Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 483

प्रिन्सपल स्वर्णकारकाे हत्यामा संलग्न एक महिलासहित ३ पक्राउ

0

वीरगंज । बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षक हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।

बाल एकता बाेर्डिङ स्कुल कलैयाका संचालक एवम् प्रिन्सपल रुपेश स्वर्णकार (सर्राफ) काे साेमबार दिउसाे १:१५ बजेकाे समयमा कलैया उपमहानगरपालिकाकाे वडा नम्बर ६ मदरशा टाेलस्थित अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे ।

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले सर्राफकै स्कुलकी पूर्व शिक्षिका कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया एक महिला र दुई पुरुषा गरि तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।

हत्यामा संलग्न रहेकाे आशंकामा साेमबार बेलुकीसम्म एक महिलासहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्याैपानेले बताए ।

प्रहरी स्राेतका अनुसार सर्राफ हत्याको योजना बनाएको आशंकामा सुरुमा उनकै स्कुलका पूर्व शिक्षिकालाई पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे । त्यसपछि थप दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेकाे हाे ।

कलैया उपमहानगरपालिका–६ का ४० वर्षीय मृतक सर्राफका १ नाबालिक छोरा, १ छोरी र श्रीमती छन् ।

‘घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । उनले भने “सीसीटीभीको सहाराले अनुसन्धानमा सहयोग मिल्यो । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ । भाेली मंगलबार सम्म सबै कुरा खुल्छ ।”  

कलैयाको मुख्य बजारको कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

नेपाल राष्ट्रिय मावि र हजारी ‘मार्केट’ को बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमै सर्राफमाथि गोली हानेको प्रत्यक्षदर्शीको भनाइ छ ।

छाती र टाउकोमा चार वटा गोली लागेका उनलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकी वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना गरिएको केहीबेरमै बयोधा अस्पतालमा उनलाई मृत घाेषणा गरेकाे थियाे ।

सोमबार साँझ घटनाको विरोधमा कलैयाको भरत चोकमा प्रदर्शन समेत गरिएको थियाे । सुरक्षा अवस्था कमजोर भएको र दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, कलैयासहित जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउनुपर्ने भन्दै प्रदर्शन भएको हो । कलैयामा बिग्रिएका सीसीटीभी तत्काल बनाउन पनि प्रदर्शनमा उत्रिएका स्थानियहरुले माग गरेका हुन् ।

कुनै गुनासो नआउने गरि काम गर्न मेयर सिंहकाे निर्देशन

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सोमबार वडा नं. २२ को जगर्नाथपुर र मनियारीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या बारे जानकारी लिएका छन् ।

जगर्नाथपुरमा आउजाउ गर्न सडकको समस्या रहेकाले यसै आर्थिक वर्षमा सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता उनले जनाए । यस्तै मुस्लिम समुदायलाई शव अन्त्येष्टिका लागि कबरगाहा निर्माण गर्ने पनि उनले बताए ।

नजिकिँदै गरेको छठलाई मध्यनजर गर्दै उनले छठ घाटको निर्माण र सजावट आकर्षक देखिने गरि गर्न पनि निर्देशन दिए ।

महानगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर अवधेश कुशवाहा लगायतको टोली सहित पुग्नु भएका मेयर सिंहले महानगरले गर्ने हरेक कार्य गुणस्तरीय रुपमा निर्माण गराउन निरन्तरत अनुगमनमा खट्न पनि इन्जिनियरहरुलाई निर्देशन दिए ।

स्थानीयको कुनै पनि गुनासो नआउने गरि काम गर्न निर्देशन दिँदै उनले तत्काल सडक, कबरगाह र छठघाट निर्माणको काम अघि बढाउने बताए ।

वडा नं. २२ का वडाध्यक्ष द्वारिका महतोले आफ्नो वडा वासीको समस्या बुझ्न मेयर आफैँ वडामा आउनुले आफूहरुलाई काम गर्ने हौसला मिलेको बताए ।

