Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026

छुरा प्रहार गरि श्रीमतीकाे हत्या गर्ने श्रीमान इजहारुल पक्राउ

spot_img
spot_img

वीरगंज । छुरा प्रहार गरि श्रीमतीकाे हत्या गर्ने वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी ४५ बर्षिय एजहारूलहक अंसारीलाई प्रहरीले पक्राउ गरेकाे छ । 

घरायसी विवादका कारण कुटपिट तथा धारिलो चक्कुले छाती तथा पेटमा प्रहार गरि कान्छि श्रीमतिकाे हत्या गरेकाे आराेपमा अंसारीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार एजहारुलहकले आफ्नै कान्छी श्रीमती २८ बर्षिय महिमा खातुनलाई कार्तिक ४ गते राति ८:३० बजेकाे समयमा घरायसी विवादका कारण कुटपिट गर्नुकाे साथै छुरा प्रहार गरि घाइते बनाएका थिए ।

गम्भिर घाईते महिमाकाे उपचारको क्रममा घटना भएकाे भाेली पल्ट कार्तिक ५ गते विहान १०:३० बजे वीरगंजस्थित वीरगंज हेल्थ केयर अस्पतालमा मृत्यु भएकाे थियाे । मृतककाे शव पाेष्टमार्टमा वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे थियाे ।

घटना भएकै दिन महिमाकाे हत्यामा संलग्न एजहारुलकी जेठी श्रीमती ३८ बर्षिय नुरजहान खातुनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । तर छुरा प्रहार गर्ने एजहारुल फरार भएका थिए ।

एजहारुलाई प्रहरीले कार्तिक ६ गते नै पक्राउ गरेकाे जनाएपनि ७ दिनपछि कार्तिक १३ गते साेमबार मात्र सार्वजनिक गरेकाे छ ।  

प्रहरीका अनुसार घरायसी विवादका कारण ससुरा ६५ बर्षिय फजल करिम मियाँ, सासु आमा ६३ बर्षिय सरिफन खातुन र सौता वर्ष ३८ की नुरजहान खातुन समेतले मृतक महिमालाई कुटपिट गरेको र सोही क्रममा अभियुक्त एजहारूलहकले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

अहिले पनि घटनामा संलग्न मृतकका ससुरा फजल र सासु आमा सरिफन फरार नै रहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका अभियुक्तहरूलाई पर्सा जिल्ला अदालतबाट १२ दिनकाे म्याद थप अनुमति प्रदान गरी घटना सम्बन्धमा थप अनुसन्धान भैरहेको र अन्य अभियुक्तहरूकाे खोजतलास पनि भइरहेकाे जिल्ला प्रहरी कार्यालयले साेमबार प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

जेठी श्रीमतीसंग सन्तान नभएपछि इजहारुलले जिल्ला बारा कलैया उपमहानगरपालिकाको घुसुकपुरुवा निवासी मृतक महिमासंग विवाह गरेका थिए ।  महिमाकाे एउटा ३ बर्षिय छाेरी र एक बर्षिय छाेरा छन् । 

वीरगंज कै राधे‍माईस्थित ब्युटीपार्लर संचालन गर्दै आएकी मृतक महिमा केही समय पहिला श्रीमान इजहारुल विरुद्ध अदालतमा अंशकाे मुद्दा दिएकी थिइन । मुद्दा हाल विचारधिन अवस्थामा रहेकाे उनका आफन्तजनले जनाएका छन् । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको...

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको...

गृहमन्त्रीको उपस्थितिमा ठोरीका दुई होटलमा छापा, सात युवतीसहित नौ जना नियन्त्रणमा

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा गृहमन्त्री सुधन गुरुङ को उपस्थितिमा दुई होटलमा छापा मारिएको घटनाले राजनीतिक तथा सुरक्षा वृत्तमा चर्चा र विवाद दुवै सिर्जना...