Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 591

रेडक्रस रामनगरीकाे सधारण सभा र रक्तदान कार्यक्रम सम्पन्न

0

वीरगंज । नेपाल रेडक्रस साेसाइटी रामनगरी उपशाखाकाे ११ औ बार्षिक साधारण शनिबार सम्पन्न भएकाे छ ।

उपशाखाका सभापति हरिन्द्र साहकाे अध्यक्षतामा भएकाे साधारण सभाले आ.व. २०७८/०७९ काे बार्षिक कार्यक्रम प्रतिवेदन, बार्षिक लेखापरिक्षण र आ.व. २०७९/०८० मा गरिने अनुमानित कार्यक्रम अनुमाेदन गर्नुकाे साथै नयाँ कार्य समिति चयन भएकाे हाे ।

साधारण सभाले पुन: हरिन्द्र साह कै सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । नयाँ कार्य समितिकाे उप सभापतिमा शुस्मा पाठक, सचिवमा जयनरेश साह, काेषाध्यक्ष केशवराज पंडित, उप सचिव राधेश्याम राम, उप काेषाध्यक्ष गिता गाेसाई, सदस्यमा बृजकिशाेर पटेल, राजेश प्रसाद तेली, बबिता देवी राम, कृष्ण पंडित सिकेन्द्र साह सर्वसहमत चयन भएकाे सभापति साहले वताए ।

यसैगरी रेडक्रस साेसाइटी रामनगरी उपशाखाकाे आयाेजना र बहुदरमाई नगरपालिकाका निर्वतमान नगर प्रमुख नितेन्द्र साहकाे आर्थिक सहयाेगमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ८ रामनगरीमा भएकाे कार्यक्रममा एक महिलासहित ३५ जनाले रक्तदान गरेकाे सभापति साहले जानकारी दिए ।

उपशाखा कै भवनमा भएकाे कार्यक्रममा विद्यार्थी देवी तेली, अरुण कुमार पटेल, कालिचरण पटेल, उत्तम साह, अजय यादव, अन्हैया पटेल, जय कुमार साह, विरेन्द्र पटेल, हरेराम ठाकुर, अरविन्द साह, अनिल पटेल, धनसुनर तेली, प्रमानन्द पटेल, पप्पु तेली, लक्ष्मण पटेल, कृष्णा पंडित, कमलेश यादव, बृजकिशाेर पटेल, संजय सहनी, मिथलेश यादव, जयनरेश साह, राधेश्याम राम, रविन्द्र साह, रामाकान्त साह, राजेश साह, रमेश कलवार, उपेन्द्र साह, संजय साह, अनिल सहनी, रंजन साह, संजित साह तुराहा, साेनु यादव, इन्द्रजित यादव, अनमाेल पाण्डेले रक्तदान गरेका हुन् ।

बहुदरमाई नगरपालिकाका निर्वतमान मेयर नितेन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्ष पुनिलाल साह, रेडक्रस पर्सा शाखाका काशी प्रसाद साह, रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

गैसस महासंघ पर्साकाे ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: साह निर्वाचित

0

वीरगंज । गैर सरकारी संस्था महासंघ पर्सा शाखाको ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजकाे सभाहलमा भएको अधिवेशनले पुनः छठु साहको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय न्याँ जिल्ला कार्य समिती चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष सुरज पण्डित, उपाध्यक्ष कोपिला चौलागाई, सचिव चन्देश चौहान, सह सचिव सिमा खड्का, कोषाध्यक्ष मनोज यादव, सदस्य ललन पटेल, जयनारायण चौधरी, निर्माला कुमारी काफले, मिना यादव, मनोज राम, अर्चना गुप्ता लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका नरेश जयसवालले जानकारी दिए ।

त्यसैगरी रामाकान्त पटेलको संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन भएकाे महासंघका प्रदेश समिती सदस्य समेत रहेका जयसवालले वताए ।

अधिवेशनकाे बन्द सत्रमा सचिव चन्देश चाैहानले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन र काेषाध्यक्ष मनाेज यादवले प्रस्तुत गरेकाे आर्थिक प्रतवेदन प्रतिनिधिहरुले तालि बजाएर सर्वसहमत पारित गरेका थिए । 

यश अघि अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य प्रमोद जयसवालले गरेका थिए । अधिवेशन उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयसवालले राज्यको आँखा पुग्न नसकेको ठाउँमा गैर सरकारी संस्था पुग्ने गरेको वताए ।

