Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 592

बिरन्चीबर्वामा विद्यालय भवनकाे शिलान्यास

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीर्वामा रहेकाे श्री सशिधर कृष्णा आधारभुत विद्यालयमा बुधबार दुई काेठे भवनकाे शिलान्यास गरिएकाे छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १८ लाखकाे लागतमा निर्माण हुने भवनकाे गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले समय मै निर्माण कार्य पुरा गर्न निर्देशन समेत दिए ।

भवन निर्माण भएपछि विद्यालयमा कक्षा काेठाकाे समस्यमा समाधान हुने छ । भवन निर्माणकाे जिम्मा विद्यालय व्यवस्थापन समितिकाे रहेकाे छ ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी, वडा सदस्य प्रमाेद कुमार, रामप्रबेश प्रसाद, विद्यालयका प्रधानाध्यापक र स्थानियहरुकाे उपस्थिती रहेकाे थियाे । 

आम जनता पार्टी खोल्दै प्रभु साह

0

वीरगंज । एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी गरेका छन् । उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने उनले बताए ।

साहले भने, ‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ, अब आफ्नो छुट्टै दल खोल्ने तयारीमा छु ।’

पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना उनले औंल्याए ।

चुनावमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेपछि रुष्ट बनेका पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए । यसपालिकाे निर्वाचनमा उनकै सहयाेगमा राैतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साह पनि निर्वाचित भएका छन् ।

स्वास्थ्य संस्थामा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

महानगरको सामाजिक विकास महाशाखाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु हर समय उपलब्ध हुनु पर्ने भन्दै त्यहाँ तोकिएका कुनै पनि औषधीको कमी नहुने व्यवस्था मिलाउन निर्देशन दिए ।

हरेक वडाका स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा अबदेखि सम्बन्धित वडाका वडाध्यक्षहरुसँग जानकारी दिएर मात्रै पठाउन उनले स्वास्थ्य शाखालाई निर्देशन दिए ।

‘वडाध्यक्षहरुलाई जानकारी नदिई स्वास्थ्य चौकीमा पठाउँदा कर्मचारीले औषधी तथा सामाग्री दुरुपयोग गर्ने गरेको सूचना आयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अबदेखि सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी दिएर मात्रै आवश्यक औषधी तथा सामग्री पठाउने व्यवस्था मिलाइने छ ।’

स्वास्थ्य महाशाखाका प्रमुख रितेस जयसवालले नेपाल सरकारले विभिन्न ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउन भनेको भन्दै त्यसका लागि ४० लाख उपलब्ध गराएको बताए ।

४० लाखको औषधिले महानगरका नागरिकलाई वर्षभर तोकिएका ९८ प्रकारका औषधीले नपुग्ने भएकाले थप रकम माग्न आवश्यक रहेको बताए । उनले केन्द्र सरकारसँग बजेट माग्दा प्रदेशमा देखाउने गरेको र प्रदेशले आफूहरुसँग कुनै औषधि खरिदको कुनै पनि योजना नरहेको भन्दै पन्छिने गरेको जयसवालले सुनाए ।

जवाफमा मेयर सिंहले सरोकारवालाहरुसँग एक पटक बैठक बसेर आवश्यक पहल गर्न भन्दै केन्द्रले नदिए महानगर आफैले आफ्ना नागरिकको स्वास्थ्यको जिम्मेवारी बहन गर्ने बताए ।

कार्यक्रममा सहभागि वडा नम्वर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा कहिले औषधी नभएको त कहिले स्वास्थ्यकर्मी नै नेभेटिने गरेको भन्दै अबदेखि जनप्रतिनिधिलाई सहभागि गराएर मात्रै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्ष, सचिव तथा अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन माग

0

वीरगंज । परिवर्तनको लागि राजनीतिक समूहले साेमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षकाे ध्यानाकर्षण गराएकाे छ ।

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समुहले साेमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भाेग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गरेकाे हाे ।

नारायणी अस्पतालमा डाक्टरहरु समयमा नअआउने, ल्याब पुर्णरुपले संचाल नहुने, अस्पतालमा सरसफाइमा लापरवाही हुने लगायतका समस्या बारे ध्यानाकर्षण गराइएकाे समुहका सदस्य सलाउदिन अहमदले बताए । साथै परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोले समुहले नारायणी अस्पतालको सम्पुर्ण बेतिथीलाई सम्बन्धित निकाय सम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि उनले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएकाे उनले बताए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समुहका मुकेश द्विबेदी, तानवीर अन्सारी, शेख मुन्ना, सुजित गिरि, श्याम गुप्ता, सन्दीप साह, उमाशंकर गुप्ता, नन्दलाल रौनियार लगायतको उपस्थिति रहेकाे थियाे ।

वीरगंजकाे विद्यालयमा छड्के अनुगमन : २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

0

वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।

महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ । आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।

यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।

मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।
प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए ।

दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ : सराेकारवालाहरु

0

वीरगंज ।  भिएसओ नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाकाे परियाेजना सल्लाहकार समितिकाे समिक्षा एवम् फेजओभर कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

वीरगंजस्थित होटल भिस्वामा भएकाे कार्यक्रममा सहभागिहरुले छाेटाे समयमा परियाेजनाले ठुलाे उपलब्धि दिएकाे वताएका छन् । कार्यक्रममा वाेल्ने वक्ताहरुले पर्सामा परियाेजना प्रभावकारी देखिएकाेले निरन्तरता दिनु पर्नेमा जाेड दिएका हुन् ।

परियोजनाको क्रममा संचालनमा रहेको कार्यक्रमको पटक–पटक अनुगमन तथा स्थलगत अवलोकन गरेका जिल्ला शिक्षा विकास समन्वय एकाई पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठले कार्यक्रमले लिएका उदेश्य अनुरुप संचालन भएको तथा खासगरी परियोजना संचालनमा रहेको क्षेत्रका लक्षित वर्गका किशोरी तथा फरक क्षमताका बालबालिकाहरुको जिवनयपान तथा शिक्षा दिक्षामा ठूलो टेवा पुगेको बताए ।

उनले कार्यक्रम समाप्त हुन लागेपनि यस्ता कार्यक्रमको पर्सामा अझै आवश्यता रहेको बताए । श्रेष्ठले कार्यक्रम समाप्त उपरान्त पनि स्थानिय पालिकाहरुको सहयोगमा परियोजना अन्तर्गत संचालन गरिएको क्रियाकलापहरु जारी राख्नु पर्ने तथा निर्माण गरिएका भौतिक संरचना एवं सिकाई केन्द्रहरुलाई संचालनमा रहनु पर्नेमा जोड दिए ।

वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सरकारकाे आँखा पुग्न नसकेकाे ठाउँमा गैर सरकारी संस्थाकाे पुग्ने गरेकाे वताए । गैर सरकारी निकायकाे सहयाेग बेगर परिवर्तन असम्भव रहेकाे वताउँदै उनले दुबै बिचकाे समन्वय सहकार्य जरुरी रहेकाे वताए । 

साझेदार संस्था दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले कार्यक्रम फेजओभर भएपनि आन्तरिक स्रोतबाट केही समय सहजकर्ताहरु मार्फत कार्यक्रम अन्तर्गतका गतिविधिहरुलाई निरन्तरता दिइने वताए । उनले परियोजनाका सहजकर्ता ठूल्ली दिदीहरुलाई स्थानिय सरकारको पहलमा थप केही समयका लागि क्रियाशील बनाउनेबारे स्थानिय पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुसँग छलफल भइरहेको समेत बताए । इंगेज परियाेजनाले कम समयमा धेरै रिजल्ट दिएकाे उनकाे भनाई थियाे ।

कार्यक्रमकाे उपलब्धि बारे प्रकाश पार्दै परियोजनाका संयोजक गणेश बहादुर ठकुरीले परियोजना अन्तर्गत ३ सय भन्दा बढी क्रियाकलाप संचालन गरिएको बताए । उनले जगरनाथपुर गाउँपालिका, धोविनी गाउँपालिका र वीरगंज महानगरपालिकाका सिमान्कृत तथा अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी संचालन गरिएको बताए ।

