Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

निजि जग्गामा गाउँपालिकाबाट कालिकामाईमा शालिक निर्माण हुँदै

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका पूर्व अध्यक्ष स्व. नथुनी प्रसाद कुशवाहाकाे शालिक गाउँपालिकाबाट निजि जमिनमा निर्माण भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे आन्तरिक स्राेतकाे रु २० लाखकाे लागतमा वडा नं. २ भेडिहारीस्थित स्व. कुशवाहा कै नाममा रहेकाे जग्गामा शालिक निर्माण भइरहेकाे हाे ।

शालिक निर्माणकाे लागि पूर्व अध्यक्ष स्व. कुशवाहाका छाेराेहरुले एक कठ्ठा जग्गा उपलब्ध गराउने वताएपनि हाल सम्म गाउँपालिकाकाे नाममा साे जग्गा नामसारी गरेका छैनन् । तर श्री सुकई साह मावि भेडिहारी नजिक मेन राेड कै छेउवा रहेकाे साे जग्गामा उपभाेक्ता समिति मार्फत शालिक निर्माण भइरहेकाे स्थानियहरुले वताएका छन् ।

आर्थिक बर्ष २०७८/०७९ काे याेजना अन्तर्गत शालिक निर्माणकाे लागि तत्कालिन प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहले उपभाेक्ता समितिलाई ३ महिना अघि नै कार्यादेश दिए पनि केही दिन अघि मात्र निर्माण कार्य सुरु भएकाे हाे । शालिक स्थापना गर्ने ठाउँमा बाउन्डरी वाल निर्माण भइसकेकाे छ भने शालिक राख्न लगायतकाे काम गर्न बाकी छ ।

शालिक निर्माण भइरहेकाे जग्गा गाउँपालिकाकाे नाममा गर्न गर्न जग्गा धनी तयार रहेकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरीले वताए । उनले भने “हाल निर्माण कार्य राेकिएकाे छ, गाउँ सभाकाे तयारीमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरु रहेका कारण जग्गा नामसारी हुन सकेकाे छैन् ।” तर अबकाे केही दिन भित्र मै गाउँपालिकाकाे नाममा जग्गा नामसारी गराउने अधिकृत गिरीले वताए । 

यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष बशिष्ट गुप्तासंग फाेनमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...