Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

स्वास्थ्य संस्थामा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

महानगरको सामाजिक विकास महाशाखाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु हर समय उपलब्ध हुनु पर्ने भन्दै त्यहाँ तोकिएका कुनै पनि औषधीको कमी नहुने व्यवस्था मिलाउन निर्देशन दिए ।

हरेक वडाका स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा अबदेखि सम्बन्धित वडाका वडाध्यक्षहरुसँग जानकारी दिएर मात्रै पठाउन उनले स्वास्थ्य शाखालाई निर्देशन दिए ।

‘वडाध्यक्षहरुलाई जानकारी नदिई स्वास्थ्य चौकीमा पठाउँदा कर्मचारीले औषधी तथा सामाग्री दुरुपयोग गर्ने गरेको सूचना आयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अबदेखि सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी दिएर मात्रै आवश्यक औषधी तथा सामग्री पठाउने व्यवस्था मिलाइने छ ।’

स्वास्थ्य महाशाखाका प्रमुख रितेस जयसवालले नेपाल सरकारले विभिन्न ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउन भनेको भन्दै त्यसका लागि ४० लाख उपलब्ध गराएको बताए ।

४० लाखको औषधिले महानगरका नागरिकलाई वर्षभर तोकिएका ९८ प्रकारका औषधीले नपुग्ने भएकाले थप रकम माग्न आवश्यक रहेको बताए । उनले केन्द्र सरकारसँग बजेट माग्दा प्रदेशमा देखाउने गरेको र प्रदेशले आफूहरुसँग कुनै औषधि खरिदको कुनै पनि योजना नरहेको भन्दै पन्छिने गरेको जयसवालले सुनाए ।

जवाफमा मेयर सिंहले सरोकारवालाहरुसँग एक पटक बैठक बसेर आवश्यक पहल गर्न भन्दै केन्द्रले नदिए महानगर आफैले आफ्ना नागरिकको स्वास्थ्यको जिम्मेवारी बहन गर्ने बताए ।

कार्यक्रममा सहभागि वडा नम्वर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा कहिले औषधी नभएको त कहिले स्वास्थ्यकर्मी नै नेभेटिने गरेको भन्दै अबदेखि जनप्रतिनिधिलाई सहभागि गराएर मात्रै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।

कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्ष, सचिव तथा अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...