Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

ग्रामिण क्षेत्रको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरभित्रको ग्रामिण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको रहेको बताएका छन् ।

बिहीबार वडा नं. ३० का स्थानीयहरुसँग लालपर्सामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले महानगरको ग्रामिण क्षेत्रको विकासका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।

प्राविधिक टोली सहित गाउँ पुग्नु भएका मेयर सिंहले स्थानीयले राखेका समस्या सम्बोधन गर्दै लालपर्सामा वर्षाका बेला हुने डुबान अन्त्य गर्न तत्काल पानी निकास हुने गरि आवश्यक स्थानहरुको पहिचान गरि कल्भर्ट निर्माण गराउने प्रतिबद्धता जनाए ।

लालपर्सामा वर्षाका बेला भेडाहा खोलाको पानी निकास नहुँदा हरेक वर्ष डुबान हुने गरेको छ । महानगर प्रमुख सिंहले प्राविधिक टोलीलाई डुबान क्षेत्र देखाउँदै पानी निकासका लागि आवश्यक ब्यवस्था मिलाउन निर्देशन पनि दिए ।

यस्तै मेयर सिंहले ग्रामिण क्षेत्रका महिलाहरुको आर्थिक अवस्था मजबुत बनाउन सीपमुलक कार्यक्रम संचालन गर्दै महिलाहरुले उत्पादन गरेका सामानको बजारिकरणको व्यवस्था महानगरले मिलाउने प्रतिबद्धता समेत जनाए ।

यस्तै लालपर्सामा रहेको विद्यालयको भौतिक संरचना निर्माणको काम यसै आर्थिक बर्षबाट सुरुवात हुने जानकारी दिँदै उनले विद्यालयको पठन पाठन चुस्त बनाउन शिक्षकको व्यवस्था मिलाउने पनि बताए ।

वडा नं. ३० का वडाअध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको भेलामा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश आमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुने 

अर्काे कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सिंहले लक्ष्मणवामा रहेको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउन गुरु योजना बनाएर काम अघि बढाएको बताएका छन् ।

डीपीआर निर्माणको काम सकिएको बताउँदै उनले यही छठ पर्व पछि पार्कलाई थप सुन्दर बनाउने गरि निर्माणको काम सुरु गरिने बताए ।

ज्येष्ठ नागरिक संघको ११ औँ साधारणसभा एवं विश्व अल्जाइमर्स दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बोल्ने भन्दा पनि काम गरेर देखाउने गरि आफू लागि परेको बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक संघका निवर्तमान अध्यक्ष समेत रहेका वरिष्ठ पत्रकार जगदिश शर्माले महानगरले ज्येष्ठ नागरिक संघका लागि गरेको सहयोगको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गरे ।

उनले राजेशमान सिंहको नेतृत्वमा रहेको महानगरले अहिले वीरगंज बनाउन विभिन्न योजनामा काम गरिरहेको भन्दै महानगरले गरेका राम्रा काममा सबैले साथ दिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा डा.श्यामसुन्दर दासले अल्जाइमर्सका बारेमा जानकारी दिएका थिए । संघका अध्यक्ष श्याम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण विनयराज गौतमले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...