उनले द्वन्द्वकालमा राज्य हराएको बेला पनि गैर सरकारी संस्थाले काम गरेको वताउँदै देश विकासको लागि राज्यले गैर सरकारी संस्थाहरुलाई साथमा लिएर अघि बढनु पर्ने धारण राखे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जयसवालले त्यसको लागि प्रदेश सभामा समेत आफुले आवाज उठाउने वताए ।

अधिवेशनको उद्घाटन सत्रमा गैर सरकारी संस्था तथा समाजिक क्षेत्रबाट जनप्रतिनिधि भएका र समाजिक क्षेत्रमा योगदान पुर्याएका ८ जनालाई सम्मान समेत गरिएको थियो ।

प्रदेश सभा सदस्य प्रमोद जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगंज ३० का वडाध्यक्ष मनोज यादव, बहुदरमाई नगरपालिका २ का वडाध्यक्ष जितेन्द्र पटेल, गैसस महासंघ पर्साका पूर्व अध्यक्षद्वय अधिवक्ता कमल मोहन पोखरेल, सुरेश कुशवाहा, हस्क पावर नेपालका निर्देशक मनोज गुप्ता, हेल्भटास नेपालका कार्यकारी अधिकृत शिवचरण रौनियारलाई महासंघले सम्मान गरेकाे हाे ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, कोषाध्यक्ष नानुमाया थापा, केन्द्रिय सदस्य स्वेता जयसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसाद रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पिक्स लेन्सद्वारा वार्षिकोत्सवको अवसरमा कम्बल सहयाेग

0

वीरगंज । पिक्स लेन्स वीरगंजले आफ्नाे तेस्रो वार्षिकोत्सवको अवसरमा आशा किरण केन्द्र वीरगंजलाई कम्बल सहयाेग गरेकाे छ ।

आशा किरण केन्द्रका असक्षम वा अपाङ्गता भएका ३० जना बालबालिकालाई ३० थान कम्बल सहयाेग गरिएकाे पिक्स लेन्सका सी.ई.ओ सौरभ अग्रवालले जानकारी दिए  ।

सी.ई.ओ. अग्रवालकाे उपस्थितीमा आशा किरण केन्द्र मै केक काटेर पिक्स लेन्सकाे बार्षिकाेत्सव समेत मनाइएकाे थियाे ।

साे अवसरमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, आशा किरण केन्द्रका राजन श्रीवास्तव, आयुष बर्णवाल, ओम कुमार झा, बिक्की सर्राफ, श्याम अग्रवाल लगायतकाे उपस्थिती रहेकाे थियो ।

पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा सम्पन्न

0
वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औ साधारण शुक्रबार सम्पन्न भएको छ । शाखाकै सभाहलमा भएकाे साधारण सभाकाे उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले गरेका थिए ।
 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका चौहानले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनाैतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
 
महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।
 
यसैबिच आजै सम्पन्न बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन माथि फाेटाे पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चाैहान, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, पर्सा अध्यक्ष मनाेज पटेल, प्रेस चाैतारी पर्साका उपाध्यक्ष विजय भण्डारी, प्रेस युनियनका क्रान्ति साह लगायतले सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।
 
महासंघ पर्सा कै सभाकक्षमा भएकाे बन्द सत्रमा प्रतिवेदन माथिकाे बृहत छलफलपछि सल्लाह, सुझावसहित सर्वसहमत प्रतिवेदन पारित भएकाे बन्द सत्रकाे अध्यक्ष मण्डलका सदस्य समेत रहेका महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले वताए ।

वीरगंजजबाट भन्सार छलीकाे २८१ क्वीन्टल चामल बरामद

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको भन्सार छलिका चामल तथा अन्य खाद्य सामाग्रीहरू प्रहरीले बरामद गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं. १३ गण श्रीपुर वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा विभिन्न किसिमका चामलहरूका साथै अन्य खाद्यान्न तथा अन्य सामाग्रीहरू बरामद गरेकाे हाे ।

भन्सार छली चोरी पैठारी गरी वीरगंजमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरी राखेको भन्ने प्राप्त सूचना अनुसार बिहिबार रानिघाटस्थित श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहको गोदामहरूमा खानतलासी गरेकाे थियाे ।

साे गाेदामहरुमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको चामल २८१ क्वीन्टल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रु २१ लाख १६ हजार ४ सय बराबरका चामल तथा अन्य सामाग्रीहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन

0

वीरगंज । भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ शुक्रबारदेखि नेपालका हलहरुमा प्रदर्शनमा आएकाे छ । पहिलो पटक काठमाडौंका हलहरुमा पनि भोजपुरी फिल्म ‘मेण्टल आशिक’ शुक्रबादेखि प्रदर्शनीमा आएकाे हाे ।

चलचित्र निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलको आयोजना गरेर चलचित्र प्रदर्शन हुने जानकारी दिएको थियाे । नेपालको विभिन्न स्थान र भारतको विहार तथा उत्तरप्रदेशमा समेत छायांकन गरिएको चलचित्रमा नायक सावन कुमार र नायिका अश्विनी शाहीको मुख्य भूमिका रहेको छ ।

नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र भारतमा भने २३ तारिक पुष ८ गतेदेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन हुने नायक सावन कुमारले बताए । द्वन्द्व, हास्यव्यंग्य र प्रेम कथा रहेको चलचित्रको नेपालमा भने छवि ओझाको एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

शुक्रबार काठमाडौंको चारवटा हलमा चलचित्र प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोजपुरी भाषाको चलचित्रमा अश्लीलता बढ्दै गएर बदनाम भएपछि यसको परिवर्तनका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरुले विश्वास लिएका छन् ।

१ करोड ६० लाखको लागतमा निर्माण गरिएको चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार नन्दु श्रीवास्तव, टिकटक स्टार प्रिती पासवान र फोटोग्राफर तथा कलाकार मुन्ना सर्राफले पनि भूमिका रहेको चलचित्रका सहनिर्माता अशोक जयसवालले बताए ।

काठमाडौंकी वासिन्दा नायिका अश्विनी शाहीको यो पहिलो डेब्यु चलचित्र हो । कथावस्तु मन परेर आफूले फिल्मा खेल्न सहमत भएको उनले वताइन । भाषामा समस्या भएपनि कथावस्तु मन परेपछि सहज भएको नायिका शाहीको प्रतिक्रिया छ ।

१० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा खेलीसकेकी नायिका शाहीले चलचित्रले सफलता पाउनेमा आशावादी रहेको बताइन । त्यसको लागि दर्शकहरुको साथ र माया भने आवश्यक रहेको बताइन ।  

पर्सागढीका पूर्व मेयर यादवलाई मातृ शाेक

0
वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका पूर्व मेयर एवम् नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य लोक नारायण यादवलाई मातृ शाेक परेकाे छ । यादवकी ८८ बर्षिय आमा सोना देबि यादवकाे शुक्रबार दिउसाे निधन भएकाे हाे ।
 
पर्सागढी नगरपालिकाकाे वडा नं. ६ चैनपुर निवासी साेनाकाे निज निवास मै निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ । उनकाे पार्थिब शरिरको अन्त्योष्टी शनिबार विहान हिन्दु धर्म अनुसार निज निवासकाे आर्य घाटमा गरिने आकाश साहले जानकारी दिए ।   

वीरगंज २० मा मेयर घरदैलो शिविर सम्पन्न, ७५३ जना लाभान्वित

0

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्वर २० हरपतगंजमा जारी मेयर घरदैलो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । गएको आइतबार सुरु भएको शिविर ४ दिनसम्म चलेको हो । शिविरमा ४ सय ८३ जना महिला सहित ७ सय ५३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आएकामध्ये १ सय ५७ जनालाई ल्याब र १५ जनालाई यु.एस.जी सेवा दिएका छन् ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निशुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी दिए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको शिविरमा उपचारका लागि आएकी स्थानीय मालती देवीले बताइन् । खासगरी वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क जाँचका लागि आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

यस अघि अन्य सात वटा वडामा ‘मेयर घरदैलो’ शिविर सम्पन्न भइसकेको छ । अभियानमा वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी, डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा लगायतको टोली खटिएको छ ।

एमालेले प्रधानमन्त्री आलोपालो गर्ने तर राष्ट्रपति नछाड्ने

0

काठमाडाैं । एक सय ५० सिट जित्ने र एकल सरकार बनाउने भन्दै चुनावमा होमिएको नेकपा एमालेले सोचेजस्तो सफलता प्राप्त गर्न सकेन। तर, सत्तारुढ गठबन्धनले बहुमत पुर्याउन नसकेकाले एमालेलाई पनि सरकार गठनको अवसर भने छ ।

