Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

वीरगंजबाट छुटेकाे ट्रक अमलेखगंजमा पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले अबैध सामान सहित एउटा ट्रक नियन्त्रणमा लिएकाे छ । विरगंजबाट झापातर्फ जादै गरेको ना.३.ख.७१६३ नं.को ट्रक बाराकाे जितपुरसिमरा उप-महानगरपालिका वडा नं.०७ अमलेखगंज चोकबाट नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार विहान ०१:१५ बजेको समयमा विरगंजबाट झापातर्फ ट्रकलाई रोकी चेक जाँच गर्दा हार्डवेयर तथा अटो पार्टका सामानहरू बिल विजक भन्दा बढीकाे फेला परेका कारण नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

श्रोत खुलाउन नसकेको अन्दाजी मूल्य पर्ने ६२ लाख ६१ हजार ५ सय ३७ बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले आइतबार प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...