यस्तै मेयर सिंहले आजै मनियारीका स्थानीयसँग पनि भेट गर्दै त्यहाँको समस्याका बारेमा जानकारी लिएकाे उनकाे सचिवालयले जनाएकाे छ ।

स्वर्णकार हत्याकाे विराेधमा प्याब्सनद्वारा विद्यालय बन्द आव्हान

0

वीरगंज । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले बाल एकता इङ्लिस बोर्डिङ स्कूल कलैयाका प्रधानाध्यापक रूपेश स्वर्णकार (सर्राफ)को दिनदहाडै गोली हानी हत्या गरिएकाे विराेधमा मंगलबार विद्यालय बन्दकाे आव्हान गरेकाे छ ।

प्रधानाध्यापक सर्राफकाे हत्याको शोक र विरोधमा कार्तिक १४ गते मंगलबार प्याब्सन अर्न्तगतका सम्पूर्ण विद्यालयहरू बन्द रहने प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले जानकारी दिए ।

प्याब्सन पर्सा र वीरगंजले साेमबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बाराको सदरमुकाम कलैया उपमहानगरपालिकास्थित प्रधानाध्यापक रूपेश सर्राफकाे दिनदहाडै गोली हानी गरिएको हत्याको घटनाप्रति घोर भत्सर्ना समेत गरेकाे छ ।

जिल्लाको सदरमुकाममै दिनदहाडै विद्यालयका प्रधानाध्यापक सर्राफलाई गोली हानी हत्या हामीलाई गम्भीर बनाएको छ । यस घटनाले शिक्षक विद्यार्थी लगायत कोही पनि सुरक्षित नरहेको तितो यथार्थलाई उजागार गरेको हाम्रो ठहर छ । जारि विज्ञपतीमा उल्लेख गरिएकाे छ ।

साथै प्याब्सनले सर्राफको हत्यामा संलग्न दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग  जोडदार माग समेत गरेकाे छ । दोषीलाई पक्राउ गरी पिडितलाई न्याय दिलाउन कुनै ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने व्यहोरा पनि जारि विज्ञप्ति उल्लेख गरिएकाे छ ।

यसैगरी एन प्याब्सन बाराले पनि मंगलबार बाराका सबै बिधालय बन्द गर्न आव्हान गरेकाे छ । प्रधानाध्यापक सर्राफकाे हत्या विराेधमा दाेषी उपर कारवाहीकाे माग गर्दै विद्यालय बन्दकाे आव्हान गरिएकाे एन प्याब्सन बाराले जनाएकाे छ ।

छुरा प्रहार गरि श्रीमतीकाे हत्या गर्ने श्रीमान इजहारुल पक्राउ

0
हत्या आराेपमा पक्राउ परेका नुरजहान, एजहारुलहक र मृतक महिमा । तस्बिर : कालिका टाईम्स

वीरगंज । छुरा प्रहार गरि श्रीमतीकाे हत्या गर्ने वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी ४५ बर्षिय एजहारूलहक अंसारीलाई प्रहरीले पक्राउ गरेकाे छ । 

घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरि कान्छि श्रीमतिकाे हत्या गरेकाे आराेपमा अंसारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार एजहारुलहकले आफ्नै कान्छी श्रीमती २८ बर्षिय महिमा खातुनलाई कार्तिक ४ गते राति ८:३० बजेकाे समयमा घरायसी विवादका कारण कुटपिट गर्नुकाे साथै छुरा प्रहार गरि घाइते बनाएका थिए ।

गम्भिर घाईते महिमाकाे उपचारको क्रममा घटना भएकाे भाेली पल्ट कार्तिक ५ गते विहान १०:३० बजे वीरगंजस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएकाे थियाे । मृतककाे शव पाेष्टमार्टमा वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे थियाे ।

घटना भएकै दिन महिमाकाे हत्यामा संलग्न एजहारुलकी जेठी श्रीमती ३८ बर्षिय नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । तर छुरा प्रहार गर्ने एजहारुल फरार भएका थिए ।

