Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

नारायणी अस्पतालकाे सेवा सहज र प्रभावकारी बनाउन माग

spot_img
spot_img

वीरगंज । परिवर्तनको लागि राजनीतिक समूहले साेमबार नारायणी अस्पतालमा पुगेर त्यहा बिरामी र सेवाग्राहीले खेप्दै आएका समस्याहरू बारे अस्पताल व्यवस्थापन पक्षकाे ध्यानाकर्षण गराएकाे छ ।

विभिन्न राजानीति दल र स्वतन्त्र युवाहरु सम्मिलित परिवर्तनका लागि राजनीतिक समुहले साेमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर खालिद हसनलाई भेटेर अस्पतालमा विद्यमान समस्या तथा बिरामी र सेवाग्राहीले भाेग्दै आएका समस्या बारे ध्यानाकर्षण गराउदै सेवा सहज र प्रभावकारी बनाउन आग्रह गरेकाे हाे ।

नारायणी अस्पतालमा डाक्टरहरु समयमा नअआउने, ल्याब पुर्णरुपले संचाल नहुने, अस्पतालमा सरसफाइमा लापरवाही हुने लगायतका समस्या बारे ध्यानाकर्षण गराइएकाे समुहका सदस्य सलाउदिन अहमदले बताए । साथै परिवर्तनका लागि राजनीति समूह बैचारिक क्रान्तिको लागि रहेकोले समुहले नारायणी अस्पतालको सम्पुर्ण बेतिथीलाई सम्बन्धित निकाय सम्म पुगेर समस्या समाधान गराउन प्रतिबद्ध रहेको पनि उनले बताए ।अस्पतालमा बिरामी र सेवाग्राहीलाई सरल र सुविधा प्रभावकारी उपचार सेवा उपलब्ध गराउन पनि आग्रह गरिएकाे उनले बताए ।

त्यस अवसरमा परिवर्तनको लागि राजनीति समुहका मुकेश द्विबेदी, तानवीर अन्सारी, शेख मुन्ना, सुजित गिरि, श्याम गुप्ता, सन्दीप साह, उमाशंकर गुप्ता, नन्दलाल रौनियार लगायतको उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...