Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ : सराेकारवालाहरु

spot_img
spot_img

वीरगंज ।  भिएसओ नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाकाे परियाेजना सल्लाहकार समितिकाे समिक्षा एवम् फेजओभर कार्यक्रम साेमबार सम्पन्न भएकाे छ ।

वीरगंजस्थित होटल भिस्वामा भएकाे कार्यक्रममा सहभागिहरुले छाेटाे समयमा परियाेजनाले ठुलाे उपलब्धि दिएकाे वताएका छन् । कार्यक्रममा वाेल्ने वक्ताहरुले पर्सामा परियाेजना प्रभावकारी देखिएकाेले निरन्तरता दिनु पर्नेमा जाेड दिएका हुन् ।

परियोजनाको क्रममा संचालनमा रहेको कार्यक्रमको पटक–पटक अनुगमन तथा स्थलगत अवलोकन गरेका जिल्ला शिक्षा विकास समन्वय एकाई पर्साका प्रमुख फत्तबहादुर श्रेष्ठले कार्यक्रमले लिएका उदेश्य अनुरुप संचालन भएको तथा खासगरी परियोजना संचालनमा रहेको क्षेत्रका लक्षित वर्गका किशोरी तथा फरक क्षमताका बालबालिकाहरुको जिवनयपान तथा शिक्षा दिक्षामा ठूलो टेवा पुगेको बताए ।

उनले कार्यक्रम समाप्त हुन लागेपनि यस्ता कार्यक्रमको पर्सामा अझै आवश्यता रहेको बताए । श्रेष्ठले कार्यक्रम समाप्त उपरान्त पनि स्थानिय पालिकाहरुको सहयोगमा परियोजना अन्तर्गत संचालन गरिएको क्रियाकलापहरु जारी राख्नु पर्ने तथा निर्माण गरिएका भौतिक संरचना एवं सिकाई केन्द्रहरुलाई संचालनमा रहनु पर्नेमा जोड दिए ।

वीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सरकारकाे आँखा पुग्न नसकेकाे ठाउँमा गैर सरकारी संस्थाकाे पुग्ने गरेकाे वताए । गैर सरकारी निकायकाे सहयाेग बेगर परिवर्तन असम्भव रहेकाे वताउँदै उनले दुबै बिचकाे समन्वय सहकार्य जरुरी रहेकाे वताए । 

साझेदार संस्था दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले कार्यक्रम फेजओभर भएपनि आन्तरिक स्रोतबाट केही समय सहजकर्ताहरु मार्फत कार्यक्रम अन्तर्गतका गतिविधिहरुलाई निरन्तरता दिइने वताए । उनले परियोजनाका सहजकर्ता ठूल्ली दिदीहरुलाई स्थानिय सरकारको पहलमा थप केही समयका लागि क्रियाशील बनाउनेबारे स्थानिय पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरुसँग छलफल भइरहेको समेत बताए । इंगेज परियाेजनाले कम समयमा धेरै रिजल्ट दिएकाे उनकाे भनाई थियाे ।

कार्यक्रमकाे उपलब्धि बारे प्रकाश पार्दै परियोजनाका संयोजक गणेश बहादुर ठकुरीले परियोजना अन्तर्गत ३ सय भन्दा बढी क्रियाकलाप संचालन गरिएको बताए । उनले जगरनाथपुर गाउँपालिका, धोविनी गाउँपालिका र वीरगंज महानगरपालिकाका सिमान्कृत तथा अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी संचालन गरिएको बताए ।

कार्यक्रम ४ वर्ष ५ महिना संचालन गरिएकोमा लक्ष्य लिए अनुसारको सफलता परियोजनाले प्राप्त गरेको संयाेजक ठकुरीले बताए ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष पुरण प्रसाद कुर्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, जगरनाथपुर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बिहारी महतो नुनिया लगायतकाले मन्तव्य राख्दै कार्यक्रमकाे निरन्तरता जरुरी रहेकाे वताएका थिए ।

कार्यक्रमबाट लभान्वित धानमती साह, रंजिता साह, नाजिया प्रविन, शिवशरण चौधरी लगायतकाले कार्यक्रमबाट भएको परिवर्तन बारे वताएका थिए । उनीहरुले परियोजना फेजओभरको कुरा सुनेर आफुहरु निकै दुःखी लागेकाे वताउँदै अझै पनि यस्ता कार्यक्रमहरुको जरुरी रहेको वताएका थिए ।

कार्यक्रममा आफ्ना भनाईहरु राख्दै दृष्टिविहिन किशोर शिवशरण चौधरीले परियोजनामा संचालित कार्यक्रमहरुले जीवन नै परिवर्तन गरी दिएको बताए । उनले आफु पढाई छोडी घरमा बसेकोमा परियोजनाका सरहरुले प्रोत्साहन गरी पुनः स्कुलमा भर्ना गराएको तथा आफु् दृष्टिविहिनको टिम अन्तर्गत राष्ट्रिय क्रिकेट टिमसम्म पुगेर क्रिकेट म्याच खेल्न सफल भएको बताए ।

उनले अझ पनि आफु जस्ता थुर्पै विद्यार्थी तथा बालबालिकाहरु स्कुल बाहिर रहेको बताउँदै उनीहरुलाई समेत सहयोगको आवश्यकता रहेको बताए । परियोजना समाप्त भएपनि सरहरुको साथ सहयोग आफुहरुलाई प्राप्त भइरहनेमा विश्वस्त रहेको चौधरीले बताए ।

परियोजनाले पर्साको जगरनाथपुर गाउँपालिका, धोविनी गाउँपालिका र वीरगंज महानगरपालिकामा संचालनमा रहेको छ । यही डिसेम्बर ३० देखि परियाेजना सक्न लागेकाे हाे । परियाेजना अन्तर्गत जगरनाथपुर गाउँपालिकाको ६, धोविनी गाउँपालिकाको ३ र वीरगंज महानगरपालिकाको २ गरी जम्मा ११ वटा बिद्यालयलाई प्रत्यक्ष रुपमा परियोजिनाले अन्तर्गत विभिन्न क्रियाकलापहरु संचालन गरिएकाे थियाे ।

कार्यक्रममा पर्साका विभिन्न क्षेत्रसँग आबद्ध रहेका सामाजिक अभियन्ता, पत्रकार, समाजसेवी, स्थानिय जनप्रतिनिधि तथा परियोजनाका कर्मचारी, सहजकर्ता लागयतको सहयागीता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...