Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

पर्सामा एक महिलाकाे घाँटी रेटेर हत्या, साेही दिन अन्य दुई वटा शव पनि फेला

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा एक महिलाकाे घाँटी रेटिएको अवस्थामा  शव फेला परेकाे छ ।

साेही ठाउँ निवासी ५८ वर्षीय कान्ति देवी मुखिया बिनको आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला परेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केसीले वताए ।

प्रहरी निरीक्षक केसीका अनुसार मङ्गलवार दिउसाे धारिलाे हतियारले घाँटी रेटिएको अवस्थामा विनकाे शव फेला परेकाे हाे । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको छ । 

सेन काटिएकाे (घरकाे भिता फाेडेर) शव फेला परेकाे फुसकाे घरमा रगत लागेकाे एउटा काठकाे भाटा समेत बरामद भएकाे छ । त्यसैले सेन काटेर ढाेका बन्द रहेकाे घर भित्र पसेर महिलाकाे हत्या भएकाे हुन सक्ने प्रहरीकाे आशंका छ ।

प्रहरीले घटना बारे अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले वताए । प्रहरीले शंकाकाे आधारमा घटना बारे साेधपुछ गर्न स्थानिय दुई जनालाई नियन्त्रमा समेत लिएकाे छ । प्रहरीले मंगलबार सांझ एक जनालाई र बुधबार विहान एक जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बिनको २ जना छोरा र ३ छोरी छन् । यद्यपि छोरीहरूको विवाह भएको छ भने कामको सिलसिलामा एक जना छोरा विदेश र अर्का छोरा नारायणघाटमा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएकी थिइन । 

मृतक बिनलाई दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट एउटा प्रहरी टोली घटना स्थल पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शवको प्रकृति जाँच मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केसीले बताए । 

वेवारिसे शव फेला 

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं.३ छप्कैयामा पनि मंगलबार एक युवककाे शव फेला परेकाे छ । 

छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा ब्लड बैंकको वालमा टासिई बनाएको सिमेन्टको स्लेप माथि जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको अवस्थामा मंगलबार विहान ०६:३० बजेको समयमा अन्दाजी ३० बर्षिय युवककाे शव फेला परेका प्रहरीले जनाएकाे छ ।

हाल सम्म शव फेला परेकाे व्यक्तिकाे नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

मृतककाे शव नारायणी अस्पताल वीरगंजकाे शव गृहमा राखीएकाे छ भने घटना बारे थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाले वताए ।

ठेलामा सुतिरहेकाे अवस्थामा शव फेला

यसैगरी वीरगंज महानगरपालिकाकाे वडा नं. ९ स्थित पानगलीमा पनि मंगलबार नै एक पुरुषकाे शव फेला परेकाे छ । सर्लाही निवासी ५० बर्षिय झगरु महताे नुनियाकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता थापाले वताए ।

स्थानियहरुका अनुसार ठेलामा सुतिरहेकाे अवस्थामा नुनियाकाे शव फेला परेकाे थियाे । घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी प्रवक्ता थापाले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...