Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

किशोरी सशक्तीकरण परियाेजना उद्देश्य अनुसार अगाडी बढेकाे छ : अध्यक्ष यादव

spot_img
spot_img

वीरगंज । किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमकाे जिल्ला स्तरिय सिकाई आदान प्रदान कार्यशाला बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजस्थित हाेटल भिस्वामा भएकाे कार्यशालाकाे उद्घाटन जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए ।

कार्यशालाकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले जगरनाथपुर गाउँपालिकामा समेत संचालित परियाेजना उद्देश्य अनुसार अगाडी बढेकाे वताए । उनले परियाेजना शिक्षामुखि रहेकाे वताउँदै गाउँपालिकाबाट आवश्यक सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले स्थानिय, प्रदेश र संघ सरकारले गर्नु पर्ने काम परियाेजनाले गरेकाे वताउँदै निरन्तरता दिन आग्रह गरे । परियाेजना महिलालाई सशक्तिकरण र सक्षम बनाउने भएकोले शिक्षामा नै जोड दिनु पर्ने धारणा राखे । शिक्षाको लगानीमा आउटपुट आउन लामो समय लाग्ने उनकाे भनाई थियाे ।

जिल्ला शिक्षा बिकास ईकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठले आफु मिलेर काम गर्न चाहेको वताए । उनले अन्य पालिकाहरुसंग सहकार्य गरेर यस्ता किसिमकाे परियाेजना संचालन गर्नु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले परियाेजनाले सराहनिय काम गरेकाे वताउँदै जिल्ला अन्य पालिकामा पनि संचालन गर्नु पर्ने वताए । उनले विद्यालय टाढा भएकाहरुलाई साईकल वितरण होईन, विद्यालय संचालनको गर्नु पर्ने वताए । 

समाजिक अभियान्ता प्रकाश थारुले परियाेजनामा बालविवाहको कुरा समेत समेटिए पनि अझै बालविवाहमा जोड दिनु पर्ने वताए ।

दिव्य युवा क्लबका अध्यक्ष उमेश चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आरबिन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायतले पनि आ आफ्ना धारणाहरु राखेका थिए भने कार्यक्रम संचालन बिक्रमा साहले गरेका थिए ।

कार्यक्रममा परियाेजना अन्तर्गत सम्पन्न भएका क्रियाकलापकाे प्रगती प्रतिवेदन दिव्य युवा क्लबका परियाेजना संयाेजक गणेश बहादुर ठकुरी र भिएसो नेपालका जिल्ला कार्यक्रम अधिकृत नितिन नरेन सिंहले प्रस्तुत गरेका थिए ।

भि. एस. ओ. नेपाल, ह्यण्डिक्याप ईन्टरनेशनल र दिब्य युवा क्लब, पर्साकाे संयुक्त साझेदारीमा पर्साकाे जगरनाथपुर र धाेबिनी गाउँपालिकामा किशाेरी सशक्तीकरणकाे लागि शिक्षा कार्यक्रम संचालन हुँदै आएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...