Date
आइत, अशोज ४, २०८३
Sun, September 20, 2026

लागुऔषध तथा अपराध विरुद्ध सूचना डेस्क तथा सडक नाटक

spot_img
spot_img

वीरगंज । लागुऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको ७ दिने अभियानकाे तेस्रो दिन मंगलबार सानाे पाइलाले सूचना सम्प्रेषण दिवसको रुपमा मनाएकाे छ । विपद्मा स्याहार भन्ने नाराका साथ सुरु भएको अभियानको लागुऔषध तथा अपराध विरुद्ध जनचेतना प्रवाह गर्न सूचना डेस्क स्थापना तथा सडक नाटक प्रदर्शन गरिएकाे सानाे पाइलाले जनाएकाे छ ।

मंगलबार बिहान वीरगञ्जस्थित घण्टाघर र बसपार्कमा सूचना डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट लागु औषध तथा अपराध विरुद्धका जनचेतनामूलक सामाग्रीहरु बाँडिएको सानाे पाइलाका विवेक कर्णले वताए ।

उनका अनुसार डेस्कबाट बाँडिएको सामाग्रीहरुमा लागु औषध सेवन गरिरहेका व्यक्तिहरुमा आउने परिवर्तनहरुका बारे उल्लेख गरिएको थियो । व्यक्तिको व्यवहारमा आएका परिवर्तनहरुलाई पहिचान गर्दै समयमै परामर्शका लागि पहल गरिए, लागु औषधको कुलतबाट उम्किन सम्भव छ भन्ने सन्देश डेस्कबाट प्रवाह गरिएको थियाे ।

त्यसैगरि मंगलबार साँझ सडक नाटक पनि प्रदर्शन गरिएको उनले जानकारी गराए । लागुऔषध पुनर्स्थापनाको १५ वर्षे हाम्रो अनुभवले लागुऔषधको कुलतमा फस्नेहरु अधिकांश किशोर उमेरमै संगतका कारण फस्ने गरेको देखाएको हुँदा त्यही विषयवस्तुलाई नाटक मार्फत चित्रण गरिएकाे सानाे पाइलाले जनाएकाे छ ।

लागु औषधको कुलतमा अनाहकै फस्नेहरुलाई पुनः सामान्य जीवनमा फर्काउन आवश्यक पर्ने विधीहरु पनि समावेश नाटक प्रस्तुत गरिएकाे थियाे । सानो पाइलाको पुनस्र्थापना केन्द्रका प्रतिनिधी र बालगृहका बालबालिकाहरुले संयुक्त रुपमा नाटक तयार गरि प्रदर्शन गरेका थिए ।

लागुऔषध तथा अपराध विरुद्धको ७ दिने अभियान सामुदायिक–प्रहरी साझेदारी अन्तर्गत सञ्चालित छ । अभियान अन्तर्गतको चौथो दिन भोलि, बुधबार हामी हाल कुलतमा फसेका व्यक्तिहरुको परिवारका सदस्यसँग अन्तरक्रिया गरिने आयाेजकले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...

२०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाल विजयी

काठमाडौँ । जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ नेपालले कीर्गिस्तानलाई पराजित गरेको छ । नेपालले आज क्लासिफिकेसन खेलमा कीर्गिस्तानविरुद्ध ३–० को सोझो...