एजहारुलाई प्रहरीले कार्तिक ६ गते नै पक्राउ गरेकाे जनाएपनि ७ दिनपछि कार्तिक १३ गते साेमबार मात्र सार्वजनिक गरेकाे छ ।  

प्रहरीका अनुसार घरायसी विवादका कारण ससुरा ६५ बर्षिय फजल करिम मियाँ, सासु आमा ६३ बर्षिय सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले मृतक महिमालाई कुटपिट गरेको र सोही क्रममा अभियुक्त एजहारूलहकले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

अहिले पनि घटनामा संलग्न मृतकका ससुरा फजल र सासु आमा सरिफन फरार नै रहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका अभियुक्तहरूलाई पर्सा जिल्ला अदालतबाट १२ दिनकाे म्याद थप अनुमति प्रदान गरी घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको र अन्य अभियुक्तहरूकाे खोजतलास पनि भइरहेकाे जिल्ला प्रहरी कार्यालयले साेमबार प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

जेठी श्रीमतीसंग सन्तान नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए ।  महिमाकाे एउटा ३ बर्षिय छाेरी र एक बर्षिय छाेरा छन् । 

वीरगंज कै राधे‍माईस्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय पहिला श्रीमान इजहारुल विरुद्ध अदालतमा अंशकाे मुद्दा दिएकी थिइन । मुद्दा हाल विचारधिन अवस्थामा रहेकाे उनका आफन्तजनले जनाएका छन् । 

जगरनाथपुरमा एक युवतीकाे शव फेला

0
सांकेतिक तस्बिर

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ ।

जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे अवस्थामा एक महिलाकाे शव भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिए ।

खाेलाकाे छेउमा कालाे रंगकाे जिन्स पाइन्ट लगाएकी अन्दाजी १६-१७ बर्षिय अपरिचित महिलाकाे शव फेला परेकाे उनले वताए । कालाे रंगकाे रबरले एउटा कपाल बाँधिएकाे मृतक महिलाकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

शव पाेष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केशरीले वताए ।

कलैयामा अज्ञात समुहकाे गाेली प्रहारबाट गम्भिर घाइते स्वर्णकारकाे मृत्यु

0

वीरगंज । बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदारसा टाेलस्थित आज दिउसाे अज्ञात समुहद्वारा भएकाे गाेली प्रहारबाट गम्भिर घाइते रुपेश स्वर्णकारकाे मृत्यु भएकाे छ । 

कलैयाको बाल एकता बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सिपल ३५ बर्षिय स्वर्णकारकाे उपचारकाे क्रममा वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैया बजारबाट खाजा लिई स्कुल तर्फ जादै गरेकाे स्वर्णकारमाथि साेमबार दिउसाे १:१५ बजेकाे समयमा नम्बर नखुलेकाे माेटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुकाे समुहले गाेली प्रहार गरि फरार भएका थिए ।  कालो सर्ट, जिन्स पाईन्ट लगाएको र मुखमा रुमाल बान्धेको मानिसहरुले गोलि प्रहार गरि फरार भएकाे प्रहरीले जनाएकाे छ ।

अज्ञात समुहले ना. ५३ प. ९१२८ नम्बरकाे २२० सिसिकाे प्लसर मोटरसाइकलमा सवार स्वर्गकारकाे छाती र टाउकोमा दुई राउन्ड गोलि प्रहार गरि फरार भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।  

गम्भिर घाइते स्वर्णकारकाे प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि वीरगंजस्थित बयाेधा हस्पिटलमा रेफर गरिएको थियाे । बयाेधा हस्पिटलमा उपचारकाे क्रममा १:५६ बजे मृत्यु भएकाे बारा प्रहरीले जनाएकाे छ ।

गोलि प्रहार गर्ने समुहकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । घटना स्थलबाट सानो पेस्तोलमा लाग्ने ४ वटा गोलीको खोका समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

