Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जगरनाथपुरमा एक युवतीकाे शव फेला

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित खाेलामा एक अपरिचित महिलाकाे शव फेला परेकाे छ ।

जगरनाथपुर गाँउस्थित चन्द्रावती खाेलामा साेमबार बिहान सडेगलेकाे अवस्थामा एक महिलाकाे शव भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीका प्रहरी निरिक्षक रामराजा केशरीले जानकारी दिए ।

खाेलाकाे छेउमा कालाे रंगकाे जिन्स पाइन्ट लगाएकी अन्दाजी १६-१७ बर्षिय अपरिचित महिलाकाे शव फेला परेकाे उनले वताए । कालाे रंगकाे रबरले एउटा कपाल बाँधिएकाे मृतक महिलाकाे परिचय खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ ।

शव पाेष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएको र घटना बारे अनुसन्धान भइरहेकाे प्रहरी निरिक्षक केशरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...