Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सर्लाही घटनाकाे विराेधमा शनिबार वीरगंज बन्दकाे आव्हान

spot_img
spot_img

वीरगंज । सर्लाहीको सदरमुकाम मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार वीरगंज बन्दकाे आव्हान गरिएकाे छ । हिन्दूवादी युवाहरुले शुक्रबार सांझ वीरगंजमा प्रदर्शन गर्दै शनिबार वीरगंज बन्दकाे घाेषणा गरेका हुन् ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर छ । 

साेही घटनाकाे विराेधमा हिन्दुवादी संघ/संगठनहरुले वीरगंज बन्दकाे आवहान गरेका हुन् । वीरगंज बन्दलाई सफल बनाउन हिन्दु युवाहरुले शुक्रबार सांझ वीरगंजमा निकालेकाे माेटरसाइकल र्याली वीरगंज बजार क्षेत्रकाे परिक्रममा गर्दै घण्टाघरमा पुगेर सम्पन्न भएकाे थियाे ।

घण्टाघरमा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन समेत गरेका थिए । उनीहरुले शनिबार वीरगंजका पसलहरु बन्द गरेर बन्द सफल बनाउन वीरगंजबासीमा आग्रह समेत गरे । 

प्रदर्शनकारीहरुले भाेलीकाे बन्द सफल पार्न शनिबार विहान १० बजे वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा समाजका सबै जनालाई जम्मा हुन पनि आवहान गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...