Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 499

रिसिबी साध्न वडाध्यक्ष यादवले निजी घर भत्काएकाे आराेप

0

कलैया । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् ।

कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित पर्ने हनुमान मन्दिरदेखि उत्तरपट्टि कलैया अदालतसम्म जाने बाटो बनाउने नाममा हनुमान मन्दिर स्थित निजी जग्गामा निर्माण गरिएको गोदाम भत्काएको आरोप लगाएका हुन् ।

नक्सामा हुलाकी सडक स्थित हनुमान मन्दिरदेखि अदालत जाने बाटो कायम नरहेको अवस्थामा पटेल र उनको पश्चिमपट्टि रहेको जग्गाधनीले १०/१० फिट जग्गा दिई बाटो बनाएका छन् । कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादव एवं पूर्व वडाध्यक्ष जाटाशंकर सहनीको पहलमा सामाजिक व्यवहार अनुसार दुबै पक्षबाट जग्गाधनीले २० फिट जग्गा दिई बाटो निर्माण गराएका थिए ।

पटेलले सडक निर्माणको लागि आफ्नो निजी जग्गाबाट १० फिट जग्गा दिएका छन् । त्यहाँ कच्ची ग्राइभेल सडक निर्माण गरिएको छ । निजी जग्गा २० फिट दिएर सडक निर्माण गरेतापनि वर्तमान वडाध्यक्ष रामेश्वर प्रसाद यादवले पुरानो रिसिवी साध्न ३० फिटको जग्गा निर्माण गर्ने भनेर घर भत्काएको घरधनी पटेलको आरोप छ ।

वडाध्यक्ष यादवले कलैया उपमहानगरपालिकाका नगर प्रहरी सहित डोजर बोलाएर एकाविहानै घर तोडेको पटेलको भनाई छ । एक हप्ता अगाडि मात्रै घरधनी पटेलले सडक विस्तार हुने कुरा जानकारी पाएका थिए ।

वडाध्यक्ष यादवले घरधनी पटेललाई फोनमा घर कहिले तोड्ने भनेर सोधेपछि निजी जग्गामाथिको घर तोड्ने वडाध्यक्षको ग्राइन डिजाइनबारे थाहा पाएपछि पटेलले उच्च अदालत जनकपुर, अस्थायी इजसाल वीरगंजमा भदौ २९ गते मुद्दा दर्ता गराएका थिए ।

त्यस पश्चात उच्च अदालतले असोज ७ गते आइतबार छलफल पेशीको लागि कलैया उपमहानगरपालिकालाई पत्र पठाए पश्चात वडाध्यक्षले ५ गते एकाविहानै दलबल सहित पुगी घर भत्काएका थिए ।

वडाध्यक्ष यादवले अदालतमा मुद्दा किन दिएको ? भन्दै घर तोडेको सँगै रहेका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुरले बताए । घर भत्काउने बखत घरधनीले सोधपुछ गर्दा घरधनी एवं परिवारका सदस्यहरुलाई कुटपिट समेत गरेको घरधनी पटेलको भनाई छ ।

वडाध्यक्षले कुनैपनि जानकारी नदिई एकाविहानै घरमा सूचना टाँस गरि तोडेको स्थानीयहरुको भनाई छ । घर तोडफोड हुन थाले पश्चात स्थानीयले घरधनी पटेललाई खबर गरेका थिए । त्यस पश्चात घरधनी पटेल आएर सोधपुछ गर्दा वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरी पटेलमाथि हातपात गरेका थिए ।

वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरीले बुवामाथि हेलमेट हिर्काएका घरधनी पटेलले वताए । यसका साथै नगर प्रहरीले आफ्नाे भाईलाई लठ्ठी र मुक्काले नाकमा हानी कुटपिट गरेकाे वताए ।

वडाध्यक्षले गुण्डागर्दी शैलीमा अन्य केही स्थानीयहरुको पनि घर तोडफोड गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार कसैलाई केही जानकारी नदिई २० फिटको सडक हुँदाहुँदै थप सडक विस्तार गर्ने बहानामा जथाभावी तोडफोड गर्ने गरेको स्थानीयहरुको आरोप छ । 

यसबारे वडाध्यक्ष रामेश्वर प्रसाद यादवसँग बुझ्दा स्थानीय सरकार ऐन अन्तर्गत ३० फिटको सडक विस्तार गर्नको लागि घर भत्काएको बताए । उनले स्थानीय सरकारले त्यस ठाउँमा ३० फिटको सडक विस्तार गर्न स्थानीयसँग सहमति गरे अनुसार नै त्यहाँका घरहरु भत्काउने कार्य गरेको बताए ।

सडक विस्तार गर्नको लागि सबै नियम कानूनी प्रक्रिया पुर्‍याएको उनको भनाई छ । तर घरधनीले आफ्नो निजी जग्गाबाट सडक दिँदा पनि घर भत्काएको बताएका छन् ।

