Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीले ४० घरधुरी उच्च जोखिममा

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिका भित्रको घनाबस्तीमा केहि बर्ष अगाडी विद्युत प्राधिकरणले जडान गरेको ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरु समस्या भोग्दै आएको बताएका छन् ।
 
वीरगंज महानगरपालिकाको वडा नम्बर १२ र वडा नम्बर ८ को ब्रहमस्थानदेखि पानीटंकी सम्मको ४० घरबस्तीका स्थानीयहरु प्रत्यक्ष रुपमा समस्या भोग्दै आएको बताएका हुन । वीरगंजमा बुधबार पिडितहरुले पत्रकार सम्मेलनको आयोजना गर्दै ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरुले भोग्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायसंग माग गरेका छन ।
 
विगत लामो समयदेखि यो समस्या स्थानीयहरुले भोग्दै आएको सम्बन्धित विद्युत प्राधिकरण कार्यालयसंग स्थानान्तरण गरीदिन माग गरेका हुन । केहि बर्ष अगाडी विद्युत प्राधिकरणले घनाबस्तीमा विजुली जडान गरेकाले समस्या भोग्दै आएको वीरगंज महानगरपालिका १२ मुर्ली बगैचाका स्थानीय रामहित यादवले बताए ।
 
उनले महानगर कै भित्रको घनाबस्तीमा जडान भएको ११ हजार भोल्टेज हाईटेन्सन बिजुलीका कारण मानविय क्षति जोखिमको त्रासमा बस्नुपरेकोे बताए । उनका अनुसार विद्युत प्राधिकरणले जडानको गरेको विजुलीले स्थानीयहरुको घरको ५ फिट मात्र माथी रहेकाले मानविय क्षतिको उच्च जोखिम रहेको छ ।
 
स्थानीयहरुको पहलमा वडा नम्बर १२ र वडा नम्बर ८ को कार्यालयले उचित स्थानमा ११ हजार केभी भोल्टेजको विजुली स्थानान्तरण गर्न अगाडी बढेको छ । विजुली जडान भएको घनाबस्तीको २५ मिटर पुर्वपट्टी ४० फिटको सडक भएकाले उक्त सडकको पोलमा बिजुली स्थानान्तरण गर्न उचित हुने अर्को स्थानीय पुनितलाल साहले बताए ।
स्थानीयबासीको समस्या समाधान गर्नका निम्ती दुबै वडा कार्यालयहरु संयुक्त लगानीमा ९ लाख ४१ हजार ८ सय ३० खर्च गर्न तयार समेत भएको वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले जानकारी दिए । लामो समयदेखि स्थानीयहरु भोग्दै आएको समस्या समाधानका निम्ती स्थानान्तरणमा हुने अनुमानित खर्च वडा कार्यालयले बेहोर्ने उनले बताए ।
 
नागरिक समाज पर्साका अध्यक्ष दिपक शाक्यको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष अध्यक्ष गुप्ता, वडा नम्बर १२ का वडा सदस्य दिपक डंगोल लगायतका स्थानीयहरु सहभागी थिए ।
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...

अलौं प्रिमियम लिगको उपाधि अलौं किंगसलाई, पूर्व मेयर सरावगीद्वारा ट्रफी वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १७ अलौंमा आयोजना गरिएको अलौं प्रिमियम लिग क्रिकेट प्रतियोगिताको उपाधि अलौं किंगसले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा...