Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

वीरगंजबाट लागु औषधसहित हेटाैडाका तामाङ पक्राउ

spot_img
spot_img
वीरगंज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिकाकाे वडा नं.४ निवासी ३४ बर्षिय अजित तामाङलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
 
विशेष सूचनाको आधारमा मिति बुधबार सांझ ५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ स्थित शंकराचार्य गेट स्थित सडकखण्डबाट तामाङलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले वताए ।
 
रक्सौलबाट वीरगंजतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटीलाई रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा तामाङले उल्लेखित नम्बरको स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध बरामद भएकाे उनले वताए ।
 
तामाङकाे साथबाट ओनरेक्स १०० एमएलको ६९ बोत्तल फेला परेको हुँदा प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटी र उल्लेखित लागु औषधसहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता थापाद्वारा जारि प्रेस विज्ञप्तीमा उल्लेख छ ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...