक जना अल्पसंख्यक गाउँ कार्यपालिका सदस्यमा जपसासंग साठगाठ गरेर विजयी भएका थिए । एमालेसंग एक वडाध्यक्षसहित दुई गाउँ सभा सदस्य छन् ।

गाउँ सभामा एकल बहुमत कसैकाे नभए पनि बहुमत नजिक जसपा रहेकाे छ भने कार्यपालिकामा जसपाकाे एकल बहुमत रहेकाे छ । 

निजि जग्गामा गाउँपालिकाबाट कालिकामाईमा शालिक निर्माण हुँदै

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका पूर्व अध्यक्ष स्व. नथुनी प्रसाद कुशवाहाकाे शालिक गाउँपालिकाबाट निजि जमिनमा निर्माण भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे आन्तरिक स्राेतकाे रु २० लाखकाे लागतमा वडा नं. २ भेडिहारीस्थित स्व. कुशवाहा कै नाममा रहेकाे जग्गामा शालिक निर्माण भइरहेकाे हाे ।

शालिक निर्माणकाे लागि पूर्व अध्यक्ष स्व. कुशवाहाका छाेराेहरुले एक कठ्ठा जग्गा उपलब्ध गराउने वताएपनि हाल सम्म गाउँपालिकाकाे नाममा साे जग्गा नामसारी गरेका छैनन् । तर श्री सुकई साह मावि भेडिहारी नजिक मेन राेड कै छेउवा रहेकाे साे जग्गामा उपभाेक्ता समिति मार्फत शालिक निर्माण भइरहेकाे स्थानियहरुले वताएका छन् ।

आर्थिक बर्ष २०७८/०७९ काे याेजना अन्तर्गत शालिक निर्माणकाे लागि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहले उपभाेक्ता समितिलाई ३ महिना अघि नै कार्यादेश दिए पनि केही दिन अघि मात्र निर्माण कार्य सुरु भएकाे हाे । शालिक स्थापना गर्ने ठाउँमा बाउन्डरी वाल निर्माण भइसकेकाे छ भने शालिक राख्न लगायतकाे काम गर्न बाकी छ ।

शालिक निर्माण भइरहेकाे जग्गा गाउँपालिकाकाे नाममा गर्न गर्न जग्गा धनी तयार रहेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए । उनले भने “हाल निर्माण कार्य राेकिएकाे छ, गाउँ सभाकाे तयारीमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरु रहेका कारण जग्गा नामसारी हुन सकेकाे छैन् ।” तर अबकाे केही दिन भित्र मै गाउँपालिकाकाे नाममा जग्गा नामसारी गराउने अधिकृत गिरीले वताए । 

यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष बशिष्ट गुप्तासंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

नेपालको ४० बढी हलमा प्रदर्शनमा आउँदै भोजपुरी फिल्म ‘रण’

0

भोजपुरी फिल्म ‘रण’ नेपालको ४० भन्दा बढी सिनेमामा हलमा प्रदर्शन हुने भएको छ l यही शुक्रवारबाट नेपालकाे विभिन्न हलमा फिल्म प्रदर्शनमा आउन लागेको हाे ।

निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ  l अब यही शुक्रवारबाट नेपाल सँगै भारतको मुम्बई र गुजरातमा प्रदर्शन हुने निर्माण टिमको भनाई छ l

फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । अरुण कुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक पन्तलेनै लेखेका हुन्  l  महेश पौडेलको छायांकन रहेको फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ  l