Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

धर्म संस्कृतिको संरक्षण नै हाम्रो पहिचान हो : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हराउन लागेका संस्कृतिको संरक्षण र त्यसको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताएका छन् ।

आफ्नो धर्म सस्कृतिको रक्षा र संरक्षणबाट मात्रै आफ्नो पहिचान स्थापित हुने भएकाले त्यसको संरक्षणमा सबै लाग्नु पर्नेमा उनले जोड दिए । नव जनकल्याण युवा संजालको आयोजनामा बिहीबार साँझ आयोजित कार्यक्रममा मेयर सिंहले यस्तो बताएका हुन् ।

संजालले कृष्ण अष्ठमीको अवसरमा वीरगंजबाट लोप भएको झुलन महोत्सव आयोजना गरि झुलन संस्कृतिको पुनर्ताजगी गराएको थियो ।

महोत्सवमा विभिन्न चरित्रको भुमिका निर्वाह गरेका बालबालिकालाई कार्यक्रमको अवसरमा सम्मान गर्दै मायाँको चिनो तथा प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

विगतमा कृष्ण जन्माष्ठमीका बेला भब्य रुपमा लाग्ने झुलन महोत्सव केही वर्ष यता हराउँदै जाँदा अहिले नयाँ पुस्ताले उक्त संस्कृति देख्नबाट बन्चित हुन परेको थियो । संजालको सकृयता र महानगरपालिकाको सहयोगमा यस वर्ष कृष्ण जन्माष्ठमीका दिन यो महोत्सव देखाइएको थियो ।

अब हरेक वर्ष यो महोत्सवलाई निरन्तरता दिने संजालका अध्यक्ष मो.सगिर अलिले बताउनुभयो । जाति र धर्म भन्दा माथि उठेर सामाजिक सद्भाव कायम गर्दै धर्म संस्कृतिको रक्षाका लागि सबै लाग्नु पर्नेमा संजालका अध्यक्ष अलिले जोड दिए ।

कार्यक्रम संयोजक रमिता मायाँ गुप्ताको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, साबिह दरबारका अध्यक्ष उमेशलाल सहनी, महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेल, रा.प्र.पा.का नेता नरेस साह कानु, गहवामाई अतिथि सदनका दिना गुप्ता, अमित सिंह, अंजन गुप्ता, विजय सर्राफ लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...