Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

रिसिबी साध्न वडाध्यक्ष यादवले निजी घर भत्काएकाे आराेप

spot_img
spot_img

कलैया । कलैया उपमहानगरपालिका वडा नं. २३ निवासी अनिल पटेलले वडा नं. ४ का वडाध्यक्षले रिसिबी साध्न निजी जग्गामा निर्माण गरिएको घर (गोदाम) भत्काएको आरोप लगाएका छन् ।

कलैया बरियारपुर हुलाकी सडक खण्ड अन्तर्गत वडा नं. ४ स्थित पर्ने हनुमान मन्दिरदेखि उत्तरपट्टि कलैया अदालतसम्म जाने बाटो बनाउने नाममा हनुमान मन्दिर स्थित निजी जग्गामा निर्माण गरिएको गोदाम भत्काएको आरोप लगाएका हुन् ।

नक्सामा हुलाकी सडक स्थित हनुमान मन्दिरदेखि अदालत जाने बाटो कायम नरहेको अवस्थामा पटेल र उनको पश्चिमपट्टि रहेको जग्गाधनीले १०/१० फिट जग्गा दिई बाटो बनाएका छन् । कलैया उपमहानगरपालिकाका पूर्व नगर प्रमुख राजेश राय यादव एवं पूर्व वडाध्यक्ष जाटाशंकर सहनीको पहलमा सामाजिक व्यवहार अनुसार दुबै पक्षबाट जग्गाधनीले २० फिट जग्गा दिई बाटो निर्माण गराएका थिए ।

पटेलले सडक निर्माणको लागि आफ्नो निजी जग्गाबाट १० फिट जग्गा दिएका छन् । त्यहाँ कच्ची ग्राइभेल सडक निर्माण गरिएको छ । निजी जग्गा २० फिट दिएर सडक निर्माण गरेतापनि वर्तमान वडाध्यक्ष रामेश्वर प्रसाद यादवले पुरानो रिसिवी साध्न ३० फिटको जग्गा निर्माण गर्ने भनेर घर भत्काएको घरधनी पटेलको आरोप छ ।

वडाध्यक्ष यादवले कलैया उपमहानगरपालिकाका नगर प्रहरी सहित डोजर बोलाएर एकाविहानै घर तोडेको पटेलको भनाई छ । एक हप्ता अगाडि मात्रै घरधनी पटेलले सडक विस्तार हुने कुरा जानकारी पाएका थिए ।

वडाध्यक्ष यादवले घरधनी पटेललाई फोनमा घर कहिले तोड्ने भनेर सोधेपछि निजी जग्गामाथिको घर तोड्ने वडाध्यक्षको ग्राइन डिजाइनबारे थाहा पाएपछि पटेलले उच्च अदालत जनकपुर, अस्थायी इजसाल वीरगंजमा भदौ २९ गते मुद्दा दर्ता गराएका थिए ।

त्यस पश्चात उच्च अदालतले असोज ७ गते आइतबार छलफल पेशीको लागि कलैया उपमहानगरपालिकालाई पत्र पठाए पश्चात वडाध्यक्षले ५ गते एकाविहानै दलबल सहित पुगी घर भत्काएका थिए ।

वडाध्यक्ष यादवले अदालतमा मुद्दा किन दिएको ? भन्दै घर तोडेको सँगै रहेका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुरले बताए । घर भत्काउने बखत घरधनीले सोधपुछ गर्दा घरधनी एवं परिवारका सदस्यहरुलाई कुटपिट समेत गरेको घरधनी पटेलको भनाई छ ।

वडाध्यक्षले कुनैपनि जानकारी नदिई एकाविहानै घरमा सूचना टाँस गरि तोडेको स्थानीयहरुको भनाई छ । घर तोडफोड हुन थाले पश्चात स्थानीयले घरधनी पटेललाई खबर गरेका थिए । त्यस पश्चात घरधनी पटेल आएर सोधपुछ गर्दा वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरी पटेलमाथि हातपात गरेका थिए ।

वडाध्यक्षका कार्यकर्ता एवं नगर प्रहरीले बुवामाथि हेलमेट हिर्काएका घरधनी पटेलले वताए । यसका साथै नगर प्रहरीले आफ्नाे भाईलाई लठ्ठी र मुक्काले नाकमा हानी कुटपिट गरेकाे वताए ।

वडाध्यक्षले गुण्डागर्दी शैलीमा अन्य केही स्थानीयहरुको पनि घर तोडफोड गरेको स्थानीयहरुको भनाई छ । उनीहरुका अनुसार कसैलाई केही जानकारी नदिई २० फिटको सडक हुँदाहुँदै थप सडक विस्तार गर्ने बहानामा जथाभावी तोडफोड गर्ने गरेको स्थानीयहरुको आरोप छ । 

यसबारे वडाध्यक्ष रामेश्वर प्रसाद यादवसँग बुझ्दा स्थानीय सरकार ऐन अन्तर्गत ३० फिटको सडक विस्तार गर्नको लागि घर भत्काएको बताए । उनले स्थानीय सरकारले त्यस ठाउँमा ३० फिटको सडक विस्तार गर्न स्थानीयसँग सहमति गरे अनुसार नै त्यहाँका घरहरु भत्काउने कार्य गरेको बताए ।

सडक विस्तार गर्नको लागि सबै नियम कानूनी प्रक्रिया पुर्‍याएको उनको भनाई छ । तर घरधनीले आफ्नो निजी जग्गाबाट सडक दिँदा पनि घर भत्काएको बताएका छन् ।

सडक विस्तारबारे आफूहरुलाई कुनैपनि जानकारी नरहेको स्थानीयहरुको भनाई छ । घर भत्काइएका घरधनी अनुसार यहाँका स्थानीयसँग कुनै किसिमको छलफल अर्थात सहमति भएकाे छैन् ।

वडाध्यक्षले आफ्नो निहीत स्वार्थ पुरा एवं पुरानो रिसिवी साध्न यो प्रोपगण्डा मच्चाएको घरधनीकाे आराेप छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...