Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

वीरगंजकाे विद्यालयमा छड्के अनुगमन : २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।

महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ । आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।

यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।

मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।
प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए ।

दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...