कार्यक्रम ४ वर्ष ५ महिना संचालन गरिएकोमा लक्ष्य लिए अनुसारको सफलता परियोजनाले प्राप्त गरेको संयाेजक ठकुरीले बताए ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरण प्रसाद कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जगरनाथपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बिहारी महतो नुनिया लगायतकाले मन्तव्य राख्दै कार्यक्रमकाे निरन्तरता जरुरी रहेकाे वताएका थिए ।

कार्यक्रमबाट लभान्वित धानमती साह, रंजिता साह, नाजिया प्रविन, शिवशरण चौधरी लगायतकाले कार्यक्रमबाट भएको परिवर्तन बारे वताएका थिए । उनीहरुले परियोजना फेजओभरको कुरा सुनेर आफुहरु निकै दुःखी लागेकाे वताउँदै अझै पनि यस्ता कार्यक्रमहरुको जरुरी रहेको वताएका थिए ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै दृष्टिविहिन किशोर शिवशरण चौधरीले परियोजनामा संचालित कार्यक्रमहरुले जीवन नै परिवर्तन गरी दिएको बताए । उनले आफु पढाई छोडी घरमा बसेकोमा परियोजनाका सरहरुले प्रोत्साहन गरी पुनः स्कुलमा भर्ना गराएको तथा आफु् दृष्टिविहिनको टिम अन्तर्गत राष्ट्रिय क्रिकेट टिमसम्म पुगेर क्रिकेट म्याच खेल्न सफल भएको बताए ।

उनले अझ पनि आफु जस्ता थुर्पै विद्यार्थी तथा बालबालिकाहरु स्कुल बाहिर रहेको बताउँदै उनीहरुलाई समेत सहयोगको आवश्यकता रहेको बताए । परियोजना समाप्त भएपनि सरहरुको साथ सहयोग आफुहरुलाई प्राप्त भइरहनेमा विश्वस्त रहेको चौधरीले बताए ।

परियोजनाले पर्साको जगरनाथपुर गाउँपालिका, धोविनी गाउँपालिका र वीरगंज महानगरपालिकामा संचालनमा रहेको छ । यही डिसेम्बर ३० देखि परियाेजना सक्न लागेकाे हाे । परियाेजना अन्तर्गत जगरनाथपुर गाउँपालिकाको ६, धोविनी गाउँपालिकाको ३ र वीरगंज महानगरपालिकाको २ गरी जम्मा ११ वटा बिद्यालयलाई प्रत्यक्ष रुपमा परियोजिनाले अन्तर्गत विभिन्न क्रियाकलापहरु संचालन गरिएकाे थियाे ।

कार्यक्रममा पर्साका विभिन्न क्षेत्रसँग आबद्ध रहेका सामाजिक अभियन्ता, पत्रकार, समाजसेवी, स्थानिय जनप्रतिनिधि तथा परियोजनाका कर्मचारी, सहजकर्ता लागयतको सहयागीता रहेको थियो ।

इंगेज परियोजना पर्सामा प्रभावकारी, किशोरीहरु आत्मनिर्भर बन्दै

0

वीरगंज । तुलनात्मक रुपमा शिक्षामा कमजोर रहेको मधेसका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका छन् । भिएसओ नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाले पर्साका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका हुन् ।

किशोरीहरुलाई शिक्षामा पहुँच बढाउदै सक्षम र आत्मनिर्भर बनाउनका लागि संचालन गरिएको परियोजनाले खासगरी विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुको शिक्षा र आयआर्जनका लागि सीप सिकाउन केन्द्रीत गरिएको कार्यक्रमले अहिले बीच मै विद्यालय छोडेका किशोरीहरु विद्यालय जान थालेका छन् ।

इंगेज परियोजनाका अन्तर्गत नौ महिने वृजकक्षा सहभागि भएका किशाेरीहरु जाे १० देखि १४ बर्ष उम्मेर समुहका हुन्छ उनीहरुलाई विद्यालय भर्ना र १५ बर्ष देखि १९ बर्ष उम्मेर समुहका किशाेरीहरुलाई विभिन्न सिप मुलक तालिम र व्यसाय संचालनकाे लागि सहयाेग गरिएको इंगेज परियोजनाका कार्यक्रम संयोजक गणेश ठकुरीले बताए ।

शिक्षामा मात्रै होईन सामाजिक विकास र आर्थिक उपार्जनमा समेत किशोरीहरुलाई सहभागी गराउने गरी संचालन गरिएको कार्यक्रमले मधेसका किशोरीहरुलाई आत्मनिर्भर बनाउने सक्ने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले बताए । 

जिल्ला परियाेजना सरसल्लाह समितिका सदस्यहरु र संचारकर्मीहरुकाे संयुक्त जिल्ला स्तरिय अनुगमनकाे क्रममा कार्यक्रमले किशोरीहरुमा आत्मबल बढेको, केही गरौं भन्ने भावनाको विकास भएको र आफै सक्षम भएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोचको विकास भएको पाईएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

दिव्य युवा क्लबे संचालन गरेको परियोजना अब स्थानीय तहको सरकारले स्वामित्व लिएर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने थारुको भनाई छ । 

मधेसको ग्रामीण क्षेत्रका किशोरीहरुको शिक्षामा पहुँच नहुँदा घरबाहिर बोल्न नसक्ने अवस्था रहेको र अहिले परियोजना सञ्चालन भएका गाउँका किशोरीहरु बोल्ने मात्रै होईन स्थानीय स्तरमा हुने जुनसुकै कार्यक्रमहरुमा पनि सहभागी हुन उत्साहित हुने गरेका छन् । 

इंगेज परियोजनाले किशोरीहरुको लागि मात्रै होईन अपांगता भएकाहरुको लागि पनि विभिन्न क्रियाकलाप संचालन गर्नुकाे साथै सहयाेग समेत गरेको भिएसाे नेपालका राष्ट्रिय स्वयम् सेवक श्रीचन्दन जयसवालले वताए । पर्साको धोविनी र जगरनाथपुर गाउँपालिकामा सञ्चालित परियोजनाले अपांगता भएकाहरुका लागि दुईवटा गाउँपालिकामा नौ वटा अपांगतामैत्री समावेशी शौचालय (होम मोडिफिकेसन) निर्माण गरिदिएको छ । 

त्यस्तै शारीरीक रुपमा अशक्तहरुलाई थेरापीको माध्यमले उपचार गर्ने र हिडडुल गर्न सक्ने सम्मको बनाएको कार्यक्रम संयोजक ठकुरीले जानकारी दिए । 

स्व. पत्रकार सर्राफकाे श्रद्धाञ्जलि सभा सम्मन्न, मेयर सिंहद्वारा आर्थिक सहयाेगकाे घाेषणा

0

वीरगंज । हृदयघातबाट अल्पायु मै निधन भएका वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयाेग गर्ने भएकाे छ । स्व. पत्रकार सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक सहयाेगकाे घाेषणा गरेका हुन् ।

समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जलि सभामा वाेल्दै मेयर सिंहले स्व. पत्रकार सर्राफकाे ७ बर्षिय छाेरी श्रेया सर्राफकाे नामले वीरगंज महानगरपालिकाले रु ५ लाख रुपैयाँ फिक्स डिपाेजिट गरिदिने वताए । 

साथै उनले स्व. पत्रकार सर्राफकाे नामले स्थापना हुने अक्षय काेषमा महानगरले रु १० लाख सहयाेग गर्ने पनि प्रतिबद्धता जनाए । 

सर्राफको निधनले पर्सेली पत्रकारिता जगतमा कमी महशुस गराएको भन्दै मेयर सिंहले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनकाे अभिभावककाे इच्छा बमोजिमको विद्यालयमा महानगरले पढाउने व्यवस्था मिलाउने पनि बताए । उनको आश्रित परिवारलाई अन्य कुनै किसिमको सहयोग पनि चाहिएको खण्ड त्यसको लागि म व्यक्तिगत रुपमा हरहमेशा तयार रहने मेयर सिंहले प्रतिबद्धता जनाए ।

