Date
सोम, कार्तिक ३०, २०८३
Mon, November 16, 2026
Home Blog Page 484

वीरगंजबाट हतियारसहित साहिल र सरफराज पक्राउ

0

वीरगंज । प्रहरीले वीरगंजबाट हतियार सहित दुई जनालाई पक्राउ गरेकाे छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.२६ निवासी २१ वर्षिय साहिल अन्सारी र साेही ठाउँ निवासी २६ बर्षिय सरफराज अन्सारीलाई पक्राउ गरेकाे हाे । 

चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.२५ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बा.४४ प ४९१३ नम्बरको मोटर साईकल चालक साहिलकाे खानतलासी गर्दा निजले पिठ्यूमा भिरेको ग्रे रंगको झोलामा अबैध कटुवा पेस्तोल एक थान फेला परेको प्रहरीले जनाएकाे छ ।

उक्त पेस्तोल खरिद तथा ओसार पसारमा संलग्न सरफराज समेतलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा दुबै जना मिलेर उक्त पेस्तोल खरिद गरी ल्याएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे उनले वताए ।

रक्सौलबाट नेपाली बालिकाकाे उद्धार, भारतिय इरफान प्रकाउ

0

वीरगंज । नेपालबाट तस्करी गरेर भारत तर्फ लागिरहेको अवस्थामा एक नाबालिककाे उद्धार गरिएको छ ।

विभिन्न प्रलोभन देखाएर ललाइफकाइ तस्करी गरेर भारत लागिरहेको अवस्थामा वीरगंजकाे सीमावर्ती भारतीय सहर रक्सौलको हजाम टोलबाट ११ कक्षामा अध्ययनरत नाबालिककाे उद्धार गरिएको हो । 

भारतको मानव तस्करी रोदी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७ औं बटालियनले नाबालिककाे उद्धार गरेको इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

युवतीलाई भारत लागिरहेका मानव तस्कर मोहम्मद इरफानलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीका अनुसार इरफानले आफ्नो नाम विवेक चौधरी बताएका थिए । उनले युवतीलाई करणी समेत गरेको बुझिएको छ ।

रोदी एकाइ मुख्यालयका इन्स्पेक्टर शर्माका अनुसार इरफान पहिलादेखि नै विवाहित छन् र उनका चार जना सन्तान समेत छन् । 

इरफानले युवतीलाई आफ्नो बुबा नेपाल प्रहरीमा डीएसपी रहेको र आफ्नो घर काठमाडौं र वीरगंजमा रहेकाे र आफू बिहारको बासिन्दा भएको भन्दै झुटो बोलेका थिए । केटीलाई थाहा थिएन कि मोहम्मद इरफान खान पहिले नै विवाहित थिए र चार बच्चा थिए ।

पीडित नेपाली नाबालिग बालिका र पक्राउ परेका इरफानलाई ओपी प्रहरी हरैयाको जिम्मा लगाइएकाे छ ।  प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणका समाजसेवी विजयकुमार शर्माले किटानी जाहेरी दिएपछि नेपाली नाबालिग बालिकालाई भारतबाट नेपाल ल्याइएकाे हाे ।

यसरी गरियाे उद्धार

पहाडी र नेपाली देखिने युवतीलाई रक्सौलको पन्तोका हाज्मो टोला क्षेत्रमा लिएर कतै जाने तयारी गरिरहेको इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी पाए । तुरुन्तै कारबाही गरियो र टोलीले केटी र पुरुषलाई ट्रेस गर्यो ।

त्यसपछि प्रयास बाल सहायता केन्द्र रक्सौलको टोली पनि परामर्शका लागि पुग्यो । सोधपुछ र परामर्श गरियो।

