Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजबाट लागु औषधसहित हेटाैडाका तामाङ पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिकाकाे वडा नं.४ निवासी ३४ बर्षिय अजित तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
विशेष सूचनाको आधारमा मिति बुधबार सांझ ५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डबाट तामाङलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले वताए ।
 
रक्सौलबाट वीरगंजतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा तामाङले उल्लेखित नम्बरको स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध बरामद भएकाे उनले वताए ।
 
तामाङकाे साथबाट ओनरेक्स १०० एमएलको ६९ बोत्तल फेला परेको हुँदा प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटी र उल्लेखित लागु औषधसहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...