Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जनप्रतिनिधिहरु बिच भागबन्डा नमिल्दा कालिकामाईकाे गाउँ सभा अन्याेल

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे जनप्रतिधिनिहरु बिच भागबाँडा नमिल्दा असार १० गते भित्र हुनु पर्ने गाउँ सभा अन्याेल भएकाे छ ।  गाउँ सभा अन्याेल हुँदा अगामी आर्थिक बर्ष २०७९/०८० काे निति, कार्यक्रम तथा बजेट आउनमा ढिलाई हुने भएकाे छ ।

देश कै कान्छाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती देवी बरैनी र वडाध्यक्षहरु बिच बजेट बन्डामा कुरा नमिल्दा गाउँ सभा अन्याेल भएकाे गाउँपालिका स्राेतले जनाएकाे छ । गाउँपालिका अध्यक्ष गुप्ताले उपाध्यक्षलाई ५० लाख र वडाध्यक्षहरुलाई ३०/३० लाख बराबरकाे याेजना पेश गर्न वताइरहेका कारण उनीहरु मानेका छैनन् ।

गाउँपालिका अध्यक्ष गुप्ताले बजेट भागबन्डा आधारमा हाेईन आवश्यकताकाे आधारमा काम हुनु पर्ने वताई रहेका कारण कुरा मिलन्न नसकेकाे बुझिइएकाे छ ।

वडाध्यक्षहरुकाे यस अघि आफुहरुले चलाउँदै आएका अनुसार याेजना चलाउन पाउनु पर्ने माग रहेकाे छ । वडा नं. २ भेडिहारीका वडाध्यक्ष साेनालाल चाैरसियाले जनसंख्याकाे आधारमा बजेट भागबन्डा हुनु पर्ने वताए । नत्र यस अघि आफुहरुले चलाउँदै आएकाे अनुसार पाउनु पर्ने उनले वताए । उनका अनुसार यस अघि एक वडाध्यक्षहरुले एक कराेडदेखि एक कराेड ३० लाख सम्म बजेट चलाउँदै आएका थिए ।

गाउँ सभा समय मै नहुँदा गाउँपालिकाकाे विकास निर्माणकाे काम प्रभावित हुने देखिएकाे छ । यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष गुप्तासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । 

यसपालि कालिकामाईमा जनता समाजवादी पार्टी (जसपा) काे गाउँपालिका अध्यक्ष, ३ वडाध्यक्षसहित १४ जना गाउँ सभा सदस्य छन् । कांग्रेसकाे उपाध्यक्ष, एक वडाध्यक्षसहित १३ जना गाउँ सभा सदस्य छन् । तर त्यस मध्ये एक जना अल्पसंख्यक गाउँ कार्यपालिका सदस्यमा जपसासंग साठगाठ गरेर विजयी भएका थिए । एमालेसंग एक वडाध्यक्षसहित दुई गाउँ सभा सदस्य छन् ।

गाउँ सभामा एकल बहुमत कसैकाे नभए पनि बहुमत नजिक जसपा रहेकाे छ भने कार्यपालिकामा जसपाकाे एकल बहुमत रहेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...