मैत्रीपुलबाट एक बालिकाको उद्धार, ३ मानव तस्कर पक्राउ

0

वीरगंज । नेपाल भारतकाे सिमामा रहेकाे मैत्रीपुलबाट एसएसबीले अर्की एक बालिकाको उद्धार गरेकाे छ ।

मानव बेचबिखन विरोधी इकाई एरिया हेडक्वार्टर, ४७ औं कोर एसएसबी रक्सौल कार्यालयले मैत्रीपुलबाट आइतबार एक बालिकाकाे उद्धार गर्नुकाे साथै ३ जना मानव तस्करलाई नियन्त्रणमा लिइएकाे इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिए । उद्धार गरिएकी बालिका नवौं कक्षाकी विद्यार्थी हुन् ।

पक्राउ परेका मोहम्मद अस्लम, मोहम्मद समिमुल्लाह र मोहम्मद नौशाद आलम विरुद्ध चिरैया प्रहरी चौकीमा एफआइआर दर्ता गराइएकाे उनले वताए । पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि प्रहरी ओपी हरैयालाई बुझाएपछि चिरैया थानाको प्रहरीले तीनै जनालाई कारागार पठाउने प्रक्रिया अघि बढाएको उनले वताए ।

इन्स्पेक्टर शर्माका अनुसार रक्सौलको एफ कम्पनी (विमानस्थल) नजिकैको मैत्रीपुलमा तीन जना युवा र एक नाबालिग बालिकालाई छोडेको देखियो । त्यसपछि तीनैजनालाई रोकियो, तीनैजनाले केही बोलिरहेका थिएनन्, कुनै पनि जानकारी बाहिर आएनन्, त्यसपछि तीनैजनालाई सोधपुछ गर्दा अस्लम, समिमुल्लाह र आलम मिलेर मनिषा शर्मा (नाम परिर्वतन) लाई प्रलोभनमा पारेर २० दिनअघि मोतिहारीबाट अपहरण गरेको खुलासा भएको थियो ।  

पक्राउ परेका मध्येका अस्लम काठमाडौंमा वेल्डिङको काम गर्थे । मनिषा आफ्नो काकाको स्कुल जीएस पब्लिक स्कुलमा पढ्दै गर्दा अस्लमसँग परिचय भएको थियो । तर ती व्यक्तिले त्यो विद्यालयमा पढेका पनि छैनन् । ती युवकले करिब आठ–नौ महिनादेखि युवतीलाई आफूसँग प्रेम गर्न खोजेका थिए र अन्ततः सफल भएर युवतीलाई घरबाट लगेर भागेका थिए ।

युवतीलाई भाग्न कुनै समस्या नहोस् भन्नका लागि आदापुरका साथी विक्रमलाई सहयोगका लागि रु तीन हजार दिएको युवकले बताए । कुनै विशेष संस्थाले हो कि होइन भन्ने विषयमा गम्भीरतापूर्वक लिइएको छ । यसको कोषमा संलग्न छ । हात होइन । केटाले विवाहपछि केटीको धर्म परिवर्तन गर्न चाहेको स्वीकार गरेका छन् ।

पीडित बालिकालाई सल्लाह दिन प्रयास बाल सहायता केन्द्रकी आरती कुमारीलाई पनि बोलाइएको थियो । त्यसपछि थाहा भयो कि बालिका नाबालिग थिइन् र अस्लमले केटीलाई फसाउन धेरै खर्च गरेका थिए, जसका कारण केटी प्रभावित भइन् । अस्लमले केटीको लागि नयाँ आधार कार्ड बनाएका थिए । जसमा केटीलाई वयस्क बनाइएको थियो । ताकी उनले केटीसँग अदालतमा विवाह गर्न सकून् ।

मानव बेचबिखनमा संलग्न व्यक्तिहरूले पहिले पीडितहरूको विश्वास जित्छन् र यसका लागि उनीहरूले एक वा दुई वर्ष समय र पैसा खर्च गर्छन्, त्यसपछि उनीहरूले मौका पाएपछि केटीहरूलाई बच्चा जन्माउने र सम्बन्धविच्छेद गर्दै आएकाे इन्स्पेक्ट शर्माले वताए । जस कारण केटीहरू गलत बाटोमा फस्छन्।

 घटनास्थलमा इन्स्पेक्टर शर्माकाे साथै मानव बेचबिखन विरोधी इकाई एसएसबीका जवान पम्मी मिश्राको पनि उपस्थिति रहेकाे थियाे ।

नेपाल–भारत सीमामा रहेको मैत्रीपुलमा एसएसबी चौकी स्थापना भएदेखि नै मानव बेचबिखनका संलग्नहरु पक्राउ पर्नेहरुकाे संख्यामा बृद्धि भएकाे भारतिय एसएसबिले जनाएकाे छ ।

वीरगंजबाट छुटेकाे ट्रक अमलेखगंजमा पक्राउ

0

वीरगंज । बारा प्रहरीले अबैध सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ । विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रक बाराकाे जितपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकबाट नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार विहान ०१:१५ बजेको समयमा विरगंजबाट झापातर्फ ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढीकाे फेला परेका कारण नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

श्रोत खुलाउन नसकेको अन्दाजी मूल्य पर्ने ६२ लाख ६१ हजार ५ सय ३७ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले आइतबार प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

पर्सामा लागु औषधसहित ३ जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.५ सुहपुर निवासी ४५ बर्षिय हिरामन यादव, चितवनकाे कालिका नगरपालिका वडा नं.६ निवासी १९ बर्षिय सुजन तिवारी र चितवन कै कालिका नगरपालिका वडा नं.३ निवासी १९ बर्षिय शक्ति परियार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थायी प्रहरी पोष्ट सुपौलीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं. ५ निचुटा नौगछिया स्थितबाट लागु औषध गाँजासहित हिरामन यादवलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिषेश सुचनाको आधारमा शनिबार राती ११:३० बजेको समयमा खटिएकाे प्रहरी टाेलीले बिआर २२ एई ६७४०  नम्बरको स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक हिरामनले मोटरसाइकल पछाडी बोरामा राखेकाे अबैध लागु औषध गाँजा १० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

यसैगरी अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ ईनर्वागाउँ चोक स्थितबाट लागु औषध खैरो हिरोईनसहित सुजन तिवारी र शक्ति परियारलाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सुजनको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र शक्तिकाे साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापाले वताए ।

दुबै जनालाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

चाेरीमा संलग्न नगवाका शेख र पवन पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले दशैकाे बेला वीरगंजकाे एक घरमा भएकाे चाेरीमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा निवासी ३२ बर्षिय शेख मख्खु र साेही ठाउँ निवासी ३० बर्षिय पवन यादवलाई नियन्त्रणमा लिएकाे हाे ।

चोरीमा संलग्न मध्येका शेख मख्खुको साथबाट सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, चन्द्रमाको कभर १ थान, सुन जस्तो देखिने डल्लो १ थान, मंगल सुत्र १ थान, कानको टप १ थान, चाँदी जस्तो देखिने धातुबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र रू एक हजार दरका नोट १५ थान अर्थात १५ हजार नगद फेला परेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे हरिवन नगरपालिका वडा नं.१ जानकीनगर घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं.५ स्थित घर कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरू साथमा  घर गएको मौका छोपी कार्तिक ८ गते घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर-गहाना तथा नगद समेत गरी अन्दाजी १० लाख बराबरका मालबस्तुहरू तथा गरगहानाहरू चोरी भएको थियाे ।

चाेरीकाे सूचनाको आधारमा कार्तिक ११ गते शनिबार दिउसाे ४:३० बजेकाे समयमा प्रहरी टोलीले दुबै जनालाई  नियन्त्रणमा लिई अनुसन्धान गर्दा शेख मख्खुकाे साथबाट चाेरी भएकाे गरगहना समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जना विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।