Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा मिलन केन्द्रद्वारा जनप्रतिनिधिसंग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । पर्सा मिलन केन्द्र  काठमाडाैंकाे आयाेजनामा शुक्रबार वीरगंजमा जनप्रतिनिधिहरुकाे बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहकाे निर्वाचनमा निर्वाचित पर्साका पालिका प्रमुख, उप प्रमुख र मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा निर्वाचित सांसदहरुकाे सहभागिता रहेकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

वीरगंजस्थित राेयल पार्टी प्यालेसमा भएकाे कार्यक्रममा आयाेजक संस्थाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनुकाे साथै अन्तरक्रिया गरेकाे थियाे ।

पर्सा मिलन केन्द्रका अध्यक्ष ई. उमेश कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्यद्वय श्याम पटेल, प्रमाेद जयसवाल, पर्सागढी नगरपालिकाका मेयर गाेकर्ण पाठक,  पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, संस्थाका महासचिव ललन प्रसाद साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस अघि बिहिबार पत्रकार सम्मेलन गर्दै पर्सा मिलन केन्द्रले अन्तरक्रिया कार्यक्रम र निशुल्क आँखा शिविरकाे आयाेजना गर्ने जनाएकाे थियाे ।

मंसिर २३ गते शुक्रबार वीरगंजस्थित राेयल पार्टी प्यालेसमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम, मंसिर २४ गते शनिबारका दिन वीरगंज महानगरपालिकाकाे अलाैंस्थित श्री द्वारदेवी माविमा निशुल्क माेतिया विन्दुकाे अपरेशन जाँच शिविर र मंसिर २५ गते अलाैं मै बाल विवाह तथा मर्यादित महिनवारी बारे अन्तक्रिया कार्यक्रम गर्न लागिएकाे संस्थाले जनाएकाे थियाे ।  

उपत्यकामा पेशा, व्यवसाय, अध्यन, अध्यापन, श्रम वा रोजगारिको सिलसिलामा स्थाई/अस्थाई रुपमा बसोबास गर्दै आएका पर्साबासिहरुको भेटघाट, आपसी सद्भाव र सहयागको लागि वि.स. २०४७ सालमा एक समाजिक संस्थाकाे रुपमा पर्सा मिलन केन्द्र, काठमाडौ स्थापना भएकाे थियाे ।

विगत २५ वर्ष देखि पर्सा मिलन केन्द्रले ‘पर्सा दिवस समारोह” को रुपमा मनाउदै आएको पत्रकार सम्मेलनमा वताउँदै यस वर्षको कार्तिक २६ गते शनिवारका दिन काठमाडौमा सम्पन्न ‘पर्सा दिवस समारोहमा पर्सा तथा देश विकासको विभिन्न क्षेत्रमा विशेष योगदान पुयाउने १९ जना पर्सावासीहरुलाई अभिनन्दन, सम्मान एवम् कदर पत्रद्वारा विभोषित गरिएकाे समेत जनाकारी गराइएकाे थियाे ।

यसका साथ पर्सा तथा काठमाडौमा नियमित निःशुल्क विशेषज्ञ एवम् मोतियाँ विन्दुको अपरेशन शिविर, अनाथ बाल-बालिका तथा बुढाहरुलाई न्यानो कपडा लगायत खाद्यान एवम् फलफुल वितरण, रक्तदान, भुइकम्प एवम् कोभिडमा विशेष सहयोग, बाल-बिबाह तथा दाइजो उन्मुलन अभियान नेपालीको विशेष चाड पर्वमा शुभकामना आदान-प्रदान र पिकनिक कार्यक्रम गर्दै आइरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...