मानव बेचबिखन विरुद्धको एकाइ सेक्टोरल हेडक्वार्टर (एसएसबी) ले सोधपुछ गर्दा मोहम्मद इरफान खानले करिब एक महिना अगाडि टिकटक मार्फत पीडित युवतीसँग मित्रता गरेको खुलासा भयो । मोहम्मद इरफान खानले पीडित नेपाली युवती मनिषा चौधरी (नाम परिर्वतन) लाई आफ्नो हिन्दू नाम विवेक चौधरी रहेको र आफूलाई हिन्दू धर्म र जाति थारु भएको बताए ।

प्रयास बाल सहायता केन्द्र रक्सौलले काउन्सिलिङ गरायो र त्यसपछि थाहा भयो कि नाबालिग किशोरी कक्षा ११ मा अध्ययनरत छिन्, उनको परिवार अत्यन्त गरिब छ र मोहम्मद इरफान खानको घरमा सम्पर्क गर्ने प्रयास गरिएको थियो ताकि केटीलाई आश्वस्त पार्न सकियोस् ।

उहाँबाट मात्र मद्दत पाउन सक्छ, उसले उनीसँग विवाह गर्नेछ र यसले केटीको विश्वासलाई गहिरो बनायो र त्यसैले उनी उनको पासोमा फसे । केटीले सोचे कि जसले आफ्नो आमाबाबुसँग कुरा गरिरहेको छ त्यो सही हुनुपर्छ । युवतीले रुँदै भनिन् कि ती व्यक्तिले आफूलाई पनि यौन दुर्व्यवहार गरेको थियो ।

नाम, धर्म र पहिचान लुकाएर सामाजिक सञ्जालमार्फ जालमा फँसाइदै 

आफ्नो नाम, धर्म र पहिचान लुकाएर सामाजिक सञ्जालमार्फत नेपालका पहाडी युवतीहरूको निर्दोषता र गरिबीको फाइदा उठाउँदै उनीहरूलाई यस्तो जालमा फँसिरहेका छन् ।

केटीहरूलाई गैरकानूनी आर्केस्ट्रा, रेड लाइट एरिया, वेश्यावृत्ति, अंग ओसारपसार र आईएसआई जस्ता आतंकवादी संगठनहरूमा पठाउनले गरिएकाे भेटिन्छ ।

पर्सामा सशस्त्र प्रहरी जवानमाथि आक्रमण, बियरकाे बाेतल प्रहार

0

वीरगंज । पर्साका एक जना सशस्त्र प्रहरी जवानलाई कुटपिट गरी हत्याको प्रयास भएकाे छ । सशस्त्र प्रहरी बल १३ नं. हेडक्वाटर पर्सामा कार्यरत सशस्त्र प्रहरी जवान निरज विश्वकर्मामाथि कार्तिक ६ गते कुटपिट भएपनि हाल सम्म आराेपित पक्राउ पर्न सकेका छैनन् ।

वीरगंज महानगरपालिकाकाे मिलनचोक बस्ने सप्रज विश्वकर्मा दशै विदा मनाउन मिलनचोकस्थित घर गएको र नवमीको राति जितपुरहुदै वीरगंज फर्किदै गएको अवस्थामा मनमिश्र निमावी टेढाभन्दा ५० मिटर पश्चिम भैसी लोड गर्ने स्थानमा उनीमाथि स्थानीय युवकहरुले आक्रामण गरेका थिए ।

बोटोमा स्थानीय युवकहरु विवाद गरिरहेको दृश्य देखेपछि विश्वकर्माले सम्झाई बुझाई गर्न खोज्दा ५ वटा बियरको बोतल उनको टाउकोमा प्रहारी गरी ज्यान लिने प्रयास भएको थियो । सप्रज विश्वकर्माको टाउकोमा गम्भीर चोट लागेको छ भने उनको उपचार हाल वीरगंज गण्डकस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भइरहेको छ ।

घटनाको ५ दिन बिति सक्दा पनि हाल सम्म कुटपिट गर्ने आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेकाे पिडित प्रहरीका आफन्तले गुनासाे गरेका छन् । टेढाका बुलेट अन्सारीलगायत ३ जना युवकले सप्रज विश्वकर्मामाथि ज्यान मार्ने प्रयास गरेपनि विश्वकर्माको आफन्तजनकाे आराेप छ ।

