Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

पर्सामा लागु औषधसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं.५ सुहपुर निवासी ४५ बर्षिय हिरामन यादव, चितवनकाे कालिका नगरपालिका वडा नं.६ निवासी १९ बर्षिय सुजन तिवारी र चितवन कै कालिका नगरपालिका वडा नं.३ निवासी १९ बर्षिय शक्ति परियार रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थायी प्रहरी पोष्ट सुपौलीबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले पटेर्वासुगौली गाउँपालिकाकाे वडा नं. ५ निचुटा नौगछिया स्थितबाट लागु औषध गाँजासहित हिरामन यादवलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

बिषेश सुचनाको आधारमा शनिबार राती ११:३० बजेको समयमा खटिएकाे प्रहरी टाेलीले बिआर २२ एई ६७४०  नम्बरको स्पलेण्डर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक हिरामनले मोटरसाइकल पछाडी बोरामा राखेकाे अबैध लागु औषध गाँजा १० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

यसैगरी अस्थायी प्रहरी पोष्ट ईनर्वागाँउबाट खटिएको नियमित चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ ईनर्वागाउँ चोक स्थितबाट लागु औषध खैरो हिरोईनसहित सुजन तिवारी र शक्ति परियारलाई पक्राउ गरेकाे हाे ।

भारतबाट नेपालतर्फ आउँदै गरेका संकास्पदरूपमा हिँडिरहेका २ जना व्यक्तिलाई रोकी कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सुजनको साथबाट प्रतिबन्धित लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १.५ ग्राम र शक्तिकाे साथबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट ९ पत्तामा ३० ट्याब्लेटका दरले जम्मा २७० पिस नाईट्राभेट ट्याब्लेट फेला परेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी थापाले वताए ।

दुबै जनालाई उक्त लागु औषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे डिएसपी थापाले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...