Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

स्व. पत्रकार सर्राफकाे श्रद्धाञ्जलि सभा सम्मन्न, मेयर सिंहद्वारा आर्थिक सहयाेगकाे घाेषणा

spot_img
spot_img

वीरगंज । हृदयघातबाट अल्पायु मै निधन भएका वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयाेग गर्ने भएकाे छ । स्व. पत्रकार सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आर्थिक सहयाेगकाे घाेषणा गरेका हुन् ।

समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जलि सभामा वाेल्दै मेयर सिंहले स्व. पत्रकार सर्राफकाे ७ बर्षिय छाेरी श्रेया सर्राफकाे नामले वीरगंज महानगरपालिकाले रु ५ लाख रुपैयाँ फिक्स डिपाेजिट गरिदिने वताए । 

साथै उनले स्व. पत्रकार सर्राफकाे नामले स्थापना हुने अक्षय काेषमा महानगरले रु १० लाख सहयाेग गर्ने पनि प्रतिबद्धता जनाए । 

सर्राफको निधनले पर्सेली पत्रकारिता जगतमा कमी महशुस गराएको भन्दै मेयर सिंहले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनकाे अभिभावककाे इच्छा बमोजिमको विद्यालयमा महानगरले पढाउने व्यवस्था मिलाउने पनि बताए । उनको आश्रित परिवारलाई अन्य कुनै किसिमको सहयोग पनि चाहिएको खण्ड त्यसको लागि म व्यक्तिगत रुपमा हरहमेशा तयार रहने मेयर सिंहले प्रतिबद्धता जनाए ।

समाजवादी प्रेस संगठन र रेडियाे वीरगंजद्वारा एक/एक लाख सहयाेग

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले रु १ लाख र समाजवादी प्रेस संगठनले रु १ लाख एक हजार सहयाेग गरेकाे छ । श्रद्धाञ्जलि सभा मै दुबै संस्थाले स्वर्गिय पत्रकार सर्राफकाे छाेरी श्रेया सर्राफकाे नामले सहयाेग रकम बराबरकाे एकाउन्टे प्ये चेक हस्तान्तरण गरेकाे थियाे । जुन रकम पनि छाेरी श्रेया कै नामले फिक्स डिपाेजिट हुने छ ।

यस्तै भूमी आयोग पर्साका अध्यक्ष एवं जसपा पर्साका सचिव तबरेज अहमदले स्वर्गीय सर्राफकाे स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम रु ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै माेबाइल बिक्रेता संघ पर्सा, बारा, राैतहटका अध्यक्ष बृज माेहन प्रसाद कानुले पनि रु ५१ हजार सहयाेग गर्ने घाेषणा गरेका थिए भने स्व. सर्राफका भिनाजु ओमप्रकाश सर्राफले स्वर्गिय पत्रकार सर्राफकाे स्मृतिमा आयाेजना हुने प्रतियाेगिताकाे प्रथम पुरस्कार आजिवन आफुले सहयाेग गर्ने घाेषणा गरेका थिए । 

रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा संविधान सभा सदस्य एवं एकिकृत समाजवादी पार्टीका नेता रामचन्द्र साह, मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सिना, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवरा, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाली कांग्रेसका युवा नेता राकेश यादव, युवा नेता ओमप्रकाश सर्राफ, धाेबिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बृजलाल पासवान लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय सर्राफको व्यक्तित्वसँग सबै पर्सावासी प्रभावित रहेको तथा पर्साले एउटा निष्ठावान पत्रकार गुमाएको बताएका थिए । उनले समाजलाई पत्रकारिताको माध्यमले धेरै ठूलो गुण लगाएकोले वक्ताहरुले उनको सम्झनामा पुरस्कार तथा खेलकुद जस्ता कार्यक्रमहरुको हरेक बर्ष आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...