सडक विस्तारबारे आफूहरुलाई कुनैपनि जानकारी नरहेको स्थानीयहरुको भनाई छ । घर भत्काइएका घरधनी अनुसार यहाँका स्थानीयसँग कुनै किसिमको छलफल अर्थात सहमति भएकाे छैन् ।

वडाध्यक्षले आफ्नो निहीत स्वार्थ पुरा एवं पुरानो रिसिवी साध्न यो प्रोपगण्डा मच्चाएको घरधनीकाे आराेप छ ।

सर्लाही घटनाकाे विराेधमा शनिबार वीरगंज बन्दकाे आव्हान

0

वीरगंज । सर्लाहीको सदरमुकाम मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार वीरगंज बन्दकाे आव्हान गरिएकाे छ । हिन्दूवादी युवाहरुले शुक्रबार सांझ वीरगंजमा प्रदर्शन गर्दै शनिबार वीरगंज बन्दकाे घाेषणा गरेका हुन् ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर छ । 

साेही घटनाकाे विराेधमा हिन्दुवादी संघ/संगठनहरुले वीरगंज बन्दकाे आवहान गरेका हुन् । वीरगंज बन्दलाई सफल बनाउन हिन्दु युवाहरुले शुक्रबार सांझ वीरगंजमा निकालेकाे माेटरसाइकल र्याली वीरगंज बजार क्षेत्रकाे परिक्रममा गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियाे ।

घण्टाघरमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले शनिबार वीरगंजका पसलहरु बन्द गरेर बन्द सफल बनाउन वीरगंजबासीमा आग्रह समेत गरे । 

प्रदर्शनकारीहरुले भाेलीकाे बन्द सफल पार्न शनिबार विहान १० बजे वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा समाजका सबै जनालाई जम्मा हुन पनि आवहान गरेका छन् ।

मन्त्री सिंहद्वारा यातायात कार्यालय वीरगंजकाे अनुगमन

0

वीरगंज । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह वीरगंजस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनी शुक्रवार दिउसो कार्यालयको छड्के अनुगमन गरेका हुन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरे पनि सेवाग्राहीले सास्ती भोग्दै आएको भन्दै गुनासो बढिरहँदा मन्त्री सिंह यातायात कार्यालय मै पुगेर स्थलगत अनुमन गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

अनुगमनका क्रममा रहेका मन्त्री सिंहसँग सेवाग्राहीले यातायात कार्यालयको व्यवस्थापन बारे आपत्ति जनाएका थिए । सरकारले यसमा एक्सन लिनुपर्ने उनीहरुको माग थियो ।

मन्त्रीसंग यातायात कार्यालय जनमत पार्टी पर्साका इन्चार्ज माधव सिंह, जिल्ला संयोजक ओमप्रकाश सर्राफ, महानगर युवा अध्यक्ष संजय सिंह लगायतकाे समेत उपस्थिती रहेकाे थियाे । 

पकहाँ मैनपुरमा ४ कराेडकाे विद्यालय भवन निर्माण हुने

0

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा रहेकाे श्री रामचरित्र भगत माद्यमिक विद्यालय पकहाँ मैनपुरकमा रु ४ करोडको लागतमा भवन निर्माण हुने भएको छ ।  

पकहाँ मैनपुर गाउँपालिकाको शिक्षा समितीको शुक्रबार बसेकाे बैठकले ४ करोडको लागतमा विद्यालय भवन निमार्ण गर्ने निर्णय गरेको हो । आर्थिक बर्ष २०८०।०८१ को गाउँपालिकाकाे बिनियोजित बजेटबाट सो भवन निमार्ण हुने प्रमुख प्रशासकिय अधिकृत राज कुश्वाहाले जानकारी दिए ।

शिक्षा समितीका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले भवन निमार्णका लागी रेखदेख तथा ब्यवस्थापन समिती पनि चयन गरेको छ ।  

लक्ष्मण प्रसाद कुर्मीकाे संयाेजकत्वमा गठित समितिकाे सदस्यहरुमा वडाध्यक्ष संजय चौहान, श्रीरामचरित्र भगत माद्यमिक विद्यालयका प्रध्यानाध्यापक छोटेलाल साह, ईन्जिनियर भोला साह र शिक्षा समितीका सदस्य राकेश कुश्वाहा लगायत रहेका छन ।

साे विद्यालय कक्षा काेठाकाे अभाव थियाे । कक्षा काेठाकाे अभावलाई मध्यनजर गर्दै गाउँ सभाले विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखे विनियाेजन विद्यालय भवन निर्माण हुने भएकाे हाे । भवन निर्माण पछि कक्षा काठा अभावकाे समस्या समाधान हुने छ ।  

यसैगरी बैठकले सोही विद्यालयमा यहि आर्थिक बर्ष २०८०।०८१ देखी नै डिप्लोमा ईन सिभिल ईन्जिनियर कक्षा संचालन भईरहेकोले सोका लागी शिक्षक भर्ना गर्ने, श्री नेपाल राष्ट्रिय आधारभुत निम्न माध्यमिक बिधालय सुर्जाहा, श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय धोरेमा रिक्त रहेका शिक्षकका लागी पदपुर्ती गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मधुबनीमा परेका उजुरीका बारेमा पनि छलफल भएको शिक्षा समितीका सदस्य राकेश कुश्वाहाले बताए ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा बसेकाे बैठकमा उपाध्यक्षका प्रतिनिधी नसुरुल्लाह मियाँ, वडा नम्बर ३ का वडाध्यक्ष संजय चौहान, वडा नम्बर ५ का वडाध्यक्ष बलिराम चौरसिया, शिक्षा समितीका सदस्य लक्ष्मण प्रसाद कुर्मी, राकेश कुश्वाहा, शिक्षा शाखा प्रमुख दामोदर दुबे दगायतको उपस्थिीती रहेको थियो ।

पकहा मैनपुर गाउँपालिकामा आर्थिक बर्ष २०८०।०८१ को बिनियोजित बजेटमा शिक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष मेहताले बताए ।

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेका संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताएका छन् ।

आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षणबाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जोड दिए । नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।

संजालले कृष्ण अष्ठमीको अवसरमा वीरगंजबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।

महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

विगतमा कृष्ण जन्माष्ठमीका बेला भब्य रुपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो । संजालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो ।

अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने संजालका अध्यक्ष मो.सगिर अलिले बताउनुभयो । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा संजालका अध्यक्ष अलिले जोड दिए ।

कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरबारका अध्यक्ष उमेशलाल सहनी, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा.प्र.पा.का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

पर्साका पत्रकारद्वय त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

0

वीरगंज । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पर्साका दुई जना पत्रकारले पनि पाउने भएका छन् ।

५४ औँ स्थापना दिवसका अवसरमा प्रेस काउन्सिलले पर्साका पत्रकार रितेश त्रिपाठीलाई प्रेस काउन्सिल समावेशिता पत्रकारिता पुरस्कार र युवराज खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिने घोषणा गरेको छ ।

प्रेस काउन्सिलले आफ्नो स्थापना दिवसका दिन असोज ६ गतेका दिन काठमाडौँमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्ययतामा आयोजना गर्न लागेको समारोहमा दुवै पत्रकारलाई पुरस्कार प्रदान गरिने काउन्सिलले जनाएको छ ।

काउन्सिलले उक्त कार्यक्रममा विभिन्न विधामा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिने जनाएको छ ।

ग्रामिण क्षेत्रको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको रहेको बताएका छन् ।

बिहीबार वडा नं. ३० का स्थानीयहरुसँग लालपर्सामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले महानगरको ग्रामिण क्षेत्रको विकासका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।

प्राविधिक टोली सहित गाउँ पुग्नु भएका मेयर सिंहले स्थानीयले राखेका समस्या सम्बोधन गर्दै लालपर्सामा वर्षाका बेला हुने डुबान अन्त्य गर्न तत्काल पानी निकास हुने गरि आवश्यक स्थानहरुको पहिचान गरि कल्भर्ट निर्माण गराउने प्रतिबद्धता जनाए ।

लालपर्सामा वर्षाका बेला भेडाहा खोलाको पानी निकास नहुँदा हरेक वर्ष डुबान हुने गरेको छ । महानगर प्रमुख सिंहले प्राविधिक टोलीलाई डुबान क्षेत्र देखाउँदै पानी निकासका लागि आवश्यक ब्यवस्था मिलाउन निर्देशन पनि दिए ।

यस्तै मेयर सिंहले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवस्था मजबुत बनाउन सीपमुलक कार्यक्रम संचालन गर्दै महिलाहरुले उत्पादन गरेका सामानको बजारिकरणको व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता समेत जनाए ।

यस्तै लालपर्सामा रहेको विद्यालयको भौतिक संरचना निर्माणको काम यसै आर्थिक बर्षबाट सुरुवात हुने जानकारी दिँदै उनले विद्यालयको पठन पाठन चुस्त बनाउन शिक्षकको व्यवस्था मिलाउने पनि बताए ।

वडा नं. ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको भेलामा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुने 

अर्काे कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सिंहले लक्ष्मणवामा रहेको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउन गुरु योजना बनाएर काम अघि बढाएको बताएका छन् ।

डीपीआर निर्माणको काम सकिएको बताउँदै उनले यही छठ पर्व पछि पार्कलाई थप सुन्दर बनाउने गरि निर्माणको काम सुरु गरिने बताए ।

ज्येष्ठ नागरिक संघको ११ औँ साधारणसभा एवं विश्व अल्जाइमर्स दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोल्ने भन्दा पनि काम गरेर देखाउने गरि आफू लागि परेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघका निवर्तमान अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार जगदिश शर्माले महानगरले ज्येष्ठ नागरिक संघका लागि गरेको सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गरे ।

उनले राजेशमान सिंहको नेतृत्वमा रहेको महानगरले अहिले वीरगंज बनाउन विभिन्न योजनामा काम गरिरहेको भन्दै महानगरले गरेका राम्रा काममा सबैले साथ दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा डा.श्यामसुन्दर दासले अल्जाइमर्सका बारेमा जानकारी दिएका थिए । संघका अध्यक्ष श्याम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण विनयराज गौतमले गरेका थिए ।

वीरगंजबाट लागु औषधसहित हेटाैडाका तामाङ पक्राउ

0
वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिकाकाे वडा नं.४ निवासी ३४ बर्षिय अजित तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
विशेष सूचनाको आधारमा मिति बुधबार सांझ ५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डबाट तामाङलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले वताए ।
 
रक्सौलबाट वीरगंजतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा तामाङले उल्लेखित नम्बरको स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध बरामद भएकाे उनले वताए ।
 
तामाङकाे साथबाट ओनरेक्स १०० एमएलको ६९ बोत्तल फेला परेको हुँदा प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटी र उल्लेखित लागु औषधसहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख छ ।

पर्सामा एक महिलाकाे घाँटी रेटेर हत्या, साेही दिन अन्य दुई वटा शव पनि फेला

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा एक महिलाकाे घाँटी रेटिएको अवस्थामा  शव फेला परेकाे छ ।

साेही ठाउँ निवासी ५८ वर्षीय कान्ति देवी मुखिया बिनको आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

प्रहरी निरीक्षक केसीका अनुसार मङ्गलवार दिउसाे धारिलाे हतियारले घाँटी रेटिएको अवस्थामा विनकाे शव फेला परेकाे हाे । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको छ । 

सेन काटिएकाे (घरकाे भिता फाेडेर) शव फेला परेकाे फुसकाे घरमा रगत लागेकाे एउटा काठकाे भाटा समेत बरामद भएकाे छ । त्यसैले सेन काटेर ढाेका बन्द रहेकाे घर भित्र पसेर महिलाकाे हत्या भएकाे हुन सक्ने प्रहरीकाे आशंका छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए । प्रहरीले शंकाकाे आधारमा घटना बारे साेधपुछ गर्न स्थानिय दुई जनालाई नियन्त्रमा समेत लिएकाे छ । प्रहरीले मंगलबार सांझ एक जनालाई र बुधबार विहान एक जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बिनको २ जना छोरा र ३ छोरी छन् । यद्यपि छोरीहरूको विवाह भएको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा नारायणघाटमा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएकी थिइन । 

मृतक बिनलाई दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट एउटा प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शवको प्रकृति जाँच मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले बताए । 

वेवारिसे शव फेला 

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं.३ छप्कैयामा पनि मंगलबार एक युवककाे शव फेला परेकाे छ । 

छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा ब्लड बैंकको वालमा टासिई बनाएको सिमेन्टको स्लेप माथि जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको अवस्थामा मंगलबार विहान ०६:३० बजेको समयमा अन्दाजी ३० बर्षिय युवककाे शव फेला परेका प्रहरीले जनाएकाे छ ।

हाल सम्म शव फेला परेकाे व्यक्तिकाे नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

मृतककाे शव नारायणी अस्पताल वीरगंजकाे शव गृहमा राखीएकाे छ भने घटना बारे थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले वताए ।

ठेलामा सुतिरहेकाे अवस्थामा शव फेला

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं. ९ स्थित पानगलीमा पनि मंगलबार नै एक पुरुषकाे शव फेला परेकाे छ । सर्लाही निवासी ५० बर्षिय झगरु महताे नुनियाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता थापाले वताए ।

स्थानियहरुका अनुसार ठेलामा सुतिरहेकाे अवस्थामा नुनियाकाे शव फेला परेकाे थियाे । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी प्रवक्ता थापाले वताए ।

पत्रकार खानको उपचारका लागि मेयर सिंहद्वारा सहयोग

0

वीरगंज । फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकाे छ । पत्रकार खानकाे उपचारकाे लागि आर्थिक सहयाेगकाे आवश्यकता रहेकाे जानकारी पाउनासाथ मेयर सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई मेयर सिंहले उपलब्ध गराएकाे चेक हस्तान्तरण गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताए ।

वीरगंजेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए ।

पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहेकी छन् । पति/पत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देस जारी गरेका थिए ।