Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

वीरगंज बसपार्क क्षेत्रमा याैनधन्दा, १८ जना पक्राउ

spot_img
spot_img

वीरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा प्रहरीले वीरगंजकाे बसपार्क क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

कालिका टाईम्स दैनिकसहित विभिन्न संचारमाध्यममा बसपार्क क्षेत्रमा याैन व्यवसाय फस्टाएकाे भन्दै समाचार प्रकाशनमा आएपछि बुधबार वडा प्रहरी कार्यालय विर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको टाेलीले छापामारी गरी याैन व्यवसायमा सलंगन रहेका डेढ दर्जन महिला र पुरुषहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ ।

त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले जानकारी दिए ।

वीरगन्ज बसपार्कमा किशोरी उमेरदखि युवतीहरु र अधवैसे युवतीहरु बसपार्क क्षेत्रका होटलमा खुलेयाम यौन व्यावसाय हुँदै आएकाे स्थानियहरु वताएका छन् । बसपार्क क्षेत्रभित्रै रहेका होटलदेखि आसपास क्षेत्रका होटलहरुमा किशोरी तथा महिलाहरु यौन व्यवसायका लागि ग्राहक कुरि रहेका सहजै तरिकाले देख्न सकिन्छ ।

यसले गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणहरुले पनि दुःख खेप्नुपर्ने अवस्था सृजना भएको छ । केही दिन अघिसम्म राति राति बसपार्क क्षेत्र लगायत बाइपास सडकमा तेश्रोलिङ्गीहरुले यौन व्यवसायका लागि ग्राहक खोज्ने गरेको अवस्थामा हाल आएर किशोरी तथा अधवैशे महिलाहरु नै यौन व्यवसायमा सक्रिय भएका छन् ।

बसपार्क क्षेत्रमा रहेका सानो एउटा खाजा खाने होटलमा १० देखि १५ जना किशोरी युवती तथा अधवैशे महिलाहरु यौन व्यावसायका लागि राखिएका हुन्छन् । खाजा नास्ता खाने बहानामा होटलमा प्रवेश गर्ने ग्राहकहरुले रु ७ सय देखि ५ हजारसम्म पैसा तिरी यौनसम्पर्क गर्ने गरेका छन् ।

वीरगंजकाे बसपार्कमा रहेको प्रहरी चौकी अगाडि बसपार्क ढाठ अगाडि रहेका होटलहरुमा पनि खुलेयामा यौन व्यवसाय हुने गरेको छ । त्यही ढाठ नजिकै बसपार्क प्रहरी चौकीका प्रहरी ड्युटी गरि रहेका हुन्छन्, त्यही प्रहरीकै अगाडिबाट यौन व्यवसायीहरु होटल एवं लजमा गएर यौन क्रियाकलाप गर्ने गरेका छन् ।

बसपार्क प्रहरी चौकीका इन्चार्ज आदर्श खतिवडालाई यौन व्यवसाय गराउने होटलहरुका साहुले महिनावारी रकम बुझाउने गरेका कारण प्रहरीले आँखा चिम्लिने गरेको स्थानियहरुले वताएका छन । वीरगंजमा यौन व्यवसाय अन्त्य नै भइसकेको अवस्थामा पर्साका घुमुवा प्रहरी लगायत बसपार्क प्रहरी चौकीको संरक्षणमा त्यस क्षेत्रमा खुलेयाम यौन व्यवसाय हुने गरेको स्थानीयहरुको भनाई छ ।

उनीहरुका अनुसार त्यस क्षेत्रमा एउटा प्रतिष्ठित व्यक्तिलाई आउजाउ गर्न समेत गाह्रो हुने गरेकाे छ । दिनदहाडै युवतीहरु ग्राहक खोजी रहेका हुन्छन्, बाहिरबाट आएका युवाहरुले होटलका दलाल महिलाले बोलाएर बार्गेनिङ्ग गरि यौन व्यवसाय गर्ने गरेको उनीहरुको भनाई छ ।

यसबाट त्यस क्षेत्रमा हिँड्ने अन्य महिलाहरु पनि असुरक्षित रहेको स्थानीयहरुको भनाई छ । अब जो सुकै युवाहरु बाहिरबाट आएपछि त्यस क्षेत्रमा हिँड्ने महिलाहरुलाई यौन व्यवसायी नै सम्झन्छन्, जसले गर्दा प्रतिष्ठित व्यक्तिलाई त्यस क्षेत्रमा हिँड्न समेत गह्रो भएको छ, प्रहरी त स्वयमँ उनीहरुलाई संरक्षण गर्ने गरेको स्थानीयहरुको भनाई छ ।

यता प्रहरीले सेटिङ वाहेककाे हाेटलहरुमा मात्र छापामारी गरे स्थानियहरुकाे भनाई छ । प्रहरीकाे काम कारवाही बारे आलाेचना भएपछि मात्र देखाउटी रुपमा केहीलाई नियन्त्रणमा लिएकाे छाडेकाे स्थानियहरु वताउँछन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...

सरुवा भएको एक वर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई मेगजन लामा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो...