Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

इंगेज परियोजना पर्सामा प्रभावकारी, किशोरीहरु आत्मनिर्भर बन्दै

spot_img
spot_img

वीरगंज । तुलनात्मक रुपमा शिक्षामा कमजोर रहेको मधेसका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका छन् । भिएसओ नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाले पर्साका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका हुन् ।

किशोरीहरुलाई शिक्षामा पहुँच बढाउदै सक्षम र आत्मनिर्भर बनाउनका लागि संचालन गरिएको परियोजनाले खासगरी विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुको शिक्षा र आयआर्जनका लागि सीप सिकाउन केन्द्रीत गरिएको कार्यक्रमले अहिले बीच मै विद्यालय छोडेका किशोरीहरु विद्यालय जान थालेका छन् ।

इंगेज परियोजनाका अन्तर्गत नौ महिने वृजकक्षा सहभागि भएका किशाेरीहरु जाे १० देखि १४ बर्ष उम्मेर समुहका हुन्छ उनीहरुलाई विद्यालय भर्ना र १५ बर्ष देखि १९ बर्ष उम्मेर समुहका किशाेरीहरुलाई विभिन्न सिप मुलक तालिम र व्यसाय संचालनकाे लागि सहयाेग गरिएको इंगेज परियोजनाका कार्यक्रम संयोजक गणेश ठकुरीले बताए ।

शिक्षामा मात्रै होईन सामाजिक विकास र आर्थिक उपार्जनमा समेत किशोरीहरुलाई सहभागी गराउने गरी संचालन गरिएको कार्यक्रमले मधेसका किशोरीहरुलाई आत्मनिर्भर बनाउने सक्ने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले बताए । 

जिल्ला परियाेजना सरसल्लाह समितिका सदस्यहरु र संचारकर्मीहरुकाे संयुक्त जिल्ला स्तरिय अनुगमनकाे क्रममा कार्यक्रमले किशोरीहरुमा आत्मबल बढेको, केही गरौं भन्ने भावनाको विकास भएको र आफै सक्षम भएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोचको विकास भएको पाईएको सामाजिक अभियन्ता प्रकाश थारुले बताए ।

दिव्य युवा क्लबे संचालन गरेको परियोजना अब स्थानीय तहको सरकारले स्वामित्व लिएर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने थारुको भनाई छ । 

मधेसको ग्रामीण क्षेत्रका किशोरीहरुको शिक्षामा पहुँच नहुँदा घरबाहिर बोल्न नसक्ने अवस्था रहेको र अहिले परियोजना सञ्चालन भएका गाउँका किशोरीहरु बोल्ने मात्रै होईन स्थानीय स्तरमा हुने जुनसुकै कार्यक्रमहरुमा पनि सहभागी हुन उत्साहित हुने गरेका छन् । 

इंगेज परियोजनाले किशोरीहरुको लागि मात्रै होईन अपांगता भएकाहरुको लागि पनि विभिन्न क्रियाकलाप संचालन गर्नुकाे साथै सहयाेग समेत गरेको भिएसाे नेपालका राष्ट्रिय स्वयम् सेवक श्रीचन्दन जयसवालले वताए । पर्साको धोविनी र जगरनाथपुर गाउँपालिकामा सञ्चालित परियोजनाले अपांगता भएकाहरुका लागि दुईवटा गाउँपालिकामा नौ वटा अपांगतामैत्री समावेशी शौचालय (होम मोडिफिकेसन) निर्माण गरिदिएको छ । 

त्यस्तै शारीरीक रुपमा अशक्तहरुलाई थेरापीको माध्यमले उपचार गर्ने र हिडडुल गर्न सक्ने सम्मको बनाएको कार्यक्रम संयोजक ठकुरीले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा १ लाख २० हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलको ठूलो परिमाणसहित एक मालवाहक ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

उद्यमशीलता प्रवर्द्धनमा बिसिसिआईको पहल, १३ दिने प्रशिक्षण सम्पन्न

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घ (बिसिसिआई) ले आयोजना गरेको ‘BiCCI Startup & Incubation Program 2026’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ...

साउथजोनमा विद्यार्थी परिषद्का पदाधिकारीको सपथ ग्रहण, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगंज । वीरगंज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ...