Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

पर्सामा एक महिलाकाे घाँटी रेटेर हत्या, साेही दिन अन्य दुई वटा शव पनि फेला

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा एक महिलाकाे घाँटी रेटिएको अवस्थामा  शव फेला परेकाे छ ।

साेही ठाउँ निवासी ५८ वर्षीय कान्ति देवी मुखिया बिनको आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

प्रहरी निरीक्षक केसीका अनुसार मङ्गलवार दिउसाे धारिलाे हतियारले घाँटी रेटिएको अवस्थामा विनकाे शव फेला परेकाे हाे । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको छ । 

सेन काटिएकाे (घरकाे भिता फाेडेर) शव फेला परेकाे फुसकाे घरमा रगत लागेकाे एउटा काठकाे भाटा समेत बरामद भएकाे छ । त्यसैले सेन काटेर ढाेका बन्द रहेकाे घर भित्र पसेर महिलाकाे हत्या भएकाे हुन सक्ने प्रहरीकाे आशंका छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए । प्रहरीले शंकाकाे आधारमा घटना बारे साेधपुछ गर्न स्थानिय दुई जनालाई नियन्त्रमा समेत लिएकाे छ । प्रहरीले मंगलबार सांझ एक जनालाई र बुधबार विहान एक जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बिनको २ जना छोरा र ३ छोरी छन् । यद्यपि छोरीहरूको विवाह भएको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा नारायणघाटमा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएकी थिइन । 

मृतक बिनलाई दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट एउटा प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शवको प्रकृति जाँच मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले बताए । 

वेवारिसे शव फेला 

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं.३ छप्कैयामा पनि मंगलबार एक युवककाे शव फेला परेकाे छ । 

छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा ब्लड बैंकको वालमा टासिई बनाएको सिमेन्टको स्लेप माथि जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको अवस्थामा मंगलबार विहान ०६:३० बजेको समयमा अन्दाजी ३० बर्षिय युवककाे शव फेला परेका प्रहरीले जनाएकाे छ ।

हाल सम्म शव फेला परेकाे व्यक्तिकाे नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

मृतककाे शव नारायणी अस्पताल वीरगंजकाे शव गृहमा राखीएकाे छ भने घटना बारे थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले वताए ।

ठेलामा सुतिरहेकाे अवस्थामा शव फेला

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं. ९ स्थित पानगलीमा पनि मंगलबार नै एक पुरुषकाे शव फेला परेकाे छ । सर्लाही निवासी ५० बर्षिय झगरु महताे नुनियाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता थापाले वताए ।

स्थानियहरुका अनुसार ठेलामा सुतिरहेकाे अवस्थामा नुनियाकाे शव फेला परेकाे थियाे । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी प्रवक्ता थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...