एमालेका शीर्ष नेताहरुले विभिन्न दलका नेताहरुसँग लागि अनौपचारिक/औपचारिक छलफल गरिरहेका छन्। प्रतिनिधि सभातर्फ ७८ सिट जितेको एमालेले अन्य दलसँग गठबन्धन गरी बहुमत पुर्याउने कसरत गरिरहेको छ ।

संसदमा रहेका सबै राजनीतिक दलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु तथा स्थायी समिति सदस्यहरुले राजनीतिक छलफल र भेटवार्ता गरिरहेका छन् ।

एमाले अन्य दलसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा सत्ता साझेदारीका लागि तयार देखिएको छ । तर, राष्ट्रपति भने नछाड्ने एमालेको भनाइ छ। दीर्घकालिन महत्व बोकेको राष्ट्रपति पद ‘नछाड्ने बरु प्रधानमन्त्रीमा आलोपालो गर्न सकिने’ एमालेका एक पदाधिकारीले नेपालखबरलाई बताए ।

‘राष्ट्रपति आफैंले राखेर प्रधानमन्त्री आधाआधा गर्न सकिन्छ,’ अध्यक्ष केपी शर्मा ओली निकट ती पदाधिकारीले भने, ‘सेरेमोनियल भए पनि राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुन्छ, त्यो पदको दीर्घकालीन महत्व र शक्ति छ ।’

राष्ट्रपति पाएको हकमा पाँच वर्षको पहिलो कार्यकालको प्रधानमन्त्री अन्य दललाई दिन सकिने अध्यक्ष ओलीले संकेत गरेको ती पदाधिकारीले बताए ।

प्रधानमन्त्रीका रुपमा २ वर्ष, साढे २ वर्ष वा ३ वर्ष काम गर्ने र त्यसपछि अर्काेलाई दिने प्रस्ताव एमालेले गर्ने ती नेताले बताए ।

‘प्रधानमन्त्री कहिले हुने? अगाडि हुने कि पछाडि? यसको विश्वासिलो आधारसहितको प्रस्ताव जान्छ,’ उनले भने । एमालेका उपमहासचिव विष्णु रिमालले पनि त्यसको संकेत गरे ।

‘प्रधानमन्त्री अंकगणित र गठबन्धनको हिसाबले तय हुन्छ,’ रिमालले भने, ‘त्यसबाहेक राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रमुख र सभामुखहरु साझा भूमिका निर्वाह गर्ने महत्वपूर्ण अंग हुन् । त्यसले ल्याउने असमझदारीले मुलुकमा अस्थिरता आउँछ ।’

बाँडफाँटको मोडेल

निर्वाचन आयोगले मंसिर ४ गतेको चुनावको अन्तिम परिणाम बिहीबार राष्ट्रपतिलाई बुझाएपछि संसदको बैठक आह्वान हुनेछ। पहिलो बैठकमा सांसदहरुले शपथ लिनेछन्। त्यसपछि राष्ट्रपतिले सरकार गठनको मिति दिनेछिन् ।

एकै दलले बहुमत नल्याएका कारण संसदमा रहेका दलहरु मिलेर सरकार बनाउनुपर्नेछ। गठबन्धन दलभित्रको अवस्था विश्लेषण गरेर एमाले सरकार निर्माणमा लाग्ने नेताहरु बताउँछन् ।

राष्ट्रपतिदेखि प्रदेश उपसभामुखसम्म गरेर ३५ पद छन् । सबै पदहरु बाँडफाँट गर्दा एमालेको पहिलो जोड राष्ट्रपतिमै देखिन्छ।

‘माथि पावर सेयरिङ भयो भने तल पनि सेयरिङ हुन्छन्,’ एमालेका अर्का एक नेताले भने, ‘७ वटा प्रदेश प्रमुख र मुख्यमन्त्री, सभामुख उपसभामुख सबै मिलाउन सकिन्छ ।’

२०७४ मा माओवादी केन्द्रसँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेर प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लडेको एमालेले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैँले राखेको थियो। यस्तै बागमती, गण्डकी र प्रदेश १ को मुख्यमन्त्री पनि एमालेले नै राखेको थियो । प्रधानमन्त्रीमा ओली निर्वाचित हुँदा राष्ट्रपति विद्या भण्डारी बनेकी थिइन् ।

माओवादी केन्द्रको भागमा उपराष्ट्रपति र सभामुख परेको थियो। चुनाव परिणाम आएको ६ महिनापछि पार्टी एकता गरेर नेकपा बन्यो ।

तर, आलोपालो प्रधानमन्त्री दिने सहमति ओलीले तोडेपछि प्रचण्डसँगको सम्बन्ध बिग्रिँदै गयो। ओलीले दुईपटक संसद् विघटन गरे। त्यही कारण नेकपा भंग भयो र एमाले पनि विभाजित भयो ।

कांग्रेस–माओवादी र नेकपा एकीकृत समाजवादी लगायतका दलको गठबन्धन बन्यो। उनीहरुले सरकार बनाए।

डेढ वर्ष सत्ताबाहिर परेको एमालेले ३० वैशाखको स्थानीय तह र ४ मंसिरको आम चुनावमा सोचेजस्तो परिणाम ल्याउन सकेन। ४ वटा प्रदेशमा एमालेबिनै सरकार बन्ने निश्चित छ। यस्तै केन्द्रमा पनि पहल नगर्ने हो भने पाँच वर्ष सत्ताबाहिर बस्नुपर्ने देखिएपछि एमाले सत्ता साझेदारीका लागि उदार रुपमा प्रस्तुत हुन लागेको हो ।

एमालेले माओवादी केन्द्रलाई आफूतिर ल्याउन पनि कोसिस गरिरहेको छ। नभए कांग्रेससँग भए पनि मिल्नुपर्ने एकथरीको तर्क छ। एमालेका नेताहरु कांग्रेस र माओवादी दुवैसँग संवाद गरिरहेका छन्।

कांग्रेससँग मिल्दा एमालेले राष्ट्रपति पाउने निश्चित छैन। कांग्रेसले पनि एक पटक राष्ट्रपति चलाइसकेको छ। त्यसैले उसले राष्ट्रपतिको भूमिका बुझेको छ। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले २०६५ मा प्रधानसेनापति रुक्माङ्गत कटुवालको बर्खास्ती रोकेका थिए। जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपरेको थियो।

अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी गरिरहेको छ। गठबन्धनसँग र एमालेसँग सत्ता साझेदारी हुँदा पनि कांग्रेसले दुवै पद छोड्ने सम्भावना कम छ।

एमालेले कांग्रेससँग मिल्दाको कठिनाइ बुझेकैले माओवादी केन्द्रलगायतका दलसँग साझेदारी कोसिस गरिरहेको छ। मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीका महासचिव देवप्रसाद गुरुङले छलफल गरेका छन्। उनले ओलीसँगको भेटबारे खुलाउन चाहेनन्। अहिले सरकार बनाउने प्रक्रिया अघि नबढेको उनको भनाइ छ।

‘सांसदहरुको शपथग्रहण र राष्ट्रपतिको सरकार गठनको आह्वान भएर वैधानिक मार्ग खुलेपछि यस विषयमा छलफल होला,’ गुरुङले नेपालखबरसँग भने, ‘एमाले अध्यक्ष ओलीलाई निर्वाचित हुनुभएकोमा बधाई दिन निवासमै पुगेको हुँ।’

तर, माओवादी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेरै गुरुङ ओली निवास पुगेका हुन्। प्रचण्डले कांग्रेसबाट ‘धोका पाउने’ आशंका गरिरहेका छन्। कांग्रेसभित्र माओवादीसँग मिलेर सरकार बनाउन नहुने धार पनि छ। त्यसैले माओवादी र एमालेबीचको संवाद बाक्लिएको हो।

एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताहरुले प्रचण्डसँग संवाद गरिरहेका छन्। एमाले उपमहासचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आफूले वाम गठबन्धनकै पक्षमा लबिङ गरिरहेको बताए।

उनले विगतको एमाले–माओवादी गठबन्धन सफल भए पनि कांग्रेस–माओवादी गठबन्धन सफल नभएको दाबी गरे ।

‘मुलुक अस्थिरतामा जाने भयो, अर्थतन्त्र तहस–नहस छ,’ उनले नेपालखबरसँग भने, ‘राजनीति र अर्थनीति ठीक ठाउँमा ल्याउन पनि माओवादी–एमाले मिल्नुपर्छ, दुवै पार्टी एक ठाउँमा उभिन हिजोको आग्रह र पूर्वाग्रह बिर्सनुपर्छ र मिलेर सरकार बनाउनै पर्छ।’

तर, अहिले तत्काल एमालेसँग मिल्न माओवादी तयार छैन । अध्यक्ष प्रचण्ड कांग्रेससहितको गठबन्धनकै सरकार बनाएर पहिलो कार्यकालको प्रधानमन्त्री हुने योजनामा छन् । प्रधानमन्त्री हुन पाए राष्ट्रपति पदका विषयमा प्रचण्डले धेरै नसोच्ने एमालेको विश्लेषण छ ।

‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री माओवादीलाई दिने सम्भावना कम छ, त्यसबेला प्रचण्डको मुभ के हुन्छ, हाम्रो चासो त्यसमै छ,’ एमालेका अर्का पदाधिकारीले भने ।

स्वर्गीय पत्रकार सर्राफको स्मृतिमा पत्रकारित पुरस्कार स्थापना

0

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साकाे आयाेजनामा बुधबार स्वर्गीय पत्रकार नरेश सर्राफकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

स्व. सर्राफको १३ औँ  दिनको पूण्यतिथीमा भएकाे श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले पत्रकार स्वर्गीय सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरे ।

यसका साथै उनले स्वर्गीय पत्रकार सर्राफकाे परिवारकाे राहकाे तागि नेपाल सरकारसंग पहल गर्ने पनि वताए । उनले स्वर्गीय पत्रकार सर्राफकाे परिवारलाई सरकारसंग रु ५ देखि १० लाख सम्म राहत दिलाउने प्रतिबद्धता समेत जनाए ।

पूर्व मन्त्री समेत रहेका सांसद यादवले कम उमेर मै अल्पायु मै निधन भएका सर्राफ पत्रकारकाे साथ साथै एउटा समाजेबी पनि भएको वताए । उनको निधनले पत्रकारिता क्षेत्रकाे साथ साथै वीरगंजबासीलाई नै क्षति पुगेकाे वताए । अधिकांश पत्रकारको अवस्था दैनिय रहेकाे वताउँदै उनले यश बिषयमा राज्य निरही रहेको आराेप समेत लगाए । 

श्रद्धाञ्जली सभा मै नेपाल पत्रकार महासंघ पर्साकाे बुधबार नै बसेकाे बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुस्कारकाे स्थापना गर्ने निर्णय गरेकाे महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वताए । उनले साे पुस्कार प्रत्येक बर्ष महासंघकाे स्थापना दिवसको अवसरमा १० बर्ष पत्रकारिता गरेकाे ४० बर्ष ननाघेकाे एक जना युवा पत्रकारलाई प्रदान गरिने वताए ।

साथै उनले नेपाल पत्रकार महासंघकाे संरक्षणमा स्वर्गीय सर्राफकाे नामले अक्षय कोष स्थापना गर्ने पनि निर्णय भएकाे सुनाए । साे अक्षय काेष महासंघले रु एक लाख ५० हजारबाट सुरु गरेकाे जानकारी गराउँदै उनले जुन कोषको आम्दनीबाट २० प्रतिशत स्वर्गीय सर्राफकाे नामले स्थापना गरिएकाे पत्रकारिता पुरस्कारमा खर्च गरिने र ८० प्रतिशत उनको श्रीमती र छाेरीकाे स्वमित्वमा रहने वताए ।

अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारीले आफ्नाे टिभिकाे तर्फबाट रु २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले आफ्नाे व्यक्तिगत तर्फबाट रु १० हजार सहयाेग गर्ने पनि घाेषणा गरे ।

यस अघि नै समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाकाे तर्फबाट स्व. सर्राफकाे नामले स्थापना हुने अक्षय कोषमा रु  १० लाख सहयाेग गर्ने घाेषणा गरेका थिए ।

साेही सभामा स्वर्गीय सर्राफकाे ७ बर्षिय छाेरीकाे नामले फिक्स डिपाेजिट गर्न समाजवादी प्रेस संगठन र रेडियो वीरगंजले रु १/१ लाखकाे चेक हस्तान्तरण गरेकाे थियाे । मेयर सिंहले पनि उनकाे छाेरीकाे नामले रु ५ लाख फिक्स डिपाेजिट गरिदिने प्रतिबद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चाैहान, केन्द्रिय सदस्य केशी लामिक्षाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गाैतम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी लगायतकाले शाेक मन्तव्य राखेका थिए । 

३८ बर्षिय पत्रकार सर्राफकाे मंसिर १५ गते हृदयघातआबाट निधन भएकाे थियाे । उनी नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका जिल्ला कार्य समिति सदस्य थिए ।