Date
सोम, कार्तिक १६, २०८३
Mon, November 2, 2026

बहुदरमाईबाट जलाउँदै गरेकाे किशाेरीकाे शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७, छपकैयाबाट बुधबार राति प्रहरीले आधि जलेकाे अवस्थामा एक किशाेरीकाे शव नियन्त्रणमा लिएकाे छ । आफ्नै परिवारका सदस्यकाे कुटपिटबाट मृत्यु भएकाे किशाेरीकाे शव जलाइरहेकाे खबर प्रहरीलाई पुगेपछि शव जलाईरहेकाे स्थल मै पुगी प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

स्थानिय श्यामबहादुर साह कलवारकी १५ बर्षिय छाेरी महिमा कुमारीकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे समाचार प्राप्त भएकाे छ । स्थानियहरुका अनुसार शवलाई माेटरसाइकलमा राखि र दाउरा टेम्पाेमा राखेर जलाउन लगिएकाे थियाे । साे माेटरसाइकल र टेम्पाे पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

शंकास्पद एक किशाेरीकाे शव राति ११ बजेकाे करिबमा आधी जलेकाे अवस्थामा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले वताए । साे शव पाेस्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले जानकारी दिए ।

घटना बारे साेधपुछकाे लागि मृतका परिवारकाे ३ जनालाई नियन्त्रणमा पनि लिइएकाे प्रहरी नायब उपरिक्षक कार्कीले वताए । साेधपुछकाे लागि नियन्त्रणमा लिएका मध्ये दुई जना बालिका र एक जना महिला रहेकाेले हाल नाम खुलाउन नमिल्ने उनले वताए ।

प्रहरी नियन्त्रणमा रहेकाहरु मृत्युकाे कारण बारे फरक फरक कुराहरु वताइरहेकाले हाल कारण बारे केही भन्न नमिल्ने उनले वताए । मृतकका परिवारका अन्य सदस्यहरु फरार रहेका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सडक विस्तारको विरोधमा वीरगञ्जवासी काठमाडौँमा

वीरगञ्ज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगञ्जका मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। ‘वीरगञ्ज मुख्य सडकवासी...

सर्वोच्च अदालतद्वारा गाँजा खेतीलाई नियमनसहित खुला गर्न सरकारका नाममा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेपालमा गाँजा खेतीलाई नियमन र अनुमतिका आधारमा कानुनी मान्यता दिने बाटो खोलिदिएको छ । अदालतले औषधीय, वैज्ञानिक अनुसन्धान तथा औद्योगिक...

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...