Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पत्रकार खानको उपचारका लागि मेयर सिंहद्वारा सहयोग

spot_img
spot_img

वीरगंज । फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेकाे छ । पत्रकार खानकाे उपचारकाे लागि आर्थिक सहयाेगकाे आवश्यकता रहेकाे जानकारी पाउनासाथ मेयर सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

मेयर सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई मेयर सिंहले उपलब्ध गराएकाे चेक हस्तान्तरण गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

मेयर सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताए ।

वीरगंजेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उनले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताए ।

पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहेकी छन् । पति/पत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देस जारी गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...