यस विषयमा मिलनचोक प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मित्र राईसंग बुझ्दा कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजिकार्य भइरहेको बताए । 

यस घटनामा स्थानीय राजनीतिकर्मीहरु स्थानीय प्रहरी यूनिटसंग अभियुक्तको उन्मुक्तिको लागि चलखेल गरिरहेको बुझिएको छ ।

सिमरामा भएकाे बस दुर्घटनामा एक भारतियकाे मृत्यु, ११ घाइते

0

वीरगंज । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा चोकस्थित शनिबार राति भएकाे बस दुर्घटनामा परि एक जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परि भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया स्थायी घर भएका विरगंज महानगरपालिकाकाे वडा नं. ०७ निवासी २७ बर्षिय मुकेश साहकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक बिरेन्द्र गुरुङले जानकारी दिए । 

चितवनबाट विरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको यात्रुवाहक बस मोटरसाइकललाई बचाउने क्रममा आफै अनियन्त्रीत भई शनिबार राति १० बजेकाे समयमा दुर्घटना  हुँदा ११ जना घाइते समेत भएकाे प्रहरी निरिक्षक गुरुङले वताए ।

घाइतेहरुकाे वीरगंजकाे गण्डकस्थि नेपाल मेडिसिटी बयाेधा हस्पिटलमा उपचार भइरहेकाे उनले वताए । घाइते मध्ये दुई जनाकाे अवस्था गम्भिर रहेकाे बयाेधा हस्पिटलले जनाएकाे छ ।

घाइते मध्येका बाराकाे कलैया उपमहानगरपालिकाकाे वडा नं. २० निवासी ४५ बर्षिय विर बहादुर महताे र विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी ३० बर्षिय सुरज साह कानुको टाउको र छातीमा गम्भिर चोट लागेकाे छ । दुबै जनाकाे अवस्था गम्भिर रहेकाे हस्पिटलले जनाएकाे छ ।

हस्पिटलका अनुसार घाइते मध्येका विरगंज महानगरपालिकाकाे वडा नं. ८ निवासी नै १८ बर्षिय प्रीया गुप्ताको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ कै १६ बर्षिय मनिषा साहको टाउको र अनुहारमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ । वीरगंज महानगरपालिका कै वडा नं. १२ निवासी सुनिल कुमार गुरुङकी छाेरी २३ बर्षिय सेजल गुरूङको छातिमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यसैगरी वीरगंज ८ का ५२ बर्षिय ललन चौरसियाको टाउको र अनुहारमा चोट लागेकाे छ । वीरगंज १२ का २७ बर्षिय राजन कुमार गुप्ताको छाती र हातमा चोट लागेकाे छ । विरगंज ८ कै २८ बर्षिय मोहन साह कानुको टाउको र छातीमा चोट लागेकाे छ । तीनै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ निवासी १८ बर्षिय प्रसाद गुप्ताको टाउको र अनुहारमा चोट लागेकाे छ । कलैया कै वडा नं. ७ निवासी ३५ बर्षिय अविनाश गुप्ताको दुवै खुट्टा र छातीमा चोट लागेकाे छ । दुबै जनाकाे अवस्था मध्यम रहेकाे छ ।

दुर्घटनामा परि बसका सहचालक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ निवासी १९ बर्षिय अनिष राई पनि घाइते भएका छन् । उनकाे ढाड र छातीमा चोट लागेकाे छ । अवस्था मध्यम रहेकाे छ ।

यात्रुवाहक बसमा लागु औषधकाे तस्करी, एक जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुरबाट प्रतिबन्धित लागु औषध  सहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले पोखरा महानगरपालिकाकाे वडा नं.६ निवासी ४० बर्षिय रबिन्द्र केसीलाई नियन्त्रणमा लिएकाे हाे ।

वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको ग.१ ख ९६२६ नम्बरको सार्वजनिक यात्रुवाहक बसलाई बिहिबार सांझ ५;४५ बजेको समयमा परवानीपुरस्थितबाट चेकजाँच गर्ने क्रममा केसीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

