Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

नेपालको ४० बढी हलमा प्रदर्शनमा आउँदै भोजपुरी फिल्म ‘रण’

spot_img
spot_img

भोजपुरी फिल्म ‘रण’ नेपालको ४० भन्दा बढी सिनेमामा हलमा प्रदर्शन हुने भएको छ l यही शुक्रवारबाट नेपालकाे विभिन्न हलमा फिल्म प्रदर्शनमा आउन लागेको हाे ।

निर्देशक चन्द्र पन्तको निर्देशन रहेको फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ  l अब यही शुक्रवारबाट नेपाल सँगै भारतको मुम्बई र गुजरातमा प्रदर्शन हुने निर्माण टिमको भनाई छ l

फिल्मले मुख्यतः तराई मधेस केन्द्रित हलहरूमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।

‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा सशक्त डेब्यू गरेका छन् । अरुण कुमार मिश्रले फिल्म निर्माण गरेका हुन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्र मुख्य अभिनय रहेको छ ।

फिल्मको कथा निर्देशक पन्तलेनै लेखेका हुन्  l  महेश पौडेलको छायांकन रहेको फिल्मको सम्पादन अर्जुन जिसीको रहेको छ  l      

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...