Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

आम जनता पार्टी खोल्दै प्रभु साह

spot_img
spot_img

वीरगंज । एमाले त्याग्दै रौतहट–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले छुट्टै दल खोल्ने तयारी गरेका छन् । उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने उनले बताए ।

साहले भने, ‘पहिला म स्वतन्त्रबाट चुनाव जितेर सांसद भएँ, अब आफ्नो छुट्टै दल खोल्ने तयारीमा छु ।’

पार्टीका लागि नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना उनले औंल्याए ।

चुनावमा एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेपछि रुष्ट बनेका पूर्वमन्त्री साहले रौतहटको क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसपाले पाएको सबै क्षेत्रमा पनि उनको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो ।

तत्कालीन नेकपा (माओवादी)मा लागेका साह २०५५ सालमा भूमिगत भए । माओवादीभित्र उनी चाँडै नै केन्द्रीय कमिटी सदस्य भए । २०६३ को अन्तरिम संसदमा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

उनी २०६४ र २०७० को दुवै संविधानसभामा रौतहट–३ बाट निर्वाचित भएका थिए । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि रौतहट–३ बाटै जितेर चुनावी खेलमा ‘ह्याट्रिक’ गरे ।

२०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बनेका साहले २०७३ मा शहरी विकास मन्त्रालयको नेतृत्व पाएका थिए । यसपालिकाे निर्वाचनमा उनकै सहयाेगमा राैतहट क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार किरण साह पनि निर्वाचित भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...