समाजवादी प्रेस संगठन र रेडियाे वीरगंजद्वारा एक/एक लाख सहयाेग

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले रु १ लाख र समाजवादी प्रेस संगठनले रु १ लाख एक हजार सहयाेग गरेकाे छ । श्रद्धाञ्जलि सभा मै दुबै संस्थाले स्वर्गिय पत्रकार सर्राफकाे छाेरी श्रेया सर्राफकाे नामले सहयाेग रकम बराबरकाे एकाउन्टे प्ये चेक हस्तान्तरण गरेकाे थियाे । जुन रकम पनि छाेरी श्रेया कै नामले फिक्स डिपाेजिट हुने छ ।

यस्तै भूमी आयोग पर्साका अध्यक्ष एवं जसपा पर्साका सचिव तबरेज अहमदले स्वर्गीय सर्राफकाे स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम रु ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै माेबाइल बिक्रेता संघ पर्सा, बारा, राैतहटका अध्यक्ष बृज माेहन प्रसाद कानुले पनि रु ५१ हजार सहयाेग गर्ने घाेषणा गरेका थिए भने स्व. सर्राफका भिनाजु ओमप्रकाश सर्राफले स्वर्गिय पत्रकार सर्राफकाे स्मृतिमा आयाेजना हुने प्रतियाेगिताकाे प्रथम पुरस्कार आजिवन आफुले सहयाेग गर्ने घाेषणा गरेका थिए । 

रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा संविधान सभा सदस्य एवं एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र साह, मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवरा, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाली कांग्रेसका युवा नेता राकेश यादव, युवा नेता ओमप्रकाश सर्राफ, धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय सर्राफको व्यक्तित्वसँग सबै पर्सावासी प्रभावित रहेको तथा पर्साले एउटा निष्ठावान पत्रकार गुमाएको बताएका थिए । उनले समाजलाई पत्रकारिताको माध्यमले धेरै ठूलो गुण लगाएकोले वक्ताहरुले उनको सम्झनामा पुरस्कार तथा खेलकुद जस्ता कार्यक्रमहरुको हरेक बर्ष आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

रेडियो वीरगंजकाे बार्षिकाेत्सवमा वृहत्त रक्तदान, २४ महिला सहित ३ सयले गरे रक्तदान

0

वीरगंज । मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियाे परिसर मै भएकाे कार्यक्रममा २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताए ।

रक्तदान गर्नेहरुमा नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह, बीरगंज हेल्थ केयरका संचालक डा.अबुल हैस, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, रेडियो वीरगंजका आर.के पटेल, रामप्रवेश चौधरी, ओम मिश्र, विपिन साह, प्रदिप पंडित, प्रेम पटेल, पत्रकार शिवशंकर साह, माधुरी महतो, तबरेज अहमद, मनोहर सिंह, मुकेश ठाकुर, सुधिर कुशवाहा, बलिराम प्रसाद गुप्ता, महेश साह, लालबाबु मण्डल, सरोज पटेल, रामप्रसाद पटेल, प्रमोद साह, धिरज चौधरी, नुरेश अन्सारी, रवि प्रकाश, रामकिशोर प्रसाद कुशवाहा, हरिशंकर पटेल मुना राम, मनोज कुमार बजाज, ज्योति पंडित, सोनु कुमार साह, मनोज राम, कृष्ण माझी, रोशन चौधरी, सोनालाल राम, रामेश्वर राय, अशोक राम, सन्तोष घिमिरे, कृष्ण मुरारी राउत, राजेश यादव, समिर हुसेन, अविद अन्सारी, वृजकृष्ण यादव, संजिव मानन्धर लगायतले रक्तदान गरेका छन ।

यसैगरी रक्तदान गर्नेहरुमा निधिष अधिकारी, अभिषेक पाण्डे, धिरज अधिकारी, हरिलाल राम, गौरी शंकर पटेल, प्रदिप राउत, मनिष कुमार बर्मा, मनिष कुमार यादव, विधान तामाङ्ग, छोटेलाल साह, रितेश चौरसिया, शिवशंकर मिश्र, सुवास श्रेष्ठ, रामविनय चौधरी, लालबाबु पण्डित, ओम प्रकाश पाण्डे, गणेश पटेल, दिलिप चौधरी, चिरन्जीवी चौधरी, उमेश पण्डित, राहुल साह, विरेन्द्र प्रसाद साह, फिरोज अलि मुस्तफा, रामविनय पटेल, श्याम बाबु साह, विकेश कुमार, ज्ञान कुमार सिंह, चन्देश कुशवाहा, ओम प्रकाश सिंह, सिम्रन प्रसाद पटेल, गुन्जन लोहिया, मनोहर गोयन्का, राजबलि हजरा दुसाद, शिवजि साह, ध्रुव प्रसादगुप्ता, कृष्ण प्रसाद चौधरी, नेमलाल चौरसिया, जयलोक राम मिश्र, रम्भा साह, सानु बाबु ठाकुर, शिवलाल शर्मा, आविद हुसेन, नन्दलाल बैठा, छनु प्रसाद चौधरी, हिमाञ्चल चौधरी, महेन्द्र कुमार, भिखारी महतो, निषा श्रेष्ठ, सुनिता कुशावहा, राजु पटेल, सुमित्रा बोहरा, अजय साह, सुधा , विनोद पटेलले रक्तदान गरेका हुन् ।

त्यसैगरी रक्तदान गर्नेहरुमा मालती कुश्वाहा, सिकेन्द्र पटेल, प्रभु साह, रामकिशोर यादव, नारायण चौधरी, भोला साह, राममणी अधिकारी, पुष्प कुमारी, शम्भु मण्डल, अलि अहमद मिया, निर्जला यादव, अशोक गुप्ता लालबाबु, अजय प्रजापति, किशोर कुशवाहा, राजकिशोर साह, हरेन्द्र यादव, गोविन्द चौधरी, संदिप सर्राफ, राजन पन्त, मनोज गिरी, विराज पंडित, विनोद पंजियार, मनोहर सोनार, दिपेन्द्र कुमार चौधरी, सन्तोष यादव, अजय पंडित, प्रमोद गिरी, राजु दास, गौतम सर्राफ, सम्सुदिन अन्सारी, पुजा देवी साह, केदार कुमार चौधरी, दिनेश प्रसाद चौधरी, आमोद प्रसाद गुप्ता, रोविन कर्ण, रोविन्द्र कुमार साह, सन्जु देवी, राजन साह, विनोद यादव, रविन्द्र महतो, सामुल हुसेन, महम्मद कलाम, रवि कुशवाहा, हरेन्द्र यादव, अजय कुमार, विकेश पंडित, लिला मिश्र, देवन्ती साह, किशोर कलवार, रेश्मी मिश्र, अजहर मिया, अनिल कुमार श्रीवास्तव, नितेष राम, रामाकान्त लाल दास, मुकेश यादव, दिपेन्द्र महतो, नन्दुलाल दास, अशोक मेहता, गुड्डु कुमार, रक्षा दाहाल, अरविन्द कुमार महतो, रोहन मिया, राहुल कुमार कर्ण, दिनेश कुमार यादव लगायत ३ सय जनाले रक्तदान गरेका थिए ।

त्यसैगरी रेडियो वीरगंज परिसरमा आएका रक्तदाता मध्ये बारा प्रसौनी निवासी विरेन्द्र कुशवाहाले ५३ औं पटक रक्तदान गर्नु भएको छ भने जसपाका जिल्ला सचिव तबरेज अहमदले ४७ पटक रक्तदान गर्नु भएको छ । यस पटक एकै परिवारका ४ जना देखि श्रीमान् श्रीमति सहित परिवारका टोली रक्तदानमा आउनेहरुको संख्या समेत उल्लेख्य रहेको थियो । यस पटक १८ बर्ष पुगेका युवा युवतीहरु पहिलो पटक रक्तदान गर्न आएको र उनिहरुको संख्या समेत उल्लेख्य रहेको थियो ।

रक्तदान कार्यक्रममा विशेष गरी तरुण दल वाराका अध्यक्ष एवं समाजसेवी लोकेश सिंह, जसपाका युवा नेता ईश्वर यादव, हरेन्द्र यादव, पन्नालाल लगायतको विशेष भूमिका रहेको थियो ।

कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, जसपाका नेता मुकेश द्विवेदी, ब्लड डोनर्स एशोसिएशनका पर्सा जिल्ला अध्यक्ष अरविन्द सिंह, राजन श्रीवास्तव, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका दिलिप कार्की, स्वास्थ्यकर्मी जयमोद ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रमको समापनमा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको प्रमाण पत्र रक्त संचार केन्द्रको तर्फबाट हस्तान्तरण गर्नु भएको थियो । समापन कार्यक्रममा रेडियो बीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको बताए ।

पर्सा मिलन केन्द्रद्वारा जनप्रतिनिधिसंग अन्तरक्रिया

0

वीरगंज । पर्सा मिलन केन्द्र  काठमाडाैंकाे आयाेजनामा शुक्रबार वीरगंजमा जनप्रतिनिधिहरुकाे बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहकाे निर्वाचनमा निर्वाचित पर्साका पालिका प्रमुख, उप प्रमुख र मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा निर्वाचित सांसदहरुकाे सहभागिता रहेकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा आयाेजक संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुकाे साथै अन्तरक्रिया गरेकाे थियाे ।

पर्सा मिलन केन्द्रका अध्यक्ष ई. उमेश कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्यद्वय श्याम पटेल, प्रमाेद जयसवाल, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक,  पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, संस्थाका महासचिव ललन प्रसाद साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस अघि बिहिबार पत्रकार सम्मेलन गर्दै पर्सा मिलन केन्द्रले अन्तरक्रिया कार्यक्रम र निशुल्क आँखा शिविरकाे आयाेजना गर्ने जनाएकाे थियाे ।

मंसिर २३ गते शुक्रबार वीरगंजस्थित राेयल पार्टी प्यालेसमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम, मंसिर २४ गते शनिबारका दिन वीरगंज महानगरपालिकाकाे अलाैंस्थित श्री द्वारदेवी माविमा निशुल्क माेतिया विन्दुकाे अपरेशन जाँच शिविर र मंसिर २५ गते अलाैं मै बाल विवाह तथा मर्यादित महिनवारी बारे अन्तक्रिया कार्यक्रम गर्न लागिएकाे संस्थाले जनाएकाे थियाे ।  

उपत्यकामा पेशा, व्यवसाय, अध्यन, अध्यापन, श्रम वा रोजगारिको सिलसिलामा स्थाई/अस्थाई रुपमा बसोबास गर्दै आएका पर्साबासिहरुको भेटघाट, आपसी सद्भाव र सहयागको लागि वि.स. २०४७ सालमा एक समाजिक संस्थाकाे रुपमा पर्सा मिलन केन्द्र, काठमाडौ स्थापना भएकाे थियाे ।

विगत २५ वर्ष देखि पर्सा मिलन केन्द्रले ‘पर्सा दिवस समारोह” को रुपमा मनाउदै आएको पत्रकार सम्मेलनमा वताउँदै यस वर्षको कार्तिक २६ गते शनिवारका दिन काठमाडौमा सम्पन्न ‘पर्सा दिवस समारोहमा पर्सा तथा देश विकासको विभिन्न क्षेत्रमा विशेष योगदान पुयाउने १९ जना पर्सावासीहरुलाई अभिनन्दन, सम्मान एवम् कदर पत्रद्वारा विभोषित गरिएकाे समेत जनाकारी गराइएकाे थियाे ।

यसका साथ पर्सा तथा काठमाडौमा नियमित निःशुल्क विशेषज्ञ एवम् मोतियाँ विन्दुको अपरेशन शिविर, अनाथ बाल-बालिका तथा बुढाहरुलाई न्यानो कपडा लगायत खाद्यान एवम् फलफुल वितरण, रक्तदान, भुइकम्प एवम् कोभिडमा विशेष सहयोग, बाल-बिबाह तथा दाइजो उन्मुलन अभियान नेपालीको विशेष चाड पर्वमा शुभकामना आदान-प्रदान र पिकनिक कार्यक्रम गर्दै आइरहेको छ ।