Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

मन्त्री सिंहद्वारा यातायात कार्यालय वीरगंजकाे अनुगमन

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंह वीरगंजस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनी शुक्रवार दिउसो कार्यालयको छड्के अनुगमन गरेका हुन् ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरे पनि सेवाग्राहीले सास्ती भोग्दै आएको भन्दै गुनासो बढिरहँदा मन्त्री सिंह यातायात कार्यालय मै पुगेर स्थलगत अनुमन गरेकाे उनकाे सचिवालयले जनाएकाे छ ।

अनुगमनका क्रममा रहेका मन्त्री सिंहसँग सेवाग्राहीले यातायात कार्यालयको व्यवस्थापन बारे आपत्ति जनाएका थिए । सरकारले यसमा एक्सन लिनुपर्ने उनीहरुको माग थियो ।

मन्त्रीसंग यातायात कार्यालय जनमत पार्टी पर्साका इन्चार्ज माधव सिंह, जिल्ला संयोजक ओमप्रकाश सर्राफ, महानगर युवा अध्यक्ष संजय सिंह लगायतकाे समेत उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...