Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

प्रिन्सपल स्वर्णकारकाे हत्यामा संलग्न एक महिलासहित ३ पक्राउ

spot_img
spot_img

वीरगंज । बाराकाे कलैयामा साेमबार गाेली प्रहार गरि भएकाे शिक्षक हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ ।

बाल एकता बाेर्डिङ स्कुल कलैयाका संचालक एवम् प्रिन्सपल रुपेश स्वर्णकार (सर्राफ) काे साेमबार दिउसाे १:१५ बजेकाे समयमा कलैया उपमहानगरपालिकाकाे वडा नम्बर ६ मदरशा टाेलस्थित अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकाे थियाे ।

सर्राफकाे हत्यामा संलग्न रहेकाे आशंकामा प्रहरीले सर्राफकै स्कुलकी पूर्व शिक्षिका कलैया उपमहानगरपालिका वडा नम्बर १ की २५ वर्षिया एक महिला र दुई पुरुषा गरि तीन जनालाई नियन्त्रणमा लिएकाे हाे ।

हत्यामा संलग्न रहेकाे आशंकामा साेमबार बेलुकीसम्म एक महिलासहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्याैपानेले बताए ।

प्रहरी स्राेतका अनुसार सर्राफ हत्याको योजना बनाएको आशंकामा सुरुमा उनकै स्कुलका पूर्व शिक्षिकालाई पक्राउ गरि प्रहरीले अनुसन्धान अघि बढाएकाे थियाे । त्यसपछि थप दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेकाे हाे ।

कलैया उपमहानगरपालिका–६ का ४० वर्षीय मृतक सर्राफका १ नाबालिक छोरा, १ छोरी र श्रीमती छन् ।

‘घटनाको ९० प्रतिशत अनुसन्धान भइसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक (एसपी) सुरेश काफ्लेले वताए । उनले भने “सीसीटीभीको सहाराले अनुसन्धानमा सहयोग मिल्यो । हत्यामा संलग्नले चलाएको नेपाली नम्बर प्लेटको बाइकको समेत पहिचान भइसकेको छ । भाेली मंगलबार सम्म सबै कुरा खुल्छ ।”  

कलैयाको मुख्य बजारको कलैया–बरियारपुर सडकमा पर्ने एक खाजा पसलबाट झोलामा खाजा किनेर बाइकमा झुन्ड्याएर विद्यालयतर्फ फर्किरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो ।

नेपाल राष्ट्रिय मावि र हजारी ‘मार्केट’ को बीच सडकमा पछाडिबाट २ वटा मोटरसाइकलमा मास्क लगाएर आएका ४ जनाले व्यस्त सडकमै सर्राफमाथि गोली हानेको प्रत्यक्षदर्शीको भनाइ छ ।

छाती र टाउकोमा चार वटा गोली लागेका उनलाई सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकी वीरगंजकाे गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना गरिएको केहीबेरमै बयोधा अस्पतालमा उनलाई मृत घाेषणा गरेकाे थियाे ।

सोमबार साँझ घटनाको विरोधमा कलैयाको भरत चोकमा प्रदर्शन समेत गरिएको थियाे । सुरक्षा अवस्था कमजोर भएको र दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्नुपर्ने, कलैयासहित जिल्लाको सुरक्षा अवस्था मजबुत बनाउनुपर्ने भन्दै प्रदर्शन भएको हो । कलैयामा बिग्रिएका सीसीटीभी तत्काल बनाउन पनि प्रदर्शनमा उत्रिएका स्थानियहरुले माग गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...