यात्रुवाहक बसलाई रोकी खानतलासी गर्दा केसीले चालक बस्ने सिटमुनी लुकाइ छिपाई राखेकाे सेतो झोलामा कालो प्लाष्टिकको झोलाभित्र लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

पत्रिकामा सेतो टेपले बेरी राखिएको प्रतिबन्धित लागु औषध ६ पोकामा फेनारगन- ३०० एम्पुल, डाईजेपाम-३०० एम्पुल र आईपिपिएल नुरफिन ३०० एम्पुल गरी जम्मा ९०० एम्पुल फेला परेको डिएपी थापालरे जानकारी दिए ।

उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेकाे उनले वताए ।

सुवर्ण गाउँपालिकाका कर्मचारी यादवकाे दुर्घटनामा परि मृत्यु, शाेकमा विदा

0
नाबालक छाेरासंग बुवालाई श्रद्धान्जली दिलाउँदै परिवारजना र सवारी दुर्घटनामा परि मृत्यु भएका स्व. राकेश यादव । तस्बिर : कालिका टाईम्स

वीरगंज । बाराकाे सुवर्ण गाउँपालिका कार्यालय कवहीगोठको पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवकाे सवारी दुर्घटनामा परि मृत्यु भएकाे छ ।

बारा कै महागढीमाई नगरपालिका वडा नं. ७ बेनौली निवासी ४५ बर्षिय राकेश यादवको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

सुवर्ण गाउँपालिकाकाे वडा नं. ४ हर्दिया स्थित चौकबाट ५०० मिटर उतर बरियारपुर सडक खण्डमा कार्तिक ८ गते, बुधबार सांझ ७:५० बजेको समयमा हर्दियाबाट पसुरामपुर तर्फ जादै गरेको बिआर २९३३ नम्बरकाे मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको ना ४४ प ११९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुर्घटना भएकाे थियाे ।

साेही दुर्घटनामा परी ना ४४ प ११९ नम्बरको माेटरसाइकल चालक यादवको मृत्यु भएको र बिआर २९३३ नम्बरकाे गम्भिर घाइते माेटरसाइकल चालक सुवर्ण गाउँपालिका कै वडा नं. ८ पसुरामपुर निवासी २६ बर्षिय मिनताज देवानको एलएस न्युराे अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

घाइते देवानकाे टाउको तथा शरिरको बिभिन्न भागमा गम्भिर चोट पटक लागेकाे अस्पताले जनाएकाे छ । देवानको प्रहरीको निग्रानीमा उपचार भइरहेकाे र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले प्रेस विज्ञप्ती मार्फत जनाएकाे छ ।

कर्मचारी निधनकाे शाेकमा विदा

सुवर्ण गाउँपालिकाले कर्मचारी निधन भएकाे शाेकमा आइतबार सार्वजनिक विदा दिएकाे छ । गाउँ कार्यपालिकाको कार्यालय कवहीगोठकाे पशु शाखामा कार्यरत कर्मचारी राकेश कुमार यादवको कार्तिक ८ गते वेलुका अन्दाजी ७ बजे माेटरसाइकल दुर्घटनमा परि आकस्मिक निधन भएकाे जनाउँदै उनकाे शाेकमा आइतबार विदा दिएकाे हाे ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वकिल प्रसाद पालले शुक्रबार एक सुचना जारी गर्दै गाउँ कार्यपालिकाको शुक्रबार बसेकाे बैठकको निर्णय अनुसार गाउँपालिका भरि आकस्मिक सेवा बाहेक सम्पूर्ण कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा कार्तिक आईतवारका दिन शोक मनाउन सार्वजनिक बिदा रहने जानकारी गराएका छन् ।

सवारी दुर्घटनामा परि अल्पायुमा मृत्यु भएकाे यादवकाे एक बर्षिय एउटा छाेरा मात्र छन् । बुवाकाे अल्पायुमै सवारी दुर्घटनामा परी मृत्यु भएपछि नाबालक छाेरा टुहारा भएका छन् । 

दशैँमा पर्सामा २२ सवारी दुर्घटना, दुई जनाकाे मृत्यु

0

वीरगंज । दशैँ अवधिमा पर्सामा विभिन्न २२ वटा दुर्घटना भएका छन् । दशैंको सप्तमीदेखि विजयादशमी सम्ममा दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारी साधनहरु गरी जम्मा २२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सामा दशैंको समयमा मोटरसाईकल २३ वटा, कार ७ वटा, दुईवटा ट्रक र दुई वटा साईकल तथा अटो ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएकाे हाे । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भने, ३८ जना घाइते भएका छन् ।

यसैगरी ट्राफिक नियम उल्लंघन गरी चलाएका २२ वटा सवारी साधनहरुबाट ३ लाख ५७ हजार राजस्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खटिवडाले जानकारी दिए । यो दशैंमा गतबर्ष भन्दा कम दुर्घटना भएकाे ट्राफिक प्रहरी निरीक्षक खतिवडाको भनाई छ ।

विद्यालय खाेल्न गाउँपालिका अध्यक्ष तिवारीकाे अनुराेध

0

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुकाे पठन पाठन कार्तिक १२ गते आइतबारदेखि सुचारु गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिवारीले शुक्रबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ प्रतिनिधि, शिक्षक संघ, शिक्षक संगठन, शिक्षक फोरम प्रतिनिधिलाई बाेलाएर विद्यालयकाे पठन पाठन पूर्व कार्यतालिका अनुसार नै संचालन गर्न/गराउन अपिल गरेकाे शिक्षक मुकलेश गद्दीले वताए । 

साथै अध्यक्ष तिवारीले शिक्षा प्रमुख र प्रधानाध्यापकहरुसंग भएको अभद्र व्यवहारकाे घटनाकाे उचित न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरेकाे उनले जानकारी दिए ।

अध्यक्ष तिवारीकाे अध्यक्षतामा बसेको प्रधानाध्यापक र शिक्षक महासंघ तथा पेशागत संघ संगठनको प्रतिनिधिहरुको संयुक्त बैठकले कार्तिक १२ बाट आफ्नो पूर्व कार्यतालिका अनुसार नै विद्यालय संचालन गर्ने निर्णय पनि गरेका छन् । साे बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाकाे समेत उपस्थिती रहेकाे थियाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने र केही प्रधानाध्यापकहरुलाई असाेज ३० गते वडाध्यक्षहरुले दुर्व्यवहार गरेका थिए । गाउँपालिकाकाे वडा नं १ वडाध्यक्ष अच्छेलाल महताे र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चाैरसियाले शिक्षा शाखा प्रमुख लामिक्षाने र प्रधानाध्यापकहरुलाई दुर्व्यवहार गरेकाे विराेधमा शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका र विभिन्न शिक्षक संगठनहरुले कारवाही नभए सम्मकाे लागि अनिश्चितकाल विद्यालय बन्दकाे घाेषणा गरेका थिए ।

गाउँपालिकामा कार्यकरत कर्मचारीहरुले पनि संयुक्त रुपमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्षद्वयमाथि कारवाहीकाे माग गरेका थिए ।

वडाध्यक्ष कुटने सईमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

0

वीरगंज । नेपाली काङ्ग्रेस पर्साले वीरगंज महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष हिराकाजी महर्जनलाई कुटपिट गर्ने प्रहरीमाथि कारबाहीको माग गरेकाे गरेको छ ।

इलाका प्रहरी कार्यालय नगवाका प्रहरी नायब निरीक्षक (सई) रवीन्द्र साह तुराहाले वडाध्यक्ष महर्जनलाई कुटपिट गरी आँखा फुटाई दिएकाे भन्दै कांग्रेस पर्साले उनी माथि कारबाहीको माग गरेकाे हाे ।

