Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

कलैयामा अज्ञात समुहकाे गाेली प्रहारबाट गम्भिर घाइते स्वर्णकारकाे मृत्यु

spot_img
spot_img

वीरगंज । बारा सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदारसा टाेलस्थित आज दिउसाे अज्ञात समुहद्वारा भएकाे गाेली प्रहारबाट गम्भिर घाइते रुपेश स्वर्णकारकाे मृत्यु भएकाे छ । 

कलैयाको बाल एकता बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सिपल ३५ बर्षिय स्वर्णकारकाे उपचारकाे क्रममा वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

कलैया बजारबाट खाजा लिई स्कुल तर्फ जादै गरेकाे स्वर्णकारमाथि साेमबार दिउसाे १:१५ बजेकाे समयमा नम्बर नखुलेकाे माेटरसाइकलमा सवार ४ जना अपरिचित व्यक्तिहरुकाे समुहले गाेली प्रहार गरि फरार भएका थिए ।  कालो सर्ट, जिन्स पाईन्ट लगाएको र मुखमा रुमाल बान्धेको मानिसहरुले गोलि प्रहार गरि फरार भएकाे प्रहरीले जनाएकाे छ ।

अज्ञात समुहले ना. ५३ प. ९१२८ नम्बरकाे २२० सिसिकाे प्लसर मोटरसाइकलमा सवार स्वर्गकारकाे छाती र टाउकोमा दुई राउन्ड गोलि प्रहार गरि फरार भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।  

गम्भिर घाइते स्वर्णकारकाे प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि वीरगंजस्थित बयाेधा हस्पिटलमा रेफर गरिएको थियाे । बयाेधा हस्पिटलमा उपचारकाे क्रममा १:५६ बजे मृत्यु भएकाे बारा प्रहरीले जनाएकाे छ ।

गोलि प्रहार गर्ने समुहकाे खाेजी कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । घटना स्थलबाट सानो पेस्तोलमा लाग्ने ४ वटा गोलीको खोका समेत फेला परेको प्रहरीले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...