Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बहुदरमाईबाट जलाउँदै गरेकाे किशाेरीकाे शव प्रहरी नियन्त्रणमा, ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ७, छपकैयाबाट बुधबार राति प्रहरीले आधि जलेकाे अवस्थामा एक किशाेरीकाे शव नियन्त्रणमा लिएकाे छ । आफ्नै परिवारका सदस्यकाे कुटपिटबाट मृत्यु भएकाे किशाेरीकाे शव जलाइरहेकाे खबर प्रहरीलाई पुगेपछि शव जलाईरहेकाे स्थल मै पुगी प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

स्थानिय श्यामबहादुर साह कलवारकी १५ बर्षिय छाेरी महिमा कुमारीकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे समाचार प्राप्त भएकाे छ । स्थानियहरुका अनुसार शवलाई माेटरसाइकलमा राखि र दाउरा टेम्पाेमा राखेर जलाउन लगिएकाे थियाे । साे माेटरसाइकल र टेम्पाे पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

शंकास्पद एक किशाेरीकाे शव राति ११ बजेकाे करिबमा आधी जलेकाे अवस्थामा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले वताए । साे शव पाेस्टमार्टमकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले जानकारी दिए ।

घटना बारे साेधपुछकाे लागि मृतका परिवारकाे ३ जनालाई नियन्त्रणमा पनि लिइएकाे प्रहरी नायब उपरिक्षक कार्कीले वताए । साेधपुछकाे लागि नियन्त्रणमा लिएका मध्ये दुई जना बालिका र एक जना महिला रहेकाेले हाल नाम खुलाउन नमिल्ने उनले वताए ।

प्रहरी नियन्त्रणमा रहेकाहरु मृत्युकाे कारण बारे फरक फरक कुराहरु वताइरहेकाले हाल कारण बारे केही भन्न नमिल्ने उनले वताए । मृतकका परिवारका अन्य सदस्यहरु फरार रहेका छन् ।    

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...