वीरगंजकाे घण्टाघर चोकमा शुक्रबार जम्मा भएर कांग्रेस पर्साका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहामाथि कारवाहीकाे माग गरेकाे हाे । 

काङ्ग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले प्रमुख जिल्ला अधिकारी रेग्मीलाई ज्ञापन पत्र बुझाउँदै सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए काङ्ग्रेस चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । महर्जन काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

कुर्मीका अनुसार कार्तिक ५ गते महाष्टमीका राति रेल्वे रोडस्थित हनुमान मन्दिरमा भइरहेको धार्मिक भजनकिर्तन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र वडाध्यक्ष महर्जनले धार्मिक कार्यमा बाधा नगर्न आग्रह गर्दा सई तुराहाले वडाध्यक्ष महर्जनलाई कुटिपट गर्नुका साथै रातभर प्रहरी थुनामा राखेका थिए ।

प्रहरीले उनलाई कार्तिक ६ गते बिहान मात्र छाडेको थियो । कुटपिटबाट घाइते महर्जनको आँखामा समेत गम्भीर चोट लागेकाले अहिले पनि उनको उपचार भई नै रहेको कुर्मीले बताए ।

धार्मिक कार्यक्रममा हस्तक्षेप गर्ने सई तुराहालाई त्यसो नगर्न आग्रह गर्दा उनले पुरानो रिसीइबी साँध्न वडाध्यक्ष महर्जनलाई अपनाम गर्नुका साथै कुटपिट गरेर घाइते बनाएको र रातभर प्रहरी थुनामा समेत राखेकाले सई तुराहालाई ७ दिनभित्र कारबाही नगरिए जिल्लाभरका काङ्ग्रेस नेता कार्यकर्ता आन्दोलनमा उत्रिने चेतावनी कार्यवाहक सभापति कुर्मीले दिए ।

विरोध प्रदर्शन र जुलुसमा प्रदेशसभा सदस्य श्याम पटेल, काङ्ग्रेस पर्साका उपसभापति अशोक गुप्त, जिल्ला सचिवद्वय दिनेश चौधरी, इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे, क्षेत्रीय सभापति मोहम्मद शाहाबुदीन, अनिल सिंह, पूर्व जिल्ला उपसभापति दिना गुप्ता, राजु गुप्ता, नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी, नेवि सङ्घ पर्साका सभापति रमेश यादव, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु लगायतको सहभागिता थियो ।

पाेखरियामा कुस्ती प्रतियाेगिता सम्पन्न

0

पाेखरिया । पर्साको दाेस्राे सदरमुकामकाे रुपमा चिनिने पोखरियामा बिहिबार कुस्ती (दंगल) प्रतियाेगिता सम्पन्न भएकाे छ ।

बिजयादशमीको अवसरमा श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पाेखरियाकाे प्राङ्गणमा भएकाे प्रतियाेगिताकाे उद्घाटन पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी र पोखरिया नगरपालिका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

नव दुर्गा पूजा समिति पोखरिया एवम् पाेखरिया नगरपालिका वडा नम्बर ४ को आयोजनामा भएकाे कुस्ती प्रतियाेगितामा नेपाल र भारतका प्रसिद्ध महिला तथा पुरुष पहलवानहरु भाग लिएका थिए ।

वडाध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा भएकाे प्रतियाेगितामा पाेखरिया नगरपालिकाकी उप मेयर रूबी कुमारी ठाकुर, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, लाेसपाका नेता नेजामुदिन सम्मानी, नेपाली कांग्रेस पर्साका उप सभापति अशाेक गुप्ता, कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन प्रसाद चाैहान, नेकपा एमाले पाेखरिया नगर कमिटी अध्यक्ष बिन्धाचल ठाकुर, नेपाली कांग्रेस पाेखरिया नगरपालिकाका सभापति रामबाबु प्रसाद चाैहान, शंकर प्रसाद यादव, राजेश्वर प्रसाद राैनियार, ललन द्विवेदी, शैलेन्